Play

विकास अब हाम्रै पालोमा — सुवेदी

गुरुकुल खबर


लेखनाथ। नेपाली कांग्रेसको तर्फबाट वडा नं ३० का वडा अध्यक्षका साझा उम्मेदबार दुर्गा प्रसाद सुवेदीले अवको समयमा विकासको बाढीलाई कोही कसैले पनि रोक्न नसक्ने बताएका छन् । उनले घरदैलो अभियानको क्रममा यस अघिका वडा समितिले पाँच वर्षे कार्यकाल गफ गरेरै विताएका हुँदा जनताले विकासको अनुभुति गर्न नपाएको आरोप लगाए।

पोखरा विश्वविद्यालय, लेखनाथ साना सहरी खानेपानी आयोजना, इलका प्रशासन कार्यलय, शिशुवा अस्पताल , प्रदेश स्तरीय सरुवा रोग अस्पताल सञ्चालनमा रहेर पनि वडा वासीले सेवासुविधाको महशुस गर्न नपाएको बताउँदै आगामी पाँच वर्षको विकास योजनामा स्वास्थ्य , शिक्षा, रोजगार र खानेपानीको ग्यारेन्टी आफ्नो नेतृत्वमा जनताले पाउने ठोकुवा गरे ।
गठबन्धन अन्तरगत नेपाली कांग्रेस, माओवादी केन्द्र र नेकपा समाजवादी मिलेर चुनाव जित पश्चात विकास र समृद्धिमा आफ्नो साझा घोषणा पत्र अनुसार काम गर्ने उम्मेदबारहरुले प्रतिबद्धता व्यक्त गरेका छन् ।

घरदैलो अभियानका क्रममा यस पटकको निर्वाचनमा गठबन्धनका साझा उम्मेदबारहरुलाई मतदान गर्ने बताए । वडा नं ३० मा नेपाली कांग्रेसका दुर्गा प्रसाद सुबेदीको नेतृत्वमा लक्ष्मी परियार, सन्जु पुन अर्याल, विनोद लामिछाने र मंगलकाजी मानन्धर चुनावी मैदानमा छन ।

२१ बैशाख २०७९, बुधबार ०८:४८ मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
[email protected]
[email protected]

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा