तपाइँ यिबेला सुन्ै हुनुहुन्छ सुनौलो एफ ए १०२. २ मेगाहर्ज
Saturday, April 1, 2023
Gurukul Khabar
  • गृहपृष्ठ
  • विशेष
  • विचार/अन्तर्वार्ता
  • मेरो शिक्षा
  • समाचार
    • शिक्षा/स्वास्थ्य
    • राजनीति
    • विश्व
  • प्रदेश
    • प्रदेश नं १
    • प्रदेश नं २
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश नं ५
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • व्यक्ति/संस्था
  • सूचना
    • परीक्षा तालिका
    • परीक्षाफल
  • विविध
    • खेलकुद
    • कला/साहित्य
    • मनोरञ्जन
    • अर्थ
    • अपराध
    • प्रविधि
    • कार्टुन
    • ब्लग
    • फोटो ग्यालेरी
  • Gurukul TV
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृहपृष्ठ
  • विशेष
  • विचार/अन्तर्वार्ता
  • मेरो शिक्षा
  • समाचार
    • शिक्षा/स्वास्थ्य
    • राजनीति
    • विश्व
  • प्रदेश
    • प्रदेश नं १
    • प्रदेश नं २
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश नं ५
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • व्यक्ति/संस्था
  • सूचना
    • परीक्षा तालिका
    • परीक्षाफल
  • विविध
    • खेलकुद
    • कला/साहित्य
    • मनोरञ्जन
    • अर्थ
    • अपराध
    • प्रविधि
    • कार्टुन
    • ब्लग
    • फोटो ग्यालेरी
  • Gurukul TV
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
Gurukul Khabar
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्

वैैशाख ३० गते बिहानैदेखि पानी पर्ने मौसम विभागको अनुमान

गुरुकुल खबर गुरुकुल खबर
२०७९ बैशाख २६ मा प्रकाशित
in गण्डकी प्रदेश, समाचार, सूचना/जानकारी
वैैशाख ३० गते बिहानैदेखि पानी पर्ने मौसम विभागको अनुमान
35
SHARES
138
VIEWS
Share on FacebookShare on Twitter

पोखरा । स्थानीय वायु र भारतको पश्चिम बंगालमा बनेको न्यून चापीय प्रणालीको असरले निर्वाचनको दिन ३० वैशाखमा वर्षा हुनसक्ने जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

मौसम पूर्वानुमान महाशाखाले वैशाख २८ गतेदेखि ३१ गतेसम्मको मौसम पूर्वानुमान विशेष बुलेटिन सार्वजनिक गरेको छ । सो बुलेटिनमा लेखिएअनुसार निर्वाचनको दिन वैशाख ३० गते देशभर आंशिकदेखि सामान्य बदली रहने सम्भावना छ ।

प्रदेश १, बागमती तथा गण्डकी प्रदेशका केही स्थानहरुमा मेघ गर्जन/चटयाङ्ग सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । साथै मधेश, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशहरुका थोरै स्थानहरूमा मेघ गर्जन/चटयाङ्गसहित हल्का वर्षाको सम्भावना रहेको बुलेटिनमा उल्लेख छ ।

महाशाखाले सामान्यतया तीन दिनसम्मको मौसम पूर्वानुमानबारे बुलेटिन जारी गरी जानकारी गराउँदथ्यो । तर महाशाखाले आज नै ३१ गतेसम्मको मौसम पूर्वानुमान सार्वजनिक गरेको छ ।

त्यसमा लेखिएअनुसार वैशाख २८, २९ र ३० गते देशभर आंशिकदेखि सामान्य बदली हुने र प्रदेश १, बागमती, गण्डकी तथा लुम्बिनी प्रदेशका केही स्थानहरुमा मेघ गर्जन र चटयाङ्ग सहित हल्कादेखि मध्यम वर्षा हुने सम्भावना छ । साथै मधेश, कर्णाली र सुदूरपश्चिम प्रदेशहरुका थोरै स्थानहरूमा मेघ गर्जन/चटयाङ्ग सहित हल्का वर्षाको सम्भावना छ । २९ गते मधेश प्रदेशका जिल्लाहरुमा हावाहुरी चल्ने सम्भावना पनि छ ।

अहिले नेपालमा स्थानीय वायु र भारतको बिहार–पश्चिम बंगाल क्षेत्रमा बनेको न्यून चापीय प्रणालीको संयुक्त प्रभाव छ । साथै दक्षिण बंगालमा चक्रवात पनि विकसित भएको छ । ‘असानी’ नाम दिइएको सो चक्रवातले जलवाष्पयुक्त हावा नेपालसम्म ल्याउने र नेपालकै स्थानीय प्रणालीमा मिसिएर पानी पर्ने मौसमविदको भनाइ छ ।

‘यसले पहाडी भूभागहरुमा अलि धेरै असर पार्ने देखिन्छ’, मौसमविद् हिरा भट्टराईले अनलाइनखबरसँग भने, ‘तराई मधेशका जिल्लामा अग्ला पहाडहरु नभएकाले पहाडी भूभागको तुलनामा कम असर पर्छ ।’

पूर्वसावधानी भने देशैभर अपनाउनुपर्ने बताउँदै उनले भने, ‘कम्तिमा छाता बोकेर भोट हाल्न जानुपर्छ ।’

असानीको चक्रवातको आंशिक प्रभाव

असानी चक्रवात भारतको उत्तरपश्चिम तर्फ सर्ने क्रममा छ । वैशाख ३० गतेसम्म यो कमजोर अवस्थामा उत्तरी बंगालको खाडीमा रहने सम्भावना देखिन्छ ।

मौसमविद भट्टराईका अनुसार असानी चक्रवातको प्रत्यक्ष प्रभाव नेपालमा पर्दैन । तर त्यसको आंशिक असर भने देखिन्छ । जलवाष्पयुक्त हावा नेपालसम्मै आउने छ । खासगरी पूर्वी नेपालबाट जलवाष्पयुक्त हावा प्रवेश गर्ने भएकाले अन्यको तुलनामा पूर्वी नेपालमा अलि बढी पानी पर्ने पूर्वानुमान छ । ‘यसले अन्तभन्दा पूर्वमा अलि बढी असर पार्ने हो,’ मौमसविद भट्टराईले भने, ‘लगातार झरी पर्दैन तर पानी पर्ने, केहीबेर रोकिने र फेरि पानी पर्ने हुन्छ ।’

यो मौसमी प्रणालीका कारण निर्वाचन अवधिमा पर्न सक्ने असर र प्रभावबाट जोगिन आवश्यक सतर्कता अपनाउन मौसम पूर्वानुमान महाशाखाले अनुरोध गरेको छ । साथै मौसम पूर्वानुमान महाशाखाले सो प्रणालीलाई निरन्तर अनुगमन गरिरहेको र आवश्यकता अनुसार थप बुलेटिन जारी गर्ने पनि जनाएको छ ।

वैशाख २८ गतेदेखि ३१ गतेसम्मको मौसम पूर्वानुमान

२०७९ वैशाख २८ गते (बुधबार) : देशभर आंशिकदेखि सामान्य बदली रहने सम्भावना छ । प्रदेश १, बागमती, गण्डकी तथा लुम्बिनी प्रदेशका केही स्थानहरुमा मेघ गर्जन/ चटयाङ्ग सहित हल्कादेखि मध्यम वर्षाको संभावना रहेको छ । साथै मधेश, कर्णाली र सुदूरपश्चिम प्रदेशहरुका थोरै स्थानहरूमा मेघ गर्जन/चटयाङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ ।

२०७९ वैशाख २९ गते (बिहीबार) : देशभर आंशिकदेखि सामान्य बदली रहने सम्भावना छ । प्रदेश १, मधेश प्रदेश, बागमती, गण्डकी तथा लुम्बिनी प्रदेशका केही स्थानहरुमा मेघ गर्जन/चटयाङ्ग सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । साथै कर्णाली र सूदुरपश्चिम प्रदेशहरुका थोरै स्थानहरूमा मेघ गर्जन/चटयाङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ । साथै तराईका भू–भागहरुमा हावाहुरीको सम्भावना पनि रहेको देखिन्छ ।

२०७९ वैशाख ३० गते (शुक्रबार) : देशभर आंशिकदेखि सामान्य बदली रहने सम्भावना छ । प्रदेश १, बागमती तथा गण्डकी प्रदेशको केही स्थानहरुमा मेघ गर्जन/चटयाङ्ग सहित हल्कादेखि मध्यम वर्षाको संभावना रहेको छ । साथै मधेश, लुम्बिनी, कर्णाली र सूदुरपश्चिम प्रदेशहरुका थोरै स्थानहरूमा मेघ गर्जन/चटयाङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ ।

२०७९ वैशाख ३१ गते (शनिवार) : देशको प्रदेश १, बागमती प्रदेश, मधेश प्रदेश तथा गण्डकी प्रदेशका आंशिकदेखि सामान्य बदली रहने तथा बाँकी प्रदेशहरुमा आंशिक बदली रहने सम्भावना छ । प्रदेश १, बागमती, गण्डकी प्रदेशको पहाडी भू–भागका केही स्थानहरुमा मेघ गर्जन/चटयाङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ । साथै कर्णाली र सुदूरपश्चिम प्रदेशहरुका एक वा दुई स्थानहरूमा मेघ गर्जन/चटयाङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ ।

अहिले मनसुनको पूर्वअवस्था (प्रिमनसुन) छ । प्रिमनसुन अवधिमा दिउँसो घाम लाग्ने र साँझपख मेघ गर्जन र चट्याङसहित पानी पर्ने हुन्छ । अहिले मेघ गर्जन र चट्याङसहित पानी पर्नुलाई सामान्य रुपमा लिनुपर्ने मौसमविद विष्णु न्यौपाने बताउँछन् ।

प्रतिक्रिया लेख्नुहोस्:-

सम्बन्धित समाचार

लोकतन्त्रवादी आदिबासी जनजाति महासंघ कास्कीको पदस्थापन सम्पन्न

लोकतन्त्रवादी आदिबासी जनजाति महासंघ कास्कीको पदस्थापन सम्पन्न

२०७९ चैत्र १७ मा प्रकाशित
समस्याग्रस्त अर्थतन्त्रलाई सुधार गर्ने नवनियुक्त अर्थमन्त्री डा. महतको प्रतिबद्धता

समस्याग्रस्त अर्थतन्त्रलाई सुधार गर्ने नवनियुक्त अर्थमन्त्री डा. महतको प्रतिबद्धता

२०७९ चैत्र १७ मा प्रकाशित
राष्ट्रपति रामचन्द्र पौडेलबाट नवनियुक्त मन्त्रीहरूलाई  पद तथा गोपनीयताको शपथ

राष्ट्रपति रामचन्द्र पौडेलबाट नवनियुक्त मन्त्रीहरूलाई पद तथा गोपनीयताको शपथ

२०७९ चैत्र १७ मा प्रकाशित
नेका केन्द्रीय सदस्य महरको टिप्पणी “अधैर्यताका साथ देशको भाग्य चम्काउंछु भन्दै भागाभाग गर्ने लाई रामराम बाहेक केही भन्न सकिन्न”

नेका केन्द्रीय सदस्य महरको टिप्पणी “अधैर्यताका साथ देशको भाग्य चम्काउंछु भन्दै भागाभाग गर्ने लाई रामराम बाहेक केही भन्न सकिन्न”

२०७९ चैत्र १७ मा प्रकाशित
मन्त्रिपरिषदमा सम्मानजनक स्थान नदिएको भन्दै कोइराला समूहको आपत्ति, मन्त्रीको नाम नदिने निर्णय

मन्त्रिपरिषदमा सम्मानजनक स्थान नदिएको भन्दै कोइराला समूहको आपत्ति, मन्त्रीको नाम नदिने निर्णय

२०७९ चैत्र १७ मा प्रकाशित
नागरिक लगानी कोषले विभिन्न बैंकमा लगानी गरेको झण्डै १ अर्ब रुपैयाँ असुल हुने सम्भावना न्यून

नागरिक लगानी कोषले विभिन्न बैंकमा लगानी गरेको झण्डै १ अर्ब रुपैयाँ असुल हुने सम्भावना न्यून

२०७९ चैत्र १७ मा प्रकाशित

सर्वाधिक पढिएका

लोकतन्त्रवादी आदिबासी जनजाति महासंघ कास्कीको पदस्थापन सम्पन्न
समाचार

लोकतन्त्रवादी आदिबासी जनजाति महासंघ कास्कीको पदस्थापन सम्पन्न

२०७९ चैत्र १७ मा प्रकाशित
समस्याग्रस्त अर्थतन्त्रलाई सुधार गर्ने नवनियुक्त अर्थमन्त्री डा. महतको प्रतिबद्धता
अर्थ

समस्याग्रस्त अर्थतन्त्रलाई सुधार गर्ने नवनियुक्त अर्थमन्त्री डा. महतको प्रतिबद्धता

२०७९ चैत्र १७ मा प्रकाशित
राष्ट्रपति रामचन्द्र पौडेलबाट नवनियुक्त मन्त्रीहरूलाई  पद तथा गोपनीयताको शपथ
विशेष

राष्ट्रपति रामचन्द्र पौडेलबाट नवनियुक्त मन्त्रीहरूलाई पद तथा गोपनीयताको शपथ

२०७९ चैत्र १७ मा प्रकाशित
नेका केन्द्रीय सदस्य महरको टिप्पणी “अधैर्यताका साथ देशको भाग्य चम्काउंछु भन्दै भागाभाग गर्ने लाई रामराम बाहेक केही भन्न सकिन्न”
विचार/अन्तरवार्ता

नेका केन्द्रीय सदस्य महरको टिप्पणी “अधैर्यताका साथ देशको भाग्य चम्काउंछु भन्दै भागाभाग गर्ने लाई रामराम बाहेक केही भन्न सकिन्न”

२०७९ चैत्र १७ मा प्रकाशित
मन्त्रिपरिषदमा सम्मानजनक स्थान नदिएको भन्दै कोइराला समूहको आपत्ति, मन्त्रीको नाम नदिने निर्णय
विशेष

मन्त्रिपरिषदमा सम्मानजनक स्थान नदिएको भन्दै कोइराला समूहको आपत्ति, मन्त्रीको नाम नदिने निर्णय

२०७९ चैत्र १७ मा प्रकाशित
नागरिक लगानी कोषले विभिन्न बैंकमा लगानी गरेको झण्डै १ अर्ब रुपैयाँ असुल हुने सम्भावना न्यून
अर्थ

नागरिक लगानी कोषले विभिन्न बैंकमा लगानी गरेको झण्डै १ अर्ब रुपैयाँ असुल हुने सम्भावना न्यून

२०७९ चैत्र १७ मा प्रकाशित

गोल्डेन मिडिया ग्रुप प्रा.लि
दर्ता नं. 176654/074|75
सूचना विभाग दर्ता नं. ३११६-२०७८/७९
.........
कार्यालय: 
धवल मार्ग (जिरो कि.मी.) पोखरा -०५
गण्डकी प्रदेश, कास्की
सम्पर्क: 061-531533
सम्पर्क कार्यालय:
बसुन्धरा चोक, काठमाण्डु
फोन नं. 01-4985552

अध्यक्ष/संचालक : गंगाधर पराजुली
निर्देशक : ऋषिराम काफ्ले
सम्पादक : रीता गुरुङ

Email: [email protected]
सम्पर्क : +977 9856022332

Pages

Home Blog Our Team
Contributors
About us Terms of use
Sitemaps
Advertisement Privacy

Navigation


गृहपृष्ठ  शिक्षा/स्वास्थ्य  मेरो शिक्षा 
विचार/अन्तर्वार्ता समाचार  राजनीति 
प्रदेश नं. १  प्रदेश नं. २  बाग्मती प्रदेश 
गण्डकी प्रदेश लुम्बिनी प्रदेश कर्णाली प्रदेश
सुदूरपश्चिम प्रदेश व्यक्ति/संस्था सूचना/जानकारी
परिक्षा तालिका परीक्षाफल  विश्व 
खेलकुद  कला/साहित्य मनोरञ्जन 
अर्थ अपराध प्रविधि
कार्टून  ब्लग फोटो ग्यालेरि 
Gurukul TV  English   

गुरुकुल खबर डटकम © 2021, सर्वाधिकार सुरक्षित  |  Site By : MPG Solution

कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • About us
  • Advertise
  • Blog
  • Contributors
  • Home
  • Our Team
  • Privacy Policy
  • Site Maps
  • Terms of use

© 2023 Gurukul Khabar - Designed by MPG Solution.