Play

मादी गाउँपालिकामा कार्यपालिका सदस्य निर्वाचन सम्पन्न

गुरुकुल खबर


पोखरा । कास्कीको मादी गाउँपालिकामा मंगलबार कार्यपालिका सदस्यका लागि निर्वाचन सम्पन्न भएको छ ।

सम्पन्न गाँउ कार्यपालिका सदस्यको निर्वाचनमा नेकपा एमालेबाट दलित तथा अल्पसंख्याक २ र महिलातर्फ ४ गरी ६ जना निर्वाचित भएका छन्। दलिततर्फ वीरबहादुर परियार र अल्पसंख्यकतर्फ बामदेव भुजेल निर्वाचित भएका हुन्। महिलातर्फ गंगादेवी सार्की, पूर्णसुवा गुरुङ, सिता परियार र लक्ष्मी गिरी चुनिएको निर्वाचन अधिकृतको कार्यालय मादीले जनाएको छ ।

कार्यपालिका सदस्यको चुनावकालागि ६२ मतदाता रहेको मादीमा नेकपा एमालेको ३३ र गठबन्धनको २७ मतदाता रहेका थिए । निर्वाचन अधिकृत दुर्गाप्रसाद भट्टराईले निर्वाचित कार्यपालिकाका सदस्यलाई प्रमाणपत्र वितरण गरेका थिए ।

गाउँपालिकाका अध्यक्ष देवीजंग गुरुङले कार्यपालिका सदस्यलाई सपथ ग्रहण गराए । योसँगै मादीको कार्यपालिकामा नेकपा एमालेको उपाध्यक्ष कल्पना गुरुङ सहित ११ र गठबन्धनको अध्यक्ष देवीजंग गुरुङ सहित गठबन्धनको ९ सदस्य छन् ।

गत ३० वैशाखमा भएको चुनावमा उपाध्यक्षसहित एमालेका ३३ र अध्यक्षसहित गठबन्धनका २९ जना निर्वाचित भएका थिए । मादी गाउँपालिका अध्यक्षमा कांग्रेसका देवीजंग गुरुङ र उपाध्यक्षमा एमालेकी कल्पना गुरुङ निर्वाचित भएका थिए ।

नेपालको संविधानअनुसार गाउँपालिकाको अध्यक्ष र उपाध्यक्ष गाउँ कार्यपालिकाको पदेन अध्यक्ष र उपाध्यक्ष हुन्छन् । त्यस्तै वडाअध्यक्ष स्वतः गाउँ कार्यपालिकाको सदस्य हुन्छन् । मादीमा १२ वडा छन् । त्यसमा ६ वटा कांग्रेस, ४ वटा एमालेले र २ वटा वडा नेकपा माओवादी केन्द्रले जितेको छ ।

निर्वाचित महिला वडा सदस्यबाट चार जना र सोही गाउँका दलित वा अल्पसङ्ख्यक सर्वसाधारणबाट दुई जना कार्यपालिकामा निर्वाचित हुने संविधानमा व्यवस्था छ । कार्यपालिकाका जनप्रतिनिधि छनोट गर्न निर्वाचित जनप्रतिनिधि नै मतदाता हुन्छन् ।

१७ जेष्ठ २०७९, मंगलवार २१:४७ मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
[email protected]
[email protected]

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा