Play

मादीमा गठबन्धनको प्रतिवद्धता-सिक्लेस कोरी केबलकार पहलदेखि फ्रि वाइफाइ जोनसम्म

गुरुकुल खबर


पोखरा,  मादी गाउँपालिकामा गठबन्धनका अध्यक्ष र उपाध्यक्षका उम्मेद्वारले चुनावी प्रतिवद्धतामा सबै क्षेत्रलाई समेटेका छन् । मादीमा गठबन्धनको तर्फबाट अध्यक्षका उम्मेद्वार कांग्रेसका देवीजंग गुरुङ र उपाध्यक्ष माओवादी केन्द्रका उम्मेद्वार लालबहादुरगुरुङले आफ्नो प्रतिवद्धताम सिक्लेस कोरी केबलकार निर्माणका लागि पहल देखि वृद्धा आश्रमसम्मका योजना राखेका छन्      ।

यस्तै दलित, विपन्न र सुकुम्बासी विद्यार्थीहरुलाई निशुल्क पोशाक स्टेशनरी, विपन्न समुदायलाई निशुल्क बिमा, एक घर एक राजगार कार्यक्रमलाई उनीहरुले प्राथमिकताका साथ राखेका छन् ।

बाली, पशु बिमा तथा नश्ल सुधारमा जोड, कृषिमा आधुनिकीकरण, सामुहिक खेती र चक्लाबन्दी लगायत कृषिमा धेरै प्रतिवतना जनाएका छन् । एक वडा एक खेल मैदान निर्माण र खेलाडी सम्मान कार्यक्रममा पनि जोड दिएको छ ।

पर्यटक पैदल मार्ग निर्माण, होमस्टेको व्यवस्थापन, पर्यटकीय सुचना केन्द्र, शहिद पार्क लगायत पर्यटन क्षेत्रको विकाशमा पनि मादी गाउँ पालिकाका गठबन्धनको उम्मेदवारको प्रतिवद्धता रहेको छ ।

पर्यटन क्षेत्रमै विकाशका लागि क्ह्पुचे ताल, सिक्लेस, लम्तरी, दुधपोखरी, ताङतिङ, याङ्जाकोट, मुग्रीबेशी लगायत क्षेत्रलाई पर्यटकीय गन्तव्य घोषणा गरिने पनि प्रतिवद्धता जनाएका छन् ।

गाउँपालिकाका मुख्य सडक र केन्द्रदेखि वडा जोड्ने सडक आवश्यकताका आधारमा कालोपत्रे गरिने प्रतिवद्धता पत्रमा उल्लेख छ । एक घर एक धारा, जोखिमयुक्त पोल स्थानान्तरण, वृद्धाश्रम, सामुदायिक भवन निर्माण पनि प्रतिवद्धता गठबन्धनको उम्मेदवारहरुले प्रतिवद्धता जनाएका छन् । गठबन्धनले जितेमा प्रत्येक वडामा फ्री वाइफाई जोन बनाउने पनि प्रतिवद्धता गरेको छ ।

१९ बैशाख २०७९, सोमबार २२:४७ मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
[email protected]
[email protected]

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा