Play

पल शाहलाई अझै थुनामा राख्न उच्च अदालतको आदेश

गुरुकुल खबर


पोखरा । नाबालिगलाई ललाई फकाई गरी करणी गरेको आरोप लागेका अभिनेता पल शाहलाई थुनामै राखेर अनुसन्धान गर्न उच्च अदालत कास्कीले आदेश सुनाएको छ ।

उच्च अदालतले जिल्ला अदालत तनहुँ र पूर्वी नवलपरासी अदालतकै आदेशलाई सदर गरेको हो । तारिकमा रिहाको माग गर्दै पल शाहका वकिलले उच्च अदालत कास्कीमा निवेदन दिएका थिए ।

चैत १० गते तनहुँ जिल्ला अदालतका न्यायाधीश हरिश्चन्द्र ढुङ्गानाको इजलासले थुनछेक बहसपछि शाहलाई थुनामा पठाउन आदेश गरेको थियो । त्यसको केही दिनपछि पूर्वी नवलपरासी जिल्ला अदालतले पनि पललाई पुर्पक्षका लागि थुनामै पठाउने आदेश दिएको थियो ।

बिहीवार उच्च अदालतमा पल शाहको तर्फबाट कमलामोहन वाग्ले, भानुभक्त सुवेदी, माधव घिमिरे, जगदीश पाण्डे र मिलनध्वज शाहीले बहस गरेका थिए भने जाहेरीकर्ताको तर्फबाट सरकारी वकिल ईश्वरीप्रसाद ढकालले बहस गरेका थिए ।

शाहविरुद्ध जाहेरी दिने नाबालिग र उनका पिताले तनहुँ र नवलपरासीको दुवै अदालतमा बकपत्र गर्ने क्रममा बयान फेरिसकेका छन् ।

१९ जेष्ठ २०७९, बिहीबार २२:३६ मा प्रकाशित
Nabintech
  • सुचना विभाग दर्ता न. : ३११६-२०७८/७९
  • गोल्डेन मिडिया ग्रुप प्रा.लि. द्वारा संचालित
  • कार्यालय : पोखरा -०५, गण्डकी प्रदेश, कास्की
  • सम्पर्क नं. : 061-531533 / 9856022332
  • इमेल : [email protected]
Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सम्पादक :
रिता गुरूङ
सह सम्पादक :
शिराेमणी बराल
प्रतिनिधि :
अर्जुन ओझा