Play

वडाबासीको आशालाई जीतमा परिणत गर्नेछु– मर्सानी

गुरुकुल खबर


पोखरा २२ । ‘राजनीतिक व्यक्तित्व मात्र नभई टोलबासीको हरेक समस्यामा साथ दिने सामाजिक व्यक्तित्व पनि भएकाले उहाँको जित निश्चित छ’ वडा नम्बर ९ नयाँबजार क्षेत्रमा घरदैलौ कार्यक्रममा रहेका एक मतदाता विना श्रेष्ठले वडा नं ९ का वडाध्यक्षका उम्मेदवार दिपेन्द्र मर्सानीको प्रशंशा गर्नुभयो ।
‘वडाबासीको रोजाई अनुसारको वडाध्यक्षका उम्मेदवार पाएका छौं’ विनाले भन्नुभयो ‘वडाध्यक्ष पदको उम्मेदवार मात्र होइन सदस्य पदका उम्मेदवारहरु पनि सक्रिय व्यक्तित्वहरु नै हुनुहुन्छ, यसैले पनि विजयी हुने पक्का छ ।’

वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि नेपाली काँग्रेसको तर्फबाट वडाध्यक्षका उम्मेदवार बन्नुभएका दिपेन्द्र मर्सानीको प्रसंसा गर्नुहुन्छ अर्का मतदाता कमला केसी । नेपाली काँग्रेस पोखरा महानगर वडा नं ९ ले आयोजना गर्दै आएको हरेक कार्यक्रममा सहभागिता जनाउँदै आउनु भएका कमलाले घरदैलो अभियानदेखि चुनावी सभा र र्यालीमा मर्सानीको साथ दिदै आईरहनु भएको छ । ‘वडा नम्बर ९ काँग्रेसको किल्ला हो, यो पटकको निर्वाचनमा पनि काँग्रेसकै जीत हुनु पर्छ भनेर हामी चुनावी अभियानको कसरतमा छौं’ कमलाले भन्नुभयो ‘राम्रो विचार र भिजन भएको युवा व्यक्ति हामीले वडाध्यक्ष पदका उम्मेदवार पाएका छौं ।’
यस पटकको निर्वाचनमा पनि नेपाली काँग्रेसकै पोल्टामा वडाध्यक्षको सिट जानु पर्ने विचार राख्ने विना र कमला त प्रतिनिधि पात्र मात्रै हुनुहुन्छ । नेपाली काँग्रेसको ईतिहासमा सदैव प्रभाव क्षेत्र मानिने र सबैजसो निर्वाचनमा काँग्रेसले नै विजय प्राप्त गर्दै आएको पोखरा महानगरापालिका वडा नं ९ मा यस पटक पनि विरासत कायम हुनु पर्ने सबैजसो वडाबासीको धारणा छ ।

प्रजातन्त्रका सेनानी तथा २००७ सालका योद्दा सुन्दरप्रसाद मर्सानीका नातीमात्रै नभई विभिन्न सामाजिक, शैक्षिक संघसंस्थामा क्रियाशिल व्यक्तित्व भएका कारण पनि वडाध्यक्ष पदका उम्मेदवार दिपेन्द्र मर्सानीप्रति वडाबासीको आशा र भरोसा जाग्नु स्वभाविक नै मान्न सकिन्छ ।
वडाबासीको आशालाई जीतमा परिणत गर्न नेपाली काँग्रेसको तर्फबाट वडाध्यक्ष पदका उम्मेदवार बन्नुभएका दिपेन्द्र मर्सानी पनि चुनावी अभियानमा व्यस्त बन्नु भएको छ । ‘वडाबासीको आशालाई जीतमा परिणत गर्नु छ र ९ नम्बर वडालाई नमुना वडा बनाउनु छ’ मर्सानीले बताउनु भयो । ‘वडाबासीले म र मेरो टिमसंग धेरै आश गर्नुभएको छ ।’ मर्सानीले भन्नुभयो ।

वडा सदस्य पदमा उम्मेदवार बन्नु भएका भावना श्रेष्ठ, गीता चर्मकार, लक्ष्मी पहारी र नन्दराम गिरी पनि वडाबासीको विश्वास जित्न र वडाबासीको आशालाई जीतमा परिणत गर्न बिहान सबेरैदेखि साँझसम्म मतदाता भेटघाटमा लागिपर्नु भएको छ ।
यसैक्रममा बिहीबार नयाँबजार प्रदर्शनी केन्द्र आसपासमा घरदैलो एवम् मतदाता भेटघाट कार्यक्रम सम्पन्न भयो । कार्यक्रममा महासमिति सदस्य मुना बाँस्तोलाका साथमा कार्यकर्ता र मतदाताहरुले उत्साहजनक सहभागिता जनाउनु भएको थियो ।

 

२२ बैशाख २०७९, बिहीबार १५:२१ मा प्रकाशित
Nabintech