Play

पोखरा – १२ मा आमा कार्यवाहक वडाध्यक्ष , छोरा नवनिर्वाचित वडाध्यक्ष

गुरुकुल खबर


पोखरा । पोखरा महानगरपालिकाको वडा नम्बर १२ का नवनिर्वाचित वडाध्यक्ष सन्तोष बास्तोलालाई उनकै आमा सीता बास्तोलाले कार्यभार हस्तान्तरण गरेकी छन्।

वडाध्यक्ष रामबहादुर कार्की पारिवारिक भेटघाटको सिलसिलामा यतिखेर विदेशमा रहेकाले नवनिर्वाचित वडाध्यक्ष सन्तोषकी आमा सीताले कार्यवाहक अध्यक्षको जिम्मेवारी निर्वाह गरीरहेकी थिइन् ।  ३ सदस्यले  निर्वाचन लड्न राजीनामा गरेका कारण कार्यवहाक वडाध्यक्षको जिम्मेवारी सीताले पाएकी थिइन् ।

सन्तोष आफ्नै आमाको राजनीतिक उत्तराधिकारी बन्ने भाग्यमानी भएका छन्।

कार्यभार सम्हाले लगत्तै वडाध्यक्ष सन्तोषले आफ्नो वडानम्बर जत्तिकै संख्यामा निर्णयहरु गरे। वडाको मुख्य चोकचोकमा सिसी क्यामरा राख्ने र पहिलो महिनाको तलब त्रिशक्ति दुर्गा मन्दिरलाई दिने उनको निर्णय छ। वार्डभरिका खाल्टोहरु सबै टाल्न लगाउने र बाटो छेउका नाली सफा गर्न लगाउने, वार्ड परिसरमा व्यवस्थित पार्क, पार्किङ र बार लगाउने प्रक्रिया सुरु गर्ने निर्णय पनि उनले गरेका छन्।

‘वार्डको काम अनलाइन प्रक्रियामा लैजानलाई वार्ड एप बनाउने र प्रविधिको माध्यमबाट वडाको सूचना तथा जानकारी वडाका सम्पूर्ण नागरिक समक्ष पुर्‍याउने संयन्त्र निर्माण गर्ने अनि गुनासो टिपाउने, अशक्त, सुत्केरीको काम घरमा पुगेर सेवा दिने, वृद्ध भत्ता घर घरमा लगेर दिने,’ वडाबासीलाई फ्री एम्बुलेन्स सुविधा दिने, वर्षमा ६ जना गरिब, पिछडिएको वर्गका विद्यार्थीलाई वडाले पढाउने जिम्मा लिने र वडाको ३ वटा सरकारी स्कुलमा वडा कार्यालयले सेनेटरी प्याड निस्शुल्क दिने वडाको निर्णय छन्

बाटो निर्माणको सम्झौता चापापानी मार्ग र बाँकी कच्ची बाटो पहिचान गरी प्रक्रियागत रुपमा अघि बढाउने कामहरु आफूले तत्काल थालनी गर्ने प्रतिबद्धता बास्तोलाले व्यक्त गरेका छन्।

नवनिर्वाचित वडाअध्यक्ष सन्तोष बास्तोलासहित सदस्यहरु शान्ति कोइराला, गोमादेवी परियार, शान्तबहादुर थापा, गोविन्दप्रसाद सिग्देलले शुक्रबार पदभार ग्रहण गरे।

१३ जेष्ठ २०७९, शुक्रबार १९:१५ मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
[email protected]
[email protected]

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा