Play

पोखरा – १४ का वडाध्यक्षका उमेदवार कार्कीको घरदैलो कार्यक्रम तिब्र

गुरुकुल खबर


पोखरा । नेपाली कांग्रेसको तर्फबाट पोखरा महानगरपालिकाको वडा नम्बर १४ मा वडाध्यक्ष पदका उमेदवार बोधराज कार्कीले  आफ्नो चुनावी अभियानलाई तिव्रता दिएका छन् ।

यसैक्रममा आफ्नो वडाको अधिकांश क्षेत्रमा घरदैलो गरेर मतदातासंग प्रत्यक्ष भेटघाट गरी आर्शिवादसंगै मत मागिरहेका कार्कीले आंफ्नो उमेदवारी दर्ता गराएपछि मतदातासंगको भेटघाटलाई तिव्रता दिएका हुन्। यसैक्रममा आईतबार कार्कीले भोटेचौतारा क्षेत्रमा घरदैलो कार्यक्रम सम्पन्न गरेका छन् ।

गुरुकुल खबरसंग बोल्दै उम्मेदवार कार्कीले आफु १४ नं वडाका अधिकांश टोलमा पुगेर मतदाताको आशीर्वाद सहित वैशाख ३० गते मतदान गरिदिनुहुन आग्रह गरिरहेको जानकारी दिए । ‘मैले विगतदेखि निर्वाह गर्दै आएको पार्टीको जिम्मेवारीका साथै सामाजिक काम देखाउदै आएको सक्रियताका कारण पनि वडाबासीले मलाई वडाध्यक्ष जिताउने आश्वासन दिएका छन’ कार्कीले भने । सबैतिरबाट सकारात्मक सहयोग र समर्थन मिलेकोले सबै प्यानल विजयी हुनेमा आफु विश्वस्त रहेको कार्कीको भनाई छ ।

वडाबासीको समस्या समाधानका साथै १४ नं वडाको विकासका लागि आफु वडा अध्यक्ष पदको उमेदवार बनेको स्पष्ट पार्दै कार्कीले वडामा सुशासन कायम गर्न र पारदर्शिता आफनो पहिलो एजेण्डा हुने दावी गरे ।
बेलचौतारा र भोटेचौतारा क्षेत्रमा गरिएको कार्यक्रममा वडा ईकाई सभापति दिवस कुँवर, टोल ईकाई सभापति भीम थापा, महासमिति सदस्य माया बराल, क्षेत्रिय प्रतिनिधि किरण अधिकारी, तरुण दल वडा नं १४ का अध्यक्ष शैलेस बाँनियालगायतका वडाबासीको उत्साहजनक सहभागिता रहेको ईकाई सचिव अजय केसीले गुरुकुल खबरलाई जानकारी दिए ।

१८ बैशाख २०७९, आईतवार २२:०१ मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
[email protected]
[email protected]

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा