Play

अरु दलको बाकस खाली गरिदिनु – राप्रपा अध्यक्ष लिङ्देल

गुरुकुल खबर


पोखरा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देलले ठुला पार्टीको मतको बाकस खाली गरिदिन आग्रह गरेका छन् । शनिबार पोखरामा भएको चुनावी सभालाई सम्बोधन गदै अध्यक्ष लिङदेलले देश बनाउनका लागि सबै सुध्रिन पर्ने बताए र्। भोट हाल्ने बेलामा पार्टीहरुलाई हामी छौ नि भन्दीनु होस्’ नेता लिङ्देलले भर्ने तर भोट दिने बेलामा हामीलाई दिनुहोस् ।’ ठुला दललाई २० वर्ष सम्म भोट दिएपनि नसुध्रिने भएपछि सुध्र्रान निर्वाचन भएको उनको भनाई छ ।

बाँकस खोल्दा मात्रै नेताहरुले थाहा पाउन्’ नेता लिङ्देलले भर्ने मानिसहरु त बाठो भई सकेका छन् ।’ त्यती भएपछि मात्रै ठुला दलका नेताहरु कि त मैदान छाड्ने छन् नि राम्रो काम गर्ने छन् उनको भनाई थियो । यो देश सुध्रिनको लागि कांग्रेस, माओवादी, समाजवादी र अरु के–के भन्ने छन् सबै सुध्रिन आवश्यक रहेको लिङ्देलले बताए । त्यसका लागि निर्वाचनमा पराजीत गरेर उनीहरुलाई पाठ सिकाउनु पर्ने बताए । ‘भोट दिने भन्ने कुरा छोरी दिने भन्दा पनि ठुलो कुरा’ उनले भने छोरी दिदा कति सोचेर दिने गरीन्छ तपाईले दिदा पनि सोचेर दिन आग्रह गरे । गलत पार्टी र गलत नेतालाई भोट परे पुरै समाज, पुरै देशले दुःख पाउने बताए ।

उनले राप्रपा फरक ढंगले आएको बताउदै सबैभन्दा माथी देश राखेको काम गर्ने बताए । अहिले राप्रपाले लिएर आएको मुद्धा र अभियान देश बचाउने र देश बनाउने मुद्धा र अभियान रहेको उनले दाबी गरे । यो केवल राप्रपाको मुद्धा र अभियान मात्रै हैन, यो तपाईको पनि अभियान हो । अध्यक्ष लिङदेलले कांग्रेस, एमाले र माओवादी देशलाई दुर्घटनामा पुर्याउन उद्धत रहेको पनि आरोप लगाए ।

२५ बैशाख २०७९, आईतवार ०८:०६ मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
[email protected]
[email protected]

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा