Play

पोखरा महानगरमा अग्रता बढाउँदै धनराज र कोपिला

गुरुकुल खबर


पोखरा ४ जेठ । पोखरा महानगरमा बुधबार दिउँसोसम्म ३९ हजार ३ सय १३ मत गणना गर्दा गठबन्धन दलका साझा उम्मेदवार एकीकृत समाजवादीका मेयर उम्मेदवार धनराज आचार्यले निरन्तर अग्रता बनाइरहेका छन् ।

गठबन्धनका तर्फबाट उम्मेदवार आचार्यले एमालेका कृष्णबहादुर थापालाई २ हजार ३४ मतले पछि पारेका छन् । आचार्यले १६ हजार ४ सय १९ र थापाले १४ हजार ३ सय ८४ मत ल्याएका छन् । उपमेयरमा भने गठबन्धनबाट कांग्रेसकी उम्मेदवार कोपिला रानाभाटले २ सय ६७ मतले अग्रता जारी राखेकी छन् । उनको १६ हजार ६ सय ६५ मत आउँदा एमालेकी मञ्जुदेवी गुरुङले १६ हजार ३ सय ९८ मत प्राप्त गरेकी छन् । राप्रपाकी रन्जना सेन १ हजार ३ सय ७५ मत प्राप्त गरेकी छन् ।

मेयरमा राप्रपाका शंकर खरालले १ हजार ६ सय २१ मत प्राप्त गर्दा अटेरी समूहका स्वतन्त्र उम्मेदवार खडकराज पौडेल (गनेस) ले ८ सय ९६ मत ल्याएका छन् ।

पोखरामा यसअघि जितेका वडा समेत एमालेले गुमाउँदै गएको छ । हालसम्म एमालेले वडा १ र ५ मात्रै जितेको छ । कांग्रेसले वडा २, ३, ४, १२, १३, २३, २४ र २६ जितेको छ । गणना भइरहेका वडा ७, २० र २५ मा कांग्रेसको अग्रता छ । यीमध्ये वडा १, ५, १३, २०, २४, २५, २६ यसअघिको चुनावमा एमालेले जितेको वडा हुन् ।

०४८ देखि एमालेको गढ मानिएको वडा २४ को अध्यक्ष यसपल्ट कांगेसले जित्यो । १३ र २६ मा अघिल्लो वर्षको परिणामलाई उल्ट्याउँदै कांग्रेसले जितेको हो । ०७४ मा पोखराका ३३ मध्ये एमालेले २२ र कांग्रेसले ११ वटा वडा जितेको थियो ।
पोखरामा २ लाख ७ हजार ७ सय १२ मतदाता रहेकोमा १ लाख ४३ हजार २ सय २६ मत खसेको थियो ।

४ जेष्ठ २०७९, बुधबार १५:५८ मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
[email protected]
[email protected]

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा