Play

नेपाली कांग्रेस पोखरा महानगर ८ को घरदैलो अभियान तिब्र  

गुरुकुल खबर


पोखरा नेपाली कांग्रेस पोखरा महानगरपालिका वडा नं ले आफ्नो चुनावी घरदैलो अभियानलाई तिब्र बनाएको स्थानिय तह निर्वाचन नजिकीएसंगै नेपाली कांग्रेस वडा नं ले चुनावी घरदैलो अभियानसंगै चुनावी प्रचार प्रसार कार्यक्रमलाई तिब्रता दिएको हो सोही अवसरमा आज नेपाली कांग्रेस वडा नं ले सिर्जनाचोक देखि आलुमाइला चोकसम्म घरदैलो कार्यक्रम सम्पन्न गरेको

 कार्यक्रममा वडा नं का वडा अध्यक्षका उम्मेदवार शारदा गिरीले मतदाता सामु आफूलगायत आफ्नो टिमलाई अमुल्य मत दिई जिताउन आग्रह गर्दै वडामा आफुलगायत आफ्नो टिमले जितेमा वडामा गर्न बांकी रहेका विभिन्न विकासका कामलाई प्राथमिका दिई पुरा गर्ने बाचा गर्नुभयो साथै उहांले पुरानो एमाले नेत्तृत्वको टोलीले खासै राम्रा सम्झन लायक काम नगरेको भन्दै वडामा एमालेको नेतृत्व रहंदा सम्पन्न हुन नसकेका आधा अधुरा कामहरुलाई आफ्नो गठबन्धनको टिमले जितेमा यो वा त्यो बहाना नगरि पुरा गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो

सो अवसरमा वडा नं का उम्मेदवारहरुले वडामा महिला, बालबालिका, जेष्ठ नागरिक, अशक्त, दलित लछित थुप्रै कामहरु लगायत विकास पुर्वाधारकाम बाटो निर्माण, घरघरमा धारा, शौचालय निर्माण, फोहोर व्यवस्थापन, फिर्के खोलालाई प्रदुषण रहित बनाउने काम गर्न बांकी रहेकाले बिना दवाव बिना रोकटोक ती कार्यलाई व्यविस्थत तवरले सम्पन्न गर्नका लागि एउटा व्यक्तिको प्रयासले मात्र सम्भव नहुने भएकाले पनि पुरै टिमलाई नै भोट दिएर जिताउन नम्बर वडावासी मतदाताहरुलाई अनुरोध गरेका छन्

 उम्मेदवारहरु मतदाताको घरदैलोमा पुग्दा केहि मतदाताले भने यसपालिको निर्वाचनमा गठबन्धनका कारण नयां मतदाताहरुमा कसरी भोट हाल्ने भन्ने बारे अन्यौलता रहेको भन्दै जनताको घरदैलोमा पुग्दा गठबन्धनका उम्मेदवारहरुलाई बेलैमा यसबारे प्रष्ट पार्नुपर्ने सुझाव दिएका थिए

पोखरा महानगरपालिका मा वडा अध्यक्षमा शारदा गिरीसहित गठबन्धनको टिम चुनावी मैदानमा रहेको जस अन्तर्गत अध्यक्षमा गिरीसहित महिला सदस्यमा देवीमाया चालिसे, दलित महिला सदस्यमा माया नेपाली, खुल्ला सदस्यमा कृष्ण प्रसाद श्रेष्ठ गठबन्धनको तर्फबाट नेकपा माओवादीका दामोदर सिग्देल रहनुभएको कार्यक्रममा सोमबार आफ्नो उम्मेदवारी फिर्ता गर्नुभएका नेकपा एकीकृत समाजवादीका शिव प्रसाद पौडेलले अब वडामा नेपाली कांग्रेस नेकपा माओवादीको गठबन्धनलाई खुलेर सहयोग गर्ने प्रतिवद्धता व्यक्त गर्नुभएको थियो

 

 

२० बैशाख २०७९, मंगलवार १४:०६ मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
[email protected]
[email protected]

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा