Play

तारा एयरकाे पोखरा जोमसोम उडान जेठ २० देखि २७ सम्मलाई बन्द

गुरुकुल खबर


पोखरा । तारा एयरले नियमित भर्दै आएको पोखरा जोमसोम उडान एक हप्तालाई बन्द गरेको जनाएको छ।

आज एक विज्ञप्ति जारी गर्दै तारा एयरले विशेष कारणवश जेठ २० गतेदेखि २७ गतेसम्म पोखरा जोमसोम नियमित उडानलाई स्थगित गरिएको उल्लेख गरेको छ।

विज्ञप्तिमा भनिएकाे छ, ‘विशेष कारणवश जेठ २० गतेदेखि २७ गतेसम्म पोखरा-जोमसोम पाेखराका नियमित उडानलाई स्थगित गरिएको व्यहाेरा जानकारी गराउँदछाैं। यसबाट यात्रुवर्गहरूमा पर्न गएकाे असुविधाप्रति क्षमा चाहान्छाैं।’,

यही जेठ १५ गते बिहान पोखराबाट जोमसोम उडेको तारा एयरको ९एन–एइटी–डिएचसी–६ ट्वीनअटर वायुयान मुस्ताङ जिल्लाको थासाङ गाउँपालिका वडा नं २ स्थित सानुसरे भिरमा दुर्घटनाग्रस्त अवस्थामा फेला परेको थियो।

जहाजमा सवार चालक दलका तीनजना सदस्यसहित १३ जना नेपाली, ४ जना भारतीय र २ जना जर्मन नागरिक गरी २२ जनाको मृत्यु भएको थियो। मृतकहरूको शव आज मात्रै परिवारको जिम्मा लगाइएको छ।

१९ जेष्ठ २०७९, बिहीबार २२:५९ मा प्रकाशित
Nabintech