तपाइँ यिबेला सुन्ै हुनुहुन्छ सुनौलो एफ ए १०२. २ मेगाहर्ज
Saturday, February 4, 2023
Gurukul Khabar
  • गृहपृष्ठ
  • विशेष
  • विचार/अन्तर्वार्ता
  • मेरो शिक्षा
  • समाचार
    • शिक्षा/स्वास्थ्य
    • राजनीति
    • विश्व
  • प्रदेश
    • प्रदेश नं १
    • प्रदेश नं २
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश नं ५
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • व्यक्ति/संस्था
  • सूचना
    • परीक्षा तालिका
    • परीक्षाफल
  • विविध
    • खेलकुद
    • कला/साहित्य
    • मनोरञ्जन
    • अर्थ
    • अपराध
    • प्रविधि
    • कार्टुन
    • ब्लग
    • फोटो ग्यालेरी
  • Gurukul TV
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृहपृष्ठ
  • विशेष
  • विचार/अन्तर्वार्ता
  • मेरो शिक्षा
  • समाचार
    • शिक्षा/स्वास्थ्य
    • राजनीति
    • विश्व
  • प्रदेश
    • प्रदेश नं १
    • प्रदेश नं २
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश नं ५
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • व्यक्ति/संस्था
  • सूचना
    • परीक्षा तालिका
    • परीक्षाफल
  • विविध
    • खेलकुद
    • कला/साहित्य
    • मनोरञ्जन
    • अर्थ
    • अपराध
    • प्रविधि
    • कार्टुन
    • ब्लग
    • फोटो ग्यालेरी
  • Gurukul TV
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
Gurukul Khabar
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्

कास्कीका गाउँपालिकाहरुमा काँग्रेसका उम्मेदवारहरुको आ–आफ्नै प्रतिबद्धता र गुरुयोजना

गुरुकुल खबर गुरुकुल खबर
२०७९ बैशाख २२ मा प्रकाशित
in राजनीति, Breaking News, गण्डकी प्रदेश, समाचार
कास्कीका गाउँपालिकाहरुमा काँग्रेसका उम्मेदवारहरुको आ–आफ्नै प्रतिबद्धता र गुरुयोजना
28
SHARES
110
VIEWS
Share on FacebookShare on Twitter

पोखरा । प्रतिबद्धता र गुरुयोजनासहित यतिबेला नेपाली काँग्रेस र गठबन्धनबाट सँयुक्त रुपमा आसन्न निर्वाचनका लागि उम्मेदवारी दिएका उम्मेदवारहरु घरदैलोमा व्यस्त छन् ।

खासगरि बितेको ५ बर्षमा देखिनेगरि काम भएको कास्कीको अन्नपूर्ण गाउँपालिकामा मात्रै भएको र बाँकी ३ वटा गाउँपालिकामा उल्लेख्य प्रगती हुन नसकेको मतदाताहरुको गुनासो छ । त्यसैले पनि मतदातहरु कास्कीका ४ वटै पालिकामा काँग्रेस र गठबन्धनको उम्मेदवारहरुसँग बढि आशाबादी देखिएका छन् ।

अन्नपूर्ण गाउँपालिकामा काँग्रेसले यो पटक अघिल्लो पटक अध्यक्ष जितेका युवराज कुँवरलाई नै दोहो¥याएको छ । ‘हामी जनताको काममा कहिल्यै आलटाल गरेनौँ । त्यसैले अहिले जनताले पुनः हामीलाई घरदैलोमा जाँदा खुला मनले स्वागत गरिरहेका छन् ।’ युवराज कुँवरले बुधबार घरदैलोको क्रममा घान्द्रुकमा पुगेर भने–‘मेरो नेतृत्वलाई यो पटक पनि पक्कै जनताले साथ दिनेछन् ।’

कुँवरले गाउँपालिकाकै अगुवाईमा घान्द्रुकको मेश्रम वराह माविमा गुरुङ भाषाको अध्यापन शुरु गरेको बताए । यसले गुरुङ बाहुल्यता रहेको सो क्षेत्रको भाषा र सँस्कृतिको जगेर्नामा ठुलो योगदान दिने कुँवरको बुझाई छ । साथै पर्यटकीय घान्द्रुक र अन्नपूर्ण पदमार्ग क्षेत्रको प्रचार अनि विकासमा पनि गाउँपालिकाले महत्वपूर्ण कामहरु गरेको उनले बताए ।

यो बीचमा अन्नपूर्ण बेसक्याम्प देखि अन्तराष्ट्रियस्तरको म्याराथन प्रतियोगिता, अन्नपूर्ण सेन्चुरी पर्यटन महोत्सव, नयाँ पदमार्गको शुरुवात पनि गाउँपालिकाले गरेको कामहरु हुन् । त्यस्तै गाउँपालिकाकै पहलमा पहिलोपटक घान्द्रुकसम्म सडक पुगेको पनि कुँवरले बताए ।

त्यस्तै माछापुच्छ«े गाउँपालिकामा काँग्रेसको तर्फबाट उम्मेदवारी दिएका उम्मेदवारहरुले पारदर्शीतालाई मूल मन्त्र मानेर आगामी कार्यकालमा काम गर्ने बताएका छन् । अघिल्लो पटक निर्वाचित एमालेका जनप्रतिनीधिहरुले अपारदर्शी काम गर्दा गाउँपालिकाको बजेट नै हिनामिना भएको उनीहरुले आरोप लगाएका छन् ।

चुनावी घरदैलोको क्रममा बुधबार धिताल पुगेका गाउँपालिका अध्यक्ष उम्मेदवार मीनबहादुर गुरुङले आफू पारदर्शीताको सवालमा सचेत भएको बताए । त्यस्तै गाउँपालिका उपाध्यक्ष उम्मेदवार सिता अधिकारीले हालको नेतृत्वले गर्नुपर्ने महत्वपुर्ण कार्यहरुपनि नगरेको बताईन् । अहिले गाउँपालिकाका जनप्रतिनिधिहरुले यातायातको सेवा सुविधा लिइरहेको उल्लेख गर्दै उनले आफुहरुको नेतृत्वले यातायात सुविधा वापतको रकम विकास निर्माणमा लगाउने बाचा गरे ।

उता कास्कीको मादी गाउँपालिकामा पनि काँग्रेससहित गठबन्धनका उम्मेदवारहरु घरदैलोमा पुगेर आफ्नो पक्षमा मत मागिरहेका छन् । गाउँपालिकाका अध्यक्ष उम्मेदवार देबीजंग गुरुङले साँच्चिकै गाउँपालिकाको लागि काम गर्नेलाई जिताउन मतदाताहरुसमक्ष आग्रह गरे ।

सिंहदरबार गाऊँगाऊँमा भनेर भनिएपनि सिमित व्यक्तिहरुले मात्र रजाँई गर्दा जनताले त्यसको अनुभूती गर्न नसकेको उनले बताए । ‘हामी जनताले अनुभूत गर्ने गरि सिंहदरबारले दिने सेवा सुविधा दिन सक्छौँ ।’ देबीजंग प्रतिबद्ध सुनिए । ‘गाउँपालिकाको लागि सँधै खट्ने र दुख सुखमा साथ दिने व्यक्तिलाई छानेर मतदाताहरुलाई मत दिन अनुरोध गर्दछु ।’ देवीजंगले भने–‘सिमित स्वार्थ र लाभका लागि उम्मेदवारी दिनेहरुले जनतालाई धोका दिने भएकोले पनि म मतदाताहरुलाई यसतर्फ चनाखो हुन आग्रह गर्दछु ।’

त्यसैगरि रुपा गाउँपालिकाको अध्यक्ष उम्मेदवार गीमाया गुरुङसहितको टोलीले पनि त्यस क्षेत्रका विभिन्न गाऊँहरुमा मतदाताहरुको घरदैलोमै पुगेर आफ्नो पक्षमा भोट मागिरहेको छ । ‘यो पटक आफ्नै घरगाउँकै छोरी, बुहारीको रुपमा घरघरै पुगेर मैले आफ्नो पक्षमा भोट माागिरहेको छु । मेरो उम्मेदवारीले यहाँका महिलाहरुमा निकै खुशी पनि ल्याएको छ ।’

गाउँपालिकामा नेपाली काँग्रेसको तर्फबाट उम्मेदवारी दिएकी गीमाया गुरुङले भनिन्–‘महिला मात्र नभई आफ्नो गाउँपालिकालाई व्यवस्थित गर्न सक्ने क्षमता पनि मसँग भएकोले मेरो पक्षमा भोट हाल्नका लागि मतदाताहरुलाई आग्रह गरिरहेकी छु ।’

प्रतिक्रिया लेख्नुहोस्:-

सम्बन्धित समाचार

गृहमन्त्री रवि लामिछानेको सांसद पद खारेज गर्न सर्वोच्चले जारी गरेको पाँच कारण

रविलाई गृह मन्त्रालयमा फर्कन संविधानको व्यवस्था बाधक हुने, राजनीतिक समीकरण मिलाउन मागेको पद दिएर संविधान र कानुन ‘ध्वस्त’ बनाइने खतरा

२०७९ माघ २० मा प्रकाशित
लोक तथा दोहोरी गित प्रतिष्ठान गण्डकीको अध्यक्षमा कार्की, कांग्रेस निकट कलाकारको बर्चस्व

लोक तथा दोहोरी गित प्रतिष्ठान गण्डकीको अध्यक्षमा कार्की, कांग्रेस निकट कलाकारको बर्चस्व

२०७९ माघ १९ मा प्रकाशित
अन्तर वडा भलिबलमा पोखरा–२३ का दुवै टिम प्रथम

अन्तर वडा भलिबलमा पोखरा–२३ का दुवै टिम प्रथम

२०७९ माघ १९ मा प्रकाशित
राष्ट्रिय स्वतन्त्र पार्टीको दर्ता खारेजीका माग गर्दै निर्वाचन आयोगमा उजुरी

राष्ट्रिय स्वतन्त्र पार्टीको दर्ता खारेजीका माग गर्दै निर्वाचन आयोगमा उजुरी

२०७९ माघ १८ मा प्रकाशित
कांग्रेसका केही वडाध्यक्ष र  केही कर्मचारीको मात्र साथ लिएर सफलता पाउलान त पोखराका मेयर धनराजले ?

कांग्रेसका केही वडाध्यक्ष र केही कर्मचारीको मात्र साथ लिएर सफलता पाउलान त पोखराका मेयर धनराजले ?

२०७९ माघ १८ मा प्रकाशित
कांग्रेस महाधिवेशन प्रतिनिधि अमृतको अन्त्येष्टि, श्रद्दान्जली दिन सैयौ नेता कार्यकर्ता पार्टी कार्यालयमा

कांग्रेस महाधिवेशन प्रतिनिधि अमृतको अन्त्येष्टि, श्रद्दान्जली दिन सैयौ नेता कार्यकर्ता पार्टी कार्यालयमा

२०७९ माघ १८ मा प्रकाशित

सर्वाधिक पढिएका

गृहमन्त्री रवि लामिछानेको सांसद पद खारेज गर्न सर्वोच्चले जारी गरेको पाँच कारण
राजनीति

रविलाई गृह मन्त्रालयमा फर्कन संविधानको व्यवस्था बाधक हुने, राजनीतिक समीकरण मिलाउन मागेको पद दिएर संविधान र कानुन ‘ध्वस्त’ बनाइने खतरा

२०७९ माघ २० मा प्रकाशित
लोक तथा दोहोरी गित प्रतिष्ठान गण्डकीको अध्यक्षमा कार्की, कांग्रेस निकट कलाकारको बर्चस्व
कला/साहित्य

लोक तथा दोहोरी गित प्रतिष्ठान गण्डकीको अध्यक्षमा कार्की, कांग्रेस निकट कलाकारको बर्चस्व

२०७९ माघ १९ मा प्रकाशित
अन्तर वडा भलिबलमा पोखरा–२३ का दुवै टिम प्रथम
खेलकुद

अन्तर वडा भलिबलमा पोखरा–२३ का दुवै टिम प्रथम

२०७९ माघ १९ मा प्रकाशित
राष्ट्रिय स्वतन्त्र पार्टीको दर्ता खारेजीका माग गर्दै निर्वाचन आयोगमा उजुरी
विशेष

राष्ट्रिय स्वतन्त्र पार्टीको दर्ता खारेजीका माग गर्दै निर्वाचन आयोगमा उजुरी

२०७९ माघ १८ मा प्रकाशित
कांग्रेसका केही वडाध्यक्ष र  केही कर्मचारीको मात्र साथ लिएर सफलता पाउलान त पोखराका मेयर धनराजले ?
विशेष

कांग्रेसका केही वडाध्यक्ष र केही कर्मचारीको मात्र साथ लिएर सफलता पाउलान त पोखराका मेयर धनराजले ?

२०७९ माघ १८ मा प्रकाशित
कांग्रेस महाधिवेशन प्रतिनिधि अमृतको अन्त्येष्टि, श्रद्दान्जली दिन सैयौ नेता कार्यकर्ता पार्टी कार्यालयमा
व्यक्ति/संस्था

कांग्रेस महाधिवेशन प्रतिनिधि अमृतको अन्त्येष्टि, श्रद्दान्जली दिन सैयौ नेता कार्यकर्ता पार्टी कार्यालयमा

२०७९ माघ १८ मा प्रकाशित

गोल्डेन मिडिया ग्रुप प्रा.लि
दर्ता नं. 176654/074|75
सूचना विभाग दर्ता नं. ३११६-२०७८/७९
.........
कार्यालय: 
धवल मार्ग (जिरो कि.मी.) पोखरा -०५
गण्डकी प्रदेश, कास्की
सम्पर्क: 061-531533
सम्पर्क कार्यालय:
बसुन्धरा चोक, काठमाण्डु
फोन नं. 01-4985552

अध्यक्ष/संचालक : गंगाधर पराजुली
निर्देशक : ऋषिराम काफ्ले
सम्पादक : रीता गुरुङ

Email: [email protected]
सम्पर्क : +977 9856022332

Pages

Home Blog Our Team
Contributors
About us Terms of use
Sitemaps
Advertisement Privacy

Navigation


गृहपृष्ठ  शिक्षा/स्वास्थ्य  मेरो शिक्षा 
विचार/अन्तर्वार्ता समाचार  राजनीति 
प्रदेश नं. १  प्रदेश नं. २  बाग्मती प्रदेश 
गण्डकी प्रदेश लुम्बिनी प्रदेश कर्णाली प्रदेश
सुदूरपश्चिम प्रदेश व्यक्ति/संस्था सूचना/जानकारी
परिक्षा तालिका परीक्षाफल  विश्व 
खेलकुद  कला/साहित्य मनोरञ्जन 
अर्थ अपराध प्रविधि
कार्टून  ब्लग फोटो ग्यालेरि 
Gurukul TV  English   

गुरुकुल खबर डटकम © 2021, सर्वाधिकार सुरक्षित  |  Site By : MPG Solution

कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • About us
  • Advertise
  • Blog
  • Contributors
  • Home
  • Our Team
  • Privacy Policy
  • Site Maps
  • Terms of use

© 2023 Gurukul Khabar - Designed by MPG Solution.