तपाइँ यिबेला सुन्ै हुनुहुन्छ सुनौलो एफ ए १०२. २ मेगाहर्ज
Saturday, April 1, 2023
Gurukul Khabar
  • गृहपृष्ठ
  • विशेष
  • विचार/अन्तर्वार्ता
  • मेरो शिक्षा
  • समाचार
    • शिक्षा/स्वास्थ्य
    • राजनीति
    • विश्व
  • प्रदेश
    • प्रदेश नं १
    • प्रदेश नं २
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश नं ५
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • व्यक्ति/संस्था
  • सूचना
    • परीक्षा तालिका
    • परीक्षाफल
  • विविध
    • खेलकुद
    • कला/साहित्य
    • मनोरञ्जन
    • अर्थ
    • अपराध
    • प्रविधि
    • कार्टुन
    • ब्लग
    • फोटो ग्यालेरी
  • Gurukul TV
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृहपृष्ठ
  • विशेष
  • विचार/अन्तर्वार्ता
  • मेरो शिक्षा
  • समाचार
    • शिक्षा/स्वास्थ्य
    • राजनीति
    • विश्व
  • प्रदेश
    • प्रदेश नं १
    • प्रदेश नं २
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश नं ५
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • व्यक्ति/संस्था
  • सूचना
    • परीक्षा तालिका
    • परीक्षाफल
  • विविध
    • खेलकुद
    • कला/साहित्य
    • मनोरञ्जन
    • अर्थ
    • अपराध
    • प्रविधि
    • कार्टुन
    • ब्लग
    • फोटो ग्यालेरी
  • Gurukul TV
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
Gurukul Khabar
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्

काँग्रेससहित गठबन्धनले पोखरा महानगरको अधिकांश वडामा जित्ने कास्की काँग्रेसको दाबी

गुरुकुल खबर गुरुकुल खबर
२०७९ बैशाख २७ मा प्रकाशित
in राजनीति, Breaking News, गण्डकी प्रदेश, समाचार
काँग्रेससहित गठबन्धनले पोखरा महानगरको अधिकांश वडामा जित्ने कास्की काँग्रेसको दाबी
30
SHARES
119
VIEWS
Share on FacebookShare on Twitter

पोखरा बैशाख २७ । नेपाली काँग्रेसले गठबन्धनसहित आफ्ना पार्टीका उम्मेदवारहरुले पोखरा महानगरको अधिकांश वडामा जित्ने आँकडा निकालेको छ । घरदैलोसँगैको प्रचारप्रसारको अन्तिम दिन पार्टीले यस्तो दाबी गरेको हो ।

‘घरदैलोको क्रममा मतदाताहरुबाट यो पटक नेपाली काँग्रेसप्रति अत्याधिक समर्थन रहेको हामीले पायौँ ।’ नेपाली काँग्रेस कास्कीका सभापति किशोरदत्त बरालले भने–‘काँग्रेसले अत्याधिक मतसहित धेरै स्थानमा जित्ने हाम्रो आँकलन छ ।’ नेपाली काँग्रेसको जिल्लादेखि सम्पूर्ण वडासम्मका कमिटिले चुनावी घरदैलो सकाएर आ–आफ्नो वडाको सम्भावित आँकलन पठाईसकेको उनले बताए ।

काँग्रेसको ३३ वटै वडा कमिटिले घरदैलो र प्रचारप्रसार सकिएको जनाएको छ । मंगलबार सबै वडामा अन्तिम चरणको मतदाता भेटघाट र घरदैलो गर्दै उम्मेदवारहरुले आ–आफ्नो पक्षमा मत मागे ।

वडानम्बर १ मा वडाअध्यक्षका उम्मेदबार सीता गुरुङ्ग सहितका उम्मेदबारहरुले अधिकारीटोल, पृथ्वीनारायण क्याम्पस क्षेत्र, बगर, केआईसिंह पुल, सिम्पानी, हरीचोक, कसेरी लगायतका क्षेत्रमा मतदाताहरुसँग भेटघाट गरे । त्यस्तै काँग्रेसका वडा स्तरका कार्यकर्ता पनि चुनावमा उत्तिकै खटिईरहेका छन् ।

यसैगरी वडानम्बर २ मा पनि घरदैलो, मोटरसाईकल ¥याली, पैदलयात्रा लगायतका कार्यक्रम भयो । सोमबार पोखरा महानगरपालिकाका मेयर पदका उम्मेदबार धनराज आचार्य र उपमेयर पदका उम्मेदबार कोपिला रानाभाट सहितको चुनावी सभा भएको वडानम्बर २ मा उम्मेदबारहरुले वडाभित्र पैदलयात्रा गरि भेटघाट गरेको नेपाली काँग्रेस वडानम्बर २ का इकाई सभापति अरुण कायस्थले जानकारी दिए । वडानम्बर २ मा दिवसमान प्रधानाङ्ग वडाध्यक्षको उम्मेदबार छन् ।

वडा नं ३ मा पहिलो चरणको घरदैलो कार्यक्रम सम्पन्न पश्चात आज बिहानदेखि नै मतदाता भेटघाट तथा मतदाता शिक्षा कार्यक्रम आयोजना गरिएको काँग्रेस वडा इकाई सभापति नारायणमान उदासले जानकारी दिए ।

वडानम्बर ४ मा पनि उम्मेदबारहरु व्यक्तिगत भेटघाटमा छन् । वडाको सबै क्षेत्रमा घरदैलो कार्यक्रम सम्पन्न गरेर ¥याली तथा भेटघाट कार्यक्रम गरिएको वडा सदस्यका उम्मेदबार प्रकाश कोइरालाले जानकारी दिए ।

वडा नम्बर ५ मा अध्यक्ष प्रमोद कोईरालासहितको उम्मेदवारहरुको टोलीले घरदैलोमा पुगेर मत माग्ने र मतदातालाई भेटेर भ्याईसकेको वडा कमिटिका सचिव हरि पन्तले बताए । वडा नम्बर ६ मा पनि अध्यक्ष उम्मेदवार जगतबहादुर पहारीसहितको टोलीले घरदैलो सकिएको जनाएको छ ।

पोखरा उपमहानगरपालिका वडानम्बर ७ मा भने युवा तथा महिलाहरु खटाएर मतदाता शिक्षा कार्यक्रम गरिएको छ । ५ दलीय गठबन्धनबाट चुनावी मैदानमा रहेका आफ्ना उम्मेदबारहरुलाई विजयी गराउनका लागि मतदाता शिक्षा कार्यक्रम गरिएको ईकाई सभापति नविनराज बरालले जानकारी दिए ।

उनका अनुसार चुनाव प्रसारको अन्तिम दिन मोटरसाइकल ¥याली पनि भएको छ । होटल व्यवसायीहरु तथा पोखराको मुख्य पर्यटकीय क्षेत्रको वडा भएकोले पनि सो क्षेत्रलाई अझ सुन्दर पर्यटकीय क्षेत्र कसरी निर्माण गर्न सकिन्छ भन्ने एजेण्डा लिएर उम्मेदवारहरु मतदाताको घरघरमा पुगेका थिए ।

यसैगरी वडा नं ८ ले पनि साँझ जनप्रिय मार्गमा रहेको प्रचारप्रसार कार्यालयबाट र्याली निकाली वडाको परिक्रमा गरेको थियो ।
वडा नं ९ मा पनि चुनावी अभियानको अन्तिम दिन अध्यक्ष दीपेन्द्र मर्सानीसहित सदस्य उम्मेदवारहरुले बाजागाजासहित वडा परिक्रमा गरेको वडा इकाई सभापति शिवराज बाँस्तोलाले जानकारी दिए । बाजागाजा सहितको सो र्याली नयाबजार, महेन्द्रपुल, पालिखेचोक, चिप्लेढुंगा, न्यूरोड हुदै दरबारथोकमा पुगी चुनावी सभामा परिणत भएको थियो ।

त्यस्तै वडा नं १० ले पनि आज अन्तिम दिन चुनावी र्याली सहित औपचारिक रुपमा चुनावी अभियानको समापन गरेको छ । काँग्रेस वडा ईकाई सचिव उदिम गुरुङका अनुसार उम्मेदवार सहितको र्याली अमरसिंह चोक, हस्पिटलचोक, बुद्धचोक, रामबजार चोक हुदै घलेचोकमा पुगी चुनावी सभामा परिणत भएको थियो ।

यसैगरी पोखरा उपमहानगरपालिका वडानम्बर ११, १२, १६, १८ र १९ मा घरदैलो र भेटघाट कार्यक्रम भएको इकाई सभापतिहरुले जानकारी दिएका छन् । त्यस्तै वडा नम्बर १३ मा युवा उम्मेदवार किरण बरालसहित सदस्य उम्मेदवारहरुको टोलीको प्रचारप्रसार र घरदैलो पनि सकिएको छ ।

अन्तिम दिन मंगलबार वडा नं १३ को काँहुखोला ढल्केपुलमा गठबन्धन दलका साझा उम्मेदवार मेयर धनराज आचार्य र नेपाली काँग्रेसका उपमेयर पदका उम्मेदवार कोपिला रानाभाटसहितको चुनावी सभा सम्पन्न भएको नेपाली काँग्रेस वडा ईकाईले जनाएको छ ।

उता वडा नं १४ मा पनि मेयरका उम्मेदवार धनराज आचार्य र उपमेयरका उम्मेदवार कोपिला रानाभाट सहितको चुनावी सभा सम्पन्न भयो । सभालाई आचार्य, रानाभाटसहित वडाध्यक्ष पदका उम्मेदवार बोधराज कार्कीले सम्बोधन गरेका थिए ।

वडा नं १५ मा घरदैलो कार्यक्रम सम्पन्न गरी कार्यकता भेटघाट गरेको नेपाली काँग्रेस वडा इकाई सचिव प्रितम गुरुङले जानकारी दिए । गुरुङका अनुसार मंगलबार उम्मेदवार सहित चोक चोकमा र्याली तथा कोणसभा भएको छ । वडा नं १५ मा नेपाली काँग्रेसका मिनबहादुर गिरीको नेतृत्वमा नेकपा एसबाट माया शर्मा मिना, जसपाबाट नरेश थापा, माओवादी केन्द्रबाट महेश बाँनिया र लक्ष्मी परियार उम्मेदवार रहेका छन् ।

वडानम्बर १७ मा चाहि मंगलबार मात्रै पहिलो चरणको घरदैलो तथा कार्यकर्ता भेटघाट कार्यक्रम सम्पन्न भएको छ । भेगीय रुपमा ठूलो वडा भएका कारण प्रचारप्रसारको अन्तिम दिनमात्रै रामदर्शन पथ, हुनमानटोल, शिवबुद्ध मार्ग, रातोपैरो र मनोहर मार्ग क्षेत्रमा घरदैलो कार्यक्रमसँगै कार्यकता भेटघाट गरेको वडाध्यक्षका उम्मेदबार देवराज आचार्यले जानकारी दिए ।

उनका अनुसार मंगलबार साँझ बरालफिडबाट शुरु भएको मोटरसाइकल ¥यालीले वडाका विभिन्न स्थानमा पुगेर चुनावी प्रचारप्रसार गर्दै बिरौटाचोकमा पुगेर टुंगिएको थियो ।

वडा नम्बर १८ र १९ मा पनि चुनावी अभियानलाई समापन गरिएको त्यहाँका ईकाई कमिटिहरुले जनाएका छन् । यसैगरी वडा नं २० मा पनि अन्तिम दिन घरदैलो, मतदाता शिक्षा र मेयर तथा उपमेयरका उम्मेदवारसंग चुनावी सभा सम्पन्न भएको छ । भलाम क्षेत्रमा घरदैलोसंगै आजबाट औपचारिक चुनावी कार्यक्रम सम्पन्न गरिने नेपाली काँग्रेस वडा इकाई सभापति तिलबहादुर गुरुङले जानकारी दिए ।

पोखरा महानगरको वडा नं २१ मा पनि घरदैलो कार्यक्रम सम्पन्न भएको काँग्रेस इकाई सभापति केवल गिरीले जनकारी दिए । रामादी, भालडाँडा, एकहाते, मट्टीखान, ढ्वाँरकोट, मुलाबारी र भिरस्वाँरामा घरदैलो तथा मतदाता शिक्षा अभियान सम्पन्न भएको सभापति गिरीले बताए ।

नेपाली काँग्रेस वडा ईकाई सभापति होमप्रसाद बरालका अनुसार वडा नं २२ मा उम्मेदवारहरु छुट्टा छुट्टै रुपमा मतदाता भेटघाट गरि काँग्रेसको पक्षमा मत मागेका छन् । औपचारिक रुपमा घरदैलो तथा चुनावी सभा कार्यक्रम सकिएपछि व्यक्तिगत भेटघाट कार्यक्रमलाई प्राथमिकतामा राखिएको बरालले बताए ।

वडा नं २३ मा पनि चुनावी अभियानको अन्तिम दिन कोणसभाको आयोजना गरि प्रचारप्रसारसँगै घरदैलो अभियानलाई औपचारिक समापन गरेको काँग्रेस वडा ईकाई सभापति भरतराज भण्डारीले जानकारी दिए ।

उता वडा नं २४ ले पनि चुनावी प्रचारप्रसारको अन्तिम दिन लौरुकमा कोणसभाको आयोजना गर्यो । घरदैलो अभियान सम्पन्न पश्चात उम्मेदवारहरु फेरी व्यक्तिगत रुपमा घरघरै गई मतदाता भेटघाट गर्ने र मतदाता शिक्षा प्रदान गर्ने काम गरिरहेको ईकाई सभापति प्रतापबहादुर कार्कीले जानकारी दिए ।

यसैगरी वडा नं २५ मा प्रत्येक टोलका कार्यकर्तालाई मतदाता शिक्षा दिनका लागि खटाईएको काँग्रेस वडा इकाई सभापति मधुसुदन त्रिपाठीले जानकारी दिए । त्रिपाठीका अनुसार २५ टोलीलाई मतदाता शिक्षाका लागि घरघरै खटाईएको छ ।

वडा इकाई सभापति शिबबहादुर रानाभाटका अनुसार मंगलबार वडा नं २६ मा उम्मेदवारहरु मतदाता भेटघाट र टोल कार्य समितिका अध्यक्षहरुसंग छलफलमा जुटे । मतदान स्थल भवानी कालिका मावि, अमरज्योति मावि र लक्ष्मी माविमा बुथ कमिटि गठन गरी मतदातालाई सचेत गराउन मतदात स्थल नजिक सम्पर्क कार्यालय पनि स्थापना गरिएको सभापति रानाभाटले जानकारी दिए ।

वडा नं २७ मा मतदाता शिक्षाका साथै मोटरसाईकल र्यालीको आयोजना गरिएको वडा ईकाई सभापति नारायणमणि लामिछानेले जानकारी दिए । घरेलुचौरबाट सुरु भएको र्याली अर्घौचोक, खरानी, अर्चले, बतासे,अर्घौबेसी, रिट्ठ्पानी हुदै घरेलुचौरमा नै आई सभामा परिणत भएको थियो ।

उता वडा नं २८ को मजुवा, मोहरीया, शिशुवा, काँहुखोला साईड लगाएतको क्षेत्रमा अन्तिम दिन घरदैलो अभियान सञ्चालन गरिएको वडा ईकाई सभापति विश्वरमण अधिकारीले जानकारी दिए ।

यसैगरी वडा नं २९ ले घरदैलो लगायतका औपचारिक चुनावी कार्यक्रम सम्पन्न गरी समुदाय भेटघाट कार्यक्रमको आयोजना गरेको वडा इकाई समितिले जनाएको छ । पट्नेरी, भण्डारढिक, आदर्शचोक, नवदुर्गा टोल लगायतका टोलहरुमा मतदाता शिक्षा दिएको समेत समितिले जनाएको छ ।

घरदैलो, मतदाता शिक्षा र बुथ कमिटि गठनसंगै वडा नं ३० पनि औपचारिक चुनावी अभियान सम्पन्न भएको वडा ईकाई सभापति ध्रुवराज न्यौपानेले जानकारी दिए । मोहरीया, शिवालय, भगवती चोक, भूगोलपार्क टोल, शिशुवा, दिपाङ टोल लगायत अन्य टोलहरुमा नमुना मतपत्र लिएर काँग्रेसका कार्यकर्ताहरु घरघरमा पुगेका थिए ।

वडा नं ३१ मा पनि बेगनासताल, लामास्वारा, पचभैया, सुन्दरीडाँडा, कालीमाटी, पौरखी, अर्चलथर, लब्सीडाँडा लगायतका टोलहरुमा मतदाता शिक्षा दिने काम सकिएको काँग्रेस वडा इकाई सभापति महेश पौडेलले जानकारी दिए ।

वडा इकाई सभापति कुलप्रसाद अधिकारीका अनुसार वडा नं ३२ मा महिला संघ र शिक्षक संघका सदस्यहरुले मतदाता शिक्षा दिने काम सम्पन्न गरेका छन् । मालेपाटन, राजाकोचौतारा, खोलाको छेउ लगायतका टोलहरुमा मतदाता भेटघाट र मतदाता शिक्षा दिने काम सम्पन्न गरेको अधिकारीले बताए ।

वडा नं ३३ मा पनि चुनावी प्रचारप्रसारको अन्तिम दिन कुसुन्डे, आदर्शटोल, सिस्ने र तोरीचौर लगायतका टोलहरुमा मतदाता शिक्षा दिनुका साथै घरदैलो कार्यक्रम सम्पन्न गरेको वडा ईकाई सभापति तिलकप्रसाद अधिकारीले जानकारी दिए ।

 

 

प्रतिक्रिया लेख्नुहोस्:-

सम्बन्धित समाचार

लोकतन्त्रवादी आदिबासी जनजाति महासंघ कास्कीको पदस्थापन सम्पन्न

लोकतन्त्रवादी आदिबासी जनजाति महासंघ कास्कीको पदस्थापन सम्पन्न

२०७९ चैत्र १७ मा प्रकाशित
समस्याग्रस्त अर्थतन्त्रलाई सुधार गर्ने नवनियुक्त अर्थमन्त्री डा. महतको प्रतिबद्धता

समस्याग्रस्त अर्थतन्त्रलाई सुधार गर्ने नवनियुक्त अर्थमन्त्री डा. महतको प्रतिबद्धता

२०७९ चैत्र १७ मा प्रकाशित
राष्ट्रपति रामचन्द्र पौडेलबाट नवनियुक्त मन्त्रीहरूलाई  पद तथा गोपनीयताको शपथ

राष्ट्रपति रामचन्द्र पौडेलबाट नवनियुक्त मन्त्रीहरूलाई पद तथा गोपनीयताको शपथ

२०७९ चैत्र १७ मा प्रकाशित
नेका केन्द्रीय सदस्य महरको टिप्पणी “अधैर्यताका साथ देशको भाग्य चम्काउंछु भन्दै भागाभाग गर्ने लाई रामराम बाहेक केही भन्न सकिन्न”

नेका केन्द्रीय सदस्य महरको टिप्पणी “अधैर्यताका साथ देशको भाग्य चम्काउंछु भन्दै भागाभाग गर्ने लाई रामराम बाहेक केही भन्न सकिन्न”

२०७९ चैत्र १७ मा प्रकाशित
मन्त्रिपरिषदमा सम्मानजनक स्थान नदिएको भन्दै कोइराला समूहको आपत्ति, मन्त्रीको नाम नदिने निर्णय

मन्त्रिपरिषदमा सम्मानजनक स्थान नदिएको भन्दै कोइराला समूहको आपत्ति, मन्त्रीको नाम नदिने निर्णय

२०७९ चैत्र १७ मा प्रकाशित
नागरिक लगानी कोषले विभिन्न बैंकमा लगानी गरेको झण्डै १ अर्ब रुपैयाँ असुल हुने सम्भावना न्यून

नागरिक लगानी कोषले विभिन्न बैंकमा लगानी गरेको झण्डै १ अर्ब रुपैयाँ असुल हुने सम्भावना न्यून

२०७९ चैत्र १७ मा प्रकाशित

सर्वाधिक पढिएका

लोकतन्त्रवादी आदिबासी जनजाति महासंघ कास्कीको पदस्थापन सम्पन्न
समाचार

लोकतन्त्रवादी आदिबासी जनजाति महासंघ कास्कीको पदस्थापन सम्पन्न

२०७९ चैत्र १७ मा प्रकाशित
समस्याग्रस्त अर्थतन्त्रलाई सुधार गर्ने नवनियुक्त अर्थमन्त्री डा. महतको प्रतिबद्धता
अर्थ

समस्याग्रस्त अर्थतन्त्रलाई सुधार गर्ने नवनियुक्त अर्थमन्त्री डा. महतको प्रतिबद्धता

२०७९ चैत्र १७ मा प्रकाशित
राष्ट्रपति रामचन्द्र पौडेलबाट नवनियुक्त मन्त्रीहरूलाई  पद तथा गोपनीयताको शपथ
विशेष

राष्ट्रपति रामचन्द्र पौडेलबाट नवनियुक्त मन्त्रीहरूलाई पद तथा गोपनीयताको शपथ

२०७९ चैत्र १७ मा प्रकाशित
नेका केन्द्रीय सदस्य महरको टिप्पणी “अधैर्यताका साथ देशको भाग्य चम्काउंछु भन्दै भागाभाग गर्ने लाई रामराम बाहेक केही भन्न सकिन्न”
विचार/अन्तरवार्ता

नेका केन्द्रीय सदस्य महरको टिप्पणी “अधैर्यताका साथ देशको भाग्य चम्काउंछु भन्दै भागाभाग गर्ने लाई रामराम बाहेक केही भन्न सकिन्न”

२०७९ चैत्र १७ मा प्रकाशित
मन्त्रिपरिषदमा सम्मानजनक स्थान नदिएको भन्दै कोइराला समूहको आपत्ति, मन्त्रीको नाम नदिने निर्णय
विशेष

मन्त्रिपरिषदमा सम्मानजनक स्थान नदिएको भन्दै कोइराला समूहको आपत्ति, मन्त्रीको नाम नदिने निर्णय

२०७९ चैत्र १७ मा प्रकाशित
नागरिक लगानी कोषले विभिन्न बैंकमा लगानी गरेको झण्डै १ अर्ब रुपैयाँ असुल हुने सम्भावना न्यून
अर्थ

नागरिक लगानी कोषले विभिन्न बैंकमा लगानी गरेको झण्डै १ अर्ब रुपैयाँ असुल हुने सम्भावना न्यून

२०७९ चैत्र १७ मा प्रकाशित

गोल्डेन मिडिया ग्रुप प्रा.लि
दर्ता नं. 176654/074|75
सूचना विभाग दर्ता नं. ३११६-२०७८/७९
.........
कार्यालय: 
धवल मार्ग (जिरो कि.मी.) पोखरा -०५
गण्डकी प्रदेश, कास्की
सम्पर्क: 061-531533
सम्पर्क कार्यालय:
बसुन्धरा चोक, काठमाण्डु
फोन नं. 01-4985552

अध्यक्ष/संचालक : गंगाधर पराजुली
निर्देशक : ऋषिराम काफ्ले
सम्पादक : रीता गुरुङ

Email: [email protected]
सम्पर्क : +977 9856022332

Pages

Home Blog Our Team
Contributors
About us Terms of use
Sitemaps
Advertisement Privacy

Navigation


गृहपृष्ठ  शिक्षा/स्वास्थ्य  मेरो शिक्षा 
विचार/अन्तर्वार्ता समाचार  राजनीति 
प्रदेश नं. १  प्रदेश नं. २  बाग्मती प्रदेश 
गण्डकी प्रदेश लुम्बिनी प्रदेश कर्णाली प्रदेश
सुदूरपश्चिम प्रदेश व्यक्ति/संस्था सूचना/जानकारी
परिक्षा तालिका परीक्षाफल  विश्व 
खेलकुद  कला/साहित्य मनोरञ्जन 
अर्थ अपराध प्रविधि
कार्टून  ब्लग फोटो ग्यालेरि 
Gurukul TV  English   

गुरुकुल खबर डटकम © 2021, सर्वाधिकार सुरक्षित  |  Site By : MPG Solution

कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • About us
  • Advertise
  • Blog
  • Contributors
  • Home
  • Our Team
  • Privacy Policy
  • Site Maps
  • Terms of use

© 2023 Gurukul Khabar - Designed by MPG Solution.