Play

पोखराको मेयरमा आचार्य झण्डै २५०० मतले र उपमेयरमा गुरुडं ९ मतले अगाडी

गुरुकुल खबर


पोखरा — पोखरा महानगरपालिकामा बिहीबार दिउँसो २ बजेसम्म ५२ हजार ८ सय १७ मत गणना गर्दा सत्तारुढ गठबन्धनबाट एकीकृत समाजवादीका मेयर उम्मेदवार धनराज आचार्यले निरन्तर अग्रता बनाइरहेका छन् ।

गठबन्धनका तर्फबाट उम्मेदवार आचार्यले एमालेका कृष्णबहादुर थापालाई २ हजार ४ सय ९२ मतले पछि पारेका छन् । आचार्यले २१ हजार ८ सय ८० र थापाले १९ हजार ३ सय ८८ मत ल्याएका छन् ।

उपमेयरमा भने एमालेकी मञ्जुदेवी गुरूङले ९ मतले अग्रता लिएकी छन् । उनको २३ हजार १ सय ३१ मत आउँदा कांग्रेसकी कोपिला रानाभाटले २२ हजार १ सय २२ मत प्राप्त गरेकी छन् । मेयरमा राप्रपाका शंकर खरालले २ हजार ८ सय ६ मत प्राप्त गर्दा अटेरी समूहका स्वतन्त्र उम्मेदवार खडकराज पौडेल (गनेस) ले १ हजार १ सय ८३ मत ल्याएका छन् ।

हालसम्म एमालेले वडा १, ५ र ६ जितेको छ । कांग्रेसले वडा २, ३, ४, १२, १३, २३, २४, २५ र २६ जितेको छ । हाल वडा ७, ८, ९, १४, २०, २७, २८, २९ र ३० को गणना भइरहेको छ ।

०७४ मा पोखराका ३३ मध्ये एमालेले २२ र कांग्रेसले ११ वटा वडा जितेको थियो । पोखरामा २ लाख ७ हजार ७ सय १२ मतदाता रहेकोमा १ लाख ४३ हजार २ सय २६ (६८.९६ प्रतिशत) मत खसेको थियो ।

५ जेष्ठ २०७९, बिहीबार १४:५८ मा प्रकाशित
Nabintech