Play

यस पटक पनि जीत हाम्रै पोल्टामा — राजेश गुरुङ

गुरुकुल खबर


पोखरा । स्थानीय निकायको निर्वाचनको दिन नजिकिदै गर्दा पोखरा महानगरपालिका वडा नं १० का उम्मेदवारहरु पनि स्थानीय निर्वाचनको चुनावी अभियान अन्तर्गत घरदैलो तथा चुनावी सभामा जुटेका छन् । मंगलबार रामबजार क्षेत्रको कामना टोल, अमरसिंह चोक, हिमाली टोल, ढाँचा टोल र कालिका चोक क्षेत्रमा घरदैलो अभियान सम्पन्न गरेको कार्यवाहक अध्यक्ष
दिपक थापाले जानकारी दिए । मतदाता सहभागिता उत्साहजनक रहेको र यो पटकको निर्वाचनमा पनि काँग्रेसले नै जीत्ने कार्यवाहक अध्यक्ष थापाको दावी छ । ‘जीत निश्चित छ तर पनि अभियान संचालन गरिरहेका छौं’ थापाले भने ।

घरदैलो अभियान अन्तर्गत मतदातासंग प्रत्यक्ष भेटघाट कार्यक्रममा अध्यक्ष पदका उम्मेदवार राजेश गुरुङले फेरी यो पटक पनि नेपाली काँग्रेसलाई विश्वास गरी मत दिन अनुरोध गरे । ‘गएको स्थानीय निकाय निर्वाचनमा नेपाली काँग्रेसले नै जीत हात पारेको थियो , यो पाली पनि जीत हाम्रै पोल्टामा पार्न सफल हुने छौं ।’ अध्यक्ष पदका उम्मेदवार राजेशले बताए । सजिलै जीत हासिल गर्न सकिने उनको दावी छ ।
नेपाली काँग्रेसका राजेश गुरुङको नेतृत्वमा सदस्य पदमा परमेश्वर बहादुर कार्की, नरदेवी गुरुङ, पूर्णचन्द्र न्यौपाने र सुनीमाया नेपाली चुनावी मैदानमा छन् ।

 

२० बैशाख २०७९, मंगलवार २०:२६ मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
[email protected]
[email protected]

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा