Play

वडा नं १६ मा चुनावी अभियान तिब्र, घरदैलो र चुनावी सभा जारी

गुरुकुल खबर


पोखरा। पोखरा महानगरका मेयरपदका उम्मेदवार धनराज आचार्यले घोषणा पत्रका हरेक शब्द ईमान्दार तरिकाले पालना गर्दै पोखरा महानगरको प्रत्येक वडामा विकास गर्ने प्रतिबद्धता जनाएका छन । पोखरा महानगरपालिका वडा नं १६ मा शुक्रबार सम्पन्न मेयर उपमेयरसंग घरदैलो कार्यक्रम तथा चुनावी सभालाई सम्बोधन गर्दैै सो कुरा बताएका हुन् ।
उपमेयरकी उम्मेदवार कोपिला रानाभाटले कृषि, सामाजिक क्षेत्रको विकासका अलावा महानगरलाई महिलामैत्री, बालबालिकामैत्री, जेष्ठ नागरिकमैत्री महानगरपालिका बनाउने आफ्नो योजना रहेको पनि बताईन् । साथै रानाभाटले पार्टीको घोषणा पत्रमा भएअनुरुपको हरेक कार्य गर्ने प्रतिबद्धता  समेत जनाईन् ।
पूर्व कानुनमन्त्री तथा नेपाली काँग्रेसका नेता यज्ञबहादुर थापाको प्रमुख आतिथ्यतामा सम्पन्न चुनावी सभामा मेयर, उपमेयरसँगै वडाध्यक्ष पदका उम्मेदबार अमृत शर्मा तिमिल्सिनाले वडाबासीको समस्या पहिचानसँगै कृषि, सामाजिक, शिक्षा, स्वास्थ्य लगायत वडानम्बर १६ को घोषणपत्र अनुसार काम गर्ने प्रतिवद्धता व्यक्त गरे ।

संयुक्त निर्वाचन परिचालन समितिका संयोजक पदम गुरुङ्गको अध्यक्षतामा सम्पन्न चुनावी सभामा महाधिवेशन प्रतिनिधि तथा संयुक्त निर्वाचन परिचालन समितिका सहसंयोजक मदन बस्नेत तथा माओवादी केन्द्रका पोखरा नगर अध्यक्ष हरिनारायण गिरी विज्ञान लगायतले आ–आफ्नो भनाई राखेको प्रचारप्रसार उपसमितिका संयोजक शिवराज देवकोटाले जानकारी दिए ।

स्थानीय तहको निर्वाचन नजिकिदै गर्दा वडा नं १६ मा नेपाली काँग्रेसको तर्फबाट वडाध्यक्ष अमृत शर्मा तिमिल्सिनाको नेतृत्वमा माओवादी केन्द्रबाट भगवती भट्टराई र निर्मल आचार्य, मिनबहादुर गुरुङर ओममाया नेपाली चुनावी अभियानमा सक्रिय बनेका छन् । उम्ममेवारहरुले आफ्नो वडामा घरदैलो तथा मतदाता भेटघाट कार्यक्रमलाई तिब्र पार्नुका साथै मतदातालाई आफ्नो अमूल्य मतका लागि आग्रह गरीरहेका छन् ।

२४ बैशाख २०७९, शनिबार १४:१३ मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
[email protected]
[email protected]

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा