Play

बसपार्क निर्माण र सुकुम्बासी समस्यालाई प्राथमिकतामा राखेको छु —मर्सानी

गुरुकुल खबर


पोखरा । स्थानीय निर्वाचनको समय नजिकिदै गर्दा पोखरा महानगरपालिका वडा नं ९ का उम्मेदवारहरुले घरदैलो कार्यक्रमलाई जारी राखेका छन । उम्मेदवारहरु पार्टीको चुनावी घोषणा पत्र लिएर मतदाता समक्ष पुगीरहेका छन् । घरदैलो अभियानका क्रममा उम्मेदवारहरुले मतदाता समक्ष पार्टीको र आफ्नो उम्मेदवारीको बारेमा स्पष्ट पार्नुका साथै मतदाताको समस्या र टोलको विकासको बारेमा पनि भलाकुसारी गरिरहेका छन् ।

यसैक्रममा नेपाली कांग्रेसको तर्फबाट वडा नं ९ को वडाध्यक्ष र वडासदस्य पदका उमेदवारहरुले मंगलबार चुनावी अभियान अन्तर्गत पोखरा बसपार्क एरियामा घरदैलो कार्यक्रम सम्पन्न गरेका छन । पोखरा बसपार्क क्षेत्रमा गरिएको घरदैलो कार्यक्रममा मतदाता तथा कार्यकर्ताको उत्साहजनक सहभागिताका साथै सहयोग र साथ रहेको उम्मेदवारहरु बताउँछन् ।

वर्षौदेखि बन्न नसकेको पोखरा बसपार्क निर्माण गर्ने र सुल्झिन नसकेको सुकुम्बासी समस्या समाधान गर्ने मुल एजेण्डा भएको विश्वास दिलाउँदै मर्सानी नेतृत्वको प्यानलले मंगलबार बसपार्क क्षेत्रमा घरदैलो अभियान गरेको हो । ।

‘म जे बोल्छु त्यो गर्छु र वडाको विकासकालागि त एजेण्डा र प्रतिबद्धता दुवै साथ छ’ वडा नं ९ का अध्यक्ष पदका उम्मेदवार मर्सानीले भने । टोल टोलमा मतदाता हरु भेटघाट गरि मर्सानी नेतृत्वको प्यानलले आफ्ना एजेण्डा र प्रतिबद्धता सार्वजनिक गर्नुका साथै उनिहरुलाई विश्वास दिलाउने प्रयास गर्दै आएको छ ।

‘हरेक टोलका मतदाताको समस्या उनीहरुकै मुखबाट सुन्नु हाम्रो पहिलो प्राथमिकता हो’ खुल्ला सदस्यका उम्मेदवार भावना श्रेष्ठले भनिन् ‘निर्वाचनको नतिजासंगसंगै हामी सेवाका लागि जनता माझ पुग्ने छौं ।’ घरदैलो अभियानमा वडा सदस्यका उम्मेदवारहरु भावना श्रेष्ठ, गीता चर्मकार, लक्ष्मी पहारी र नन्दराम गिरी पनि मतदातासंग भेटघाटमा जुटेका छन् ।

२० बैशाख २०७९, मंगलवार २२:०१ मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
[email protected]
[email protected]

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा