तपाइँ यिबेला सुन्ै हुनुहुन्छ सुनौलो एफ ए १०२. २ मेगाहर्ज
Friday, January 27, 2023
Gurukul Khabar
  • गृहपृष्ठ
  • विशेष
  • विचार/अन्तर्वार्ता
  • मेरो शिक्षा
  • समाचार
    • शिक्षा/स्वास्थ्य
    • राजनीति
    • विश्व
  • प्रदेश
    • प्रदेश नं १
    • प्रदेश नं २
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश नं ५
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • व्यक्ति/संस्था
  • सूचना
    • परीक्षा तालिका
    • परीक्षाफल
  • विविध
    • खेलकुद
    • कला/साहित्य
    • मनोरञ्जन
    • अर्थ
    • अपराध
    • प्रविधि
    • कार्टुन
    • ब्लग
    • फोटो ग्यालेरी
  • Gurukul TV
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृहपृष्ठ
  • विशेष
  • विचार/अन्तर्वार्ता
  • मेरो शिक्षा
  • समाचार
    • शिक्षा/स्वास्थ्य
    • राजनीति
    • विश्व
  • प्रदेश
    • प्रदेश नं १
    • प्रदेश नं २
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश नं ५
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • व्यक्ति/संस्था
  • सूचना
    • परीक्षा तालिका
    • परीक्षाफल
  • विविध
    • खेलकुद
    • कला/साहित्य
    • मनोरञ्जन
    • अर्थ
    • अपराध
    • प्रविधि
    • कार्टुन
    • ब्लग
    • फोटो ग्यालेरी
  • Gurukul TV
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
Gurukul Khabar
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्

काँग्रेस र गठबन्धनका उम्मेदवारहरु सुझाव माग्दैै आर्शिबाद लिँदै मतदाताको घरघरमा

गुरुकुल खबर गुरुकुल खबर
२०७९ बैशाख २३ मा प्रकाशित
in गण्डकी प्रदेश, राजनीति, समाचार
काँग्रेस र गठबन्धनका उम्मेदवारहरु सुझाव माग्दैै आर्शिबाद लिँदै मतदाताको घरघरमा
27
SHARES
107
VIEWS
Share on FacebookShare on Twitter

पोखरा । उमेरले आफूभन्दा ठुला मतदातासँग आर्शिबाद । आफ्ना साथीभाई, सहकर्मी र दामलीसँग सुझाव अनि अपेक्षा लिँदै नेपाली काँग्रेस र गठबन्धनका उम्मेदवारहरु यतिबेला पोखरा महानगरका सम्पूर्ण वडामा चुनावी घरदैलोमा छन् ।

वडाबासीहरुको गुनासो पनि छ–‘चुनावमा भोट माग्न आउँदा भनेजस्तो जितेपछि हुँदैन ।’ अघिल्लो चुनावमा पोखरा महानगरका अधिकांश वडामा एमालेले जित निकालेपनि कामको सवालमा धेरैजसो स्थानमा ‘फेल’ भएको मतदाताहरुको बुझाई छ । यो पटक नेपाली काँग्रेस र गठबन्धनका उम्मेदवारहरुप्रति मतदाताहरुको आश बढि छ ।

त्यसैले कुनैपनि हालतमा यो पटक नेपाली काँग्रेस र गठबन्धनका उम्मेदवारहरुले आफूहरुलाई चुनावमा निर्वाचित गराउन र महानगरका वडाहरुलाई सम्बृद्ध बनाउने सपना साकार पार्न मतदाताहरुलाई आग्रह गरिरहेका छन् ।

पोखरा महानगरपालिका वडानम्बर १५ का स्थानीय बासिन्दाले आफूहरुलाई सक्षम, योग्य र इमान्दार उम्मेदवार आवश्यक रहेको बताएका छन् । यसअघिका वडाध्यक्षले स्थानीयको माग सम्बोधन गर्न नसकेको भन्दै उम्मेदबारहरुसँग वडामा रहेको सुकुम्बासीको समस्या समाधान गर्नुपर्ने, युवाहरुका लागि खेल मैदान बनाउनुपर्ने व्यक्तिले भोगचलन गरेको सार्वजनिक जग्गा फिर्ता गर्नुपर्ने लगायतका माग राखेका छन् । १५ नम्बर वडामा मीनबहादुर गिरी यो पटक नेपाली काँग्रेसको तर्फबाट उम्मेदवार छन् ।

उता महानगरकै वडा नम्बर २० मा वडाबासीहरुले अबका जनप्रतिनीधिहरुले वडाको आफ्नै भवन बनाउनेतर्फ ध्यान दिनुपर्ने बताएका छन् । ५ बर्षसम्म पनि वडाको भवन बनाउन नसक्दा वडाको सेवा प्रवाहमा समस्या भएको मतदाताहरुले बताए । वडाबासीको समस्या र गुनासाहरु सुनेर ती समस्याहरु समाधान गर्नका लागि आफूले कार्ययोजना बनाउने वडाध्यक्षका उम्मेदबार महेन्द्र अधिकारीले जानकारी दिएका छन् ।

त्यस्तै वडा नम्बर २ का मतदाताहरुले वडालाई प्राविधिक रुपमा सबल बनाउनुपर्ने माग राखेका छन् । यो पटक वडा नम्बर २ मा नेपाली काँग्रेसको तर्फबाट दिवसमान प्रधानाङ्ग अध्यक्षको उम्मेदवार छन् ।

त्यस्तै वडा नम्बर ३ मा पनि उम्मेदवारहरुले पहिलो चरणमा घरदैलो सकिसकेका छन् । यो बीचमा वडाबासीलाई मतदाता शिक्षा, टोलटोलमा बैठक लगायतका कार्यक्रम सकिएको नेपाली काँग्रेस वडानम्बर ३ का ईकाई सभापति नारायणमान उदासले जानकारी दिए । वडा नम्बर ३ मा यो पटक काँग्रेसको तर्फबाट प्रकाशमान उदास अध्यक्षको उम्मेदवार छन् ।

यता वडानम्बर ६ मा पनि घरदैलो कार्यक्रम भैरहेको छ । शुक्रबार स्ट्रीट नम्बर ५ देखि १४ सम्म घरदैलो भएको इकाइ सभापति सन्तोष पौडेलले जानकारी दिए । सो क्षेत्रका मतदाताले विशेषगरि पर्यटकीय लेकसाइडको व्यवस्थापन र फेवाताल संरक्षणको चासो दिएका छन् । वडानम्बर ६ मा नेपाली काँग्रेसका जगतबहादुर पाहारीको नेतृत्वमा पवित्रा थापा, शोभा जलारी, मावोबादी केन्द्रबाट कृष्णप्रसाद आचार्य र नेकपा एसबाट विकास पहारी उम्मेवार छन् ।

त्यसैगरि वडानम्बर ११ मा पनि काँहुडाडा र रानीपौवासम्मको क्षेत्रमा घरदैलो कार्यक्रम सम्पन्न भएको छ । भानुमार्गको आसपासमा शुक्रबार घरदैलो गरिएको काँग्रेस वडा इकाई समितिका सभापति हरिप्रसाद बास्तोलाले जानकारी दिए । वडा नम्बर ११ मा यो पटक नेपाली काँग्रेसको तर्फबाट प्रेमप्रसाद कर्माचार्य अध्यक्षको उम्मेदवार छन् ।

उता पोखराको वडा नम्बर १६ मा शुक्रबार पोखरा महानगरका मेयर पदका उम्मेदबार धनराज आचार्य र उपमेयरका उम्मेदबार कोपिला रानाभाटको उपस्थितीमा चुनावी सभा सम्पन्न भयो । पूर्व कानुनमन्त्री तथा नेपाली काँग्रेसका नेता यज्ञबहादुर थापाको प्रमुख आतिथ्यतामा सम्पन्न चुनावी सभामा मेयर, उपमेयरसँगै वडाध्यक्ष पदका उम्मेदबार अमृत शर्मा तिमिल्सिनाले वडाबासीको समस्या पहिचानसँगै कृषि, सामाजिक, शिक्षा, स्वास्थ्य लगायत वडानम्बर १६ को घोषणपत्र अनुसार काम गर्ने प्रतिवद्धता व्यक्त गरे ।

वडा नम्बर ९ को कुरा गर्दा नेपाली काँग्रेसको तर्फबाट उम्मेदवारी दिएका दीपेन्द्र मर्सानीले आफ्नो वडामा मतदाताहरुको ठुलो साथ पाएको बताए । प्रत्येक मतदाताको घर घरमा पुगी उनले वृद्ध आमाबुबासंग आर्शिवाद लिनुका साथै आफू र गठबन्धनका बाँकी उम्मेदवारहरुलाई भोट हाल्ने तरिका सिकाईरहेका छन् ।

पोखराको विशेष वडा मानिने वडा नम्बर १४ मा पनि नेपाली काँग्रेसका अध्यक्ष उम्मेदवार बोधबहादुर कार्कीको समूह घरदैलोमा व्यस्त छ । शुक्रबा कार्यकर्ता सहित उम्मेदवारहरुले अनुगमन टोल, प्रगति टोल, स्वागतनगर टोलमा घरदैलो गरी नेपाली काँग्रेस लगायत गठबन्धन दललार्ई मत दिन अनुरोध गरेका थिए । पोखरा अन्तराष्ट्रिय विमानस्थल र डम्पिङ साइट रहेको वडामा नेपाली काँग्रेसप्रति मतदाताहरुको आकर्षण बढि छ । विशेषगरि यो पटक एमालेको मेयर उम्मेदवार कृष्ण थापा उठेका कारणले पनि मतदाताहरुले गठबन्धनलाई बढि समर्थन गरिरहेका छन् । डम्पिङ साइटकै कारणले वडा नम्बर १४ का बासिन्दाहरु पुर्वमेयर समेत रहेका एमाले मेयर उम्मेदवार थापासँग रुष्ट छन् ।

वडा नम्बर २४ मा घरदैलोमा नेपाली काँग्रेसका उम्मेदवारहरुले मतदाताहरुसमक्ष काम गर्ने प्रतिबद्धता सहित आफ्नो पक्षमा मत मागे । पोखरा २४ कै पातेस्वाँरा, काउले, गिरीगाऊँ, सिसौदी, मान्द्रेढुंगामा शुक्रबा घरदैलो कार्यक्रम गरेको नेपाली काँग्रेस पोखरा वडा नम्बर २४ का सचिव चन्द्रेश्वर बस्ताकोटीले जानकारी दिए । वडा नम्बर २४ मा आसन्न निर्वाचनमा भरतबहादुर अधिकारी नेपाली काँग्रेसको तर्फबाट उम्मेदवार छन् ।

पोखरा महानगरको ३३ वटै वडामा यो पटक नेपाली र गठबन्धनबाट उठेका उम्मेदवारहरु घरदैलोमा पुग्दा जनताले ठुलो स्वागत गर्दै आएका छन् । सबै वडामा काँग्रेस र गठबन्धनका उम्मेदवारप्रति जनताको ठुलो आशा पनि रहेको देखिन्छ । अधिकांश ठाऊँमा एमालेका जनप्रतिनीधि र उनीहरुले गरेका क्रियाकलापबाट मतदाताहरु रुष्ट छन् ।

 

प्रतिक्रिया लेख्नुहोस्:-

सम्बन्धित समाचार

गहुँ आयात रोकिदा अधिकांश विस्कुट उद्योग बन्द हुने अवस्थामा

गहुँ आयात रोकिदा अधिकांश विस्कुट उद्योग बन्द हुने अवस्थामा

२०७९ माघ ११ मा प्रकाशित
पोखराका पत्रकार घिमिरेलाई स्याङ्जामा दुर्व्यवहार

पोखराका पत्रकार घिमिरेलाई स्याङ्जामा दुर्व्यवहार

२०७९ माघ ११ मा प्रकाशित
कार्यविधिमा उल्लेख गरिएको प्रक्रिया बाध्यात्मक नभई ऐच्छिक रहेको सरकारी वकिल रेग्मीको तर्क

रवि लामिछानेको नागरिकता र प्रतिनिधिसभा सदस्यको वैधतामा प्रश्न, रिटमाथिको सुनुवाइ ‘हेर्दा हेर्दै’मा

२०७९ माघ ११ मा प्रकाशित
कार्यविधिमा उल्लेख गरिएको प्रक्रिया बाध्यात्मक नभई ऐच्छिक रहेको सरकारी वकिल रेग्मीको तर्क

कार्यविधिमा उल्लेख गरिएको प्रक्रिया बाध्यात्मक नभई ऐच्छिक रहेको सरकारी वकिल रेग्मीको तर्क

२०७९ माघ ११ मा प्रकाशित
”मुन्द्रे’’ले पोखरा म्याराथनमा सहभागिता जनाउने

”मुन्द्रे’’ले पोखरा म्याराथनमा सहभागिता जनाउने

२०७९ माघ ११ मा प्रकाशित
”जेसिए” हिसान फुटसल कास्की जिल्ला च्याम्पियन बन्न सफल

”जेसिए” हिसान फुटसल कास्की जिल्ला च्याम्पियन बन्न सफल

२०७९ माघ ११ मा प्रकाशित

सर्वाधिक पढिएका

गहुँ आयात रोकिदा अधिकांश विस्कुट उद्योग बन्द हुने अवस्थामा
अर्थ

गहुँ आयात रोकिदा अधिकांश विस्कुट उद्योग बन्द हुने अवस्थामा

२०७९ माघ ११ मा प्रकाशित
पोखराका पत्रकार घिमिरेलाई स्याङ्जामा दुर्व्यवहार
गण्डकी प्रदेश

पोखराका पत्रकार घिमिरेलाई स्याङ्जामा दुर्व्यवहार

२०७९ माघ ११ मा प्रकाशित
कार्यविधिमा उल्लेख गरिएको प्रक्रिया बाध्यात्मक नभई ऐच्छिक रहेको सरकारी वकिल रेग्मीको तर्क
अपराध

रवि लामिछानेको नागरिकता र प्रतिनिधिसभा सदस्यको वैधतामा प्रश्न, रिटमाथिको सुनुवाइ ‘हेर्दा हेर्दै’मा

२०७९ माघ ११ मा प्रकाशित
कार्यविधिमा उल्लेख गरिएको प्रक्रिया बाध्यात्मक नभई ऐच्छिक रहेको सरकारी वकिल रेग्मीको तर्क
अपराध

कार्यविधिमा उल्लेख गरिएको प्रक्रिया बाध्यात्मक नभई ऐच्छिक रहेको सरकारी वकिल रेग्मीको तर्क

२०७९ माघ ११ मा प्रकाशित
”मुन्द्रे’’ले पोखरा म्याराथनमा सहभागिता जनाउने
खेलकुद

”मुन्द्रे’’ले पोखरा म्याराथनमा सहभागिता जनाउने

२०७९ माघ ११ मा प्रकाशित
”जेसिए” हिसान फुटसल कास्की जिल्ला च्याम्पियन बन्न सफल
खेलकुद

”जेसिए” हिसान फुटसल कास्की जिल्ला च्याम्पियन बन्न सफल

२०७९ माघ ११ मा प्रकाशित

गोल्डेन मिडिया ग्रुप प्रा.लि
दर्ता नं. 176654/074|75
सूचना विभाग दर्ता नं. ३११६-२०७८/७९
.........
कार्यालय: 
धवल मार्ग (जिरो कि.मी.) पोखरा -०५
गण्डकी प्रदेश, कास्की
सम्पर्क: 061-531533
सम्पर्क कार्यालय:
बसुन्धरा चोक, काठमाण्डु
फोन नं. 01-4985552

अध्यक्ष/संचालक : गंगाधर पराजुली
निर्देशक : ऋषिराम काफ्ले
सम्पादक : रीता गुरुङ

Email: [email protected]
सम्पर्क : +977 9856022332

Pages

Home Blog Our Team
Contributors
About us Terms of use
Sitemaps
Advertisement Privacy

Navigation


गृहपृष्ठ  शिक्षा/स्वास्थ्य  मेरो शिक्षा 
विचार/अन्तर्वार्ता समाचार  राजनीति 
प्रदेश नं. १  प्रदेश नं. २  बाग्मती प्रदेश 
गण्डकी प्रदेश लुम्बिनी प्रदेश कर्णाली प्रदेश
सुदूरपश्चिम प्रदेश व्यक्ति/संस्था सूचना/जानकारी
परिक्षा तालिका परीक्षाफल  विश्व 
खेलकुद  कला/साहित्य मनोरञ्जन 
अर्थ अपराध प्रविधि
कार्टून  ब्लग फोटो ग्यालेरि 
Gurukul TV  English   

गुरुकुल खबर डटकम © 2021, सर्वाधिकार सुरक्षित  |  Site By : MPG Solution

कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • About us
  • Advertise
  • Blog
  • Contributors
  • Home
  • Our Team
  • Privacy Policy
  • Site Maps
  • Terms of use

© 2023 Gurukul Khabar - Designed by MPG Solution.