Play

पोखरा- १३ का वडाध्यक्षका उमेदवार बरालको टोलीद्वारा मतदातासंगको भेटघाटलाई तिव्रता

गुरुकुल खबर


पोखरा । नेपाली कांग्रेसको तर्फबाट पोखरा महानगरपालिकाको विभिन्न वडामा वडाध्यक्ष सहित विभिन्न पदका उमेदवारहरुले आफ्नो चुनावी अभियानलाई तिव्रता दिन लागेका छन ।

यसै क्रममा पोखरा महानगरपालिका वडा नं. १३ का वडाध्यक्षका उमेदवार किरण बरालले आफ्नो वडाको अधिकांश क्षेत्रमा घरदैलो गरेर मतदातासंग प्रत्यक्ष भेटघाट गर्रि आशीर्वाद संगै मत मागिरहेका छन । आंफ्नो उमेदवारी दर्ता गराएपछि उनले मतदातासंगको भेटघाट लाई तिव्रता दिएका हुन ।

मैले मेरो वडाका अधिकांश टोलमा पुगेर मतदाताको आशीर्वाद सहित वैशाख ३० गते मतदान गरिदिनुहुन आग्रह गरिरहेको छु । आम मतदाताले मलाई मलाई युवाको रुपमा लिएर साथै मैले देश विदेशमा लिएको अनुभव र मेरो उर्जालाई देखेर वडाध्यक्ष जिताउने आश्वासन दिएका छन । बरालले गुरुकुल खवरसंग कुरा गर्दै कमलपोखरी, बांझापाटन र पाटनेवेशी बाहेक अन्य सबै जसो टोलमा पुगेर मतदातासंग भेटघाट गरि आशीर्वाद लिएको साथै सबै तिरबाट राम्रो र सकारात्मक सहयोग र समर्थन मिलेको कारण आफु सहित सदस्यका उमेदवार समेत विजयी बन्ने विश्वास व्यक्त गरे ।

उनले मतदाता संग मत माग्ने शैली पनि पृथक बनाएका छन । घरमा पुग्ने, सबैलाई भेट्ने अनि आशीर्वाद लिने मात्र नभएर दुःखसुख सोध्ने, वडा कार्यालय बाट के कस्तो सेवा सुविधाको अपेक्षा गर्नुभएको छ ? लगायतका विषयमा कुराकानी गर्ने गरेका छन ।वडाका विविध समस्याको चर्चा गर्दै उनले वडावाशीका समस्या समाधान गर्नकै लागि वडाध्यक्षपदमा उमेदवार बनेको बरालले स्पष्ट पार्दै आएका छन ।

“वडामा तपाइले भोगेका र मैले भोगेका समस्या एउटै हुन, म तिनै समस्या समाधान गर्न हजुरहरुको वडाध्यक्ष बन्न चाहेको छु, मलाई आशिर्वाद दिनुहोस् ।” बरालको वाक्यमा मतदाता भन्थे, “आशीर्वाद छ, तर प्रतिबद्धता पूरा होस नि ।”

कास्कीमा गठबन्धन गर्ने भनेता पनि कांग्रेस कास्कीले मेयरमा समाजवादीलाई सघाउने निर्णय गरेको छ । सोही निर्णय अनुसार पोखराका अधिकांश वडामा कांग्रेस, माओवादी लगायतका दलहरुले छुट्टाछुट्टै उम्मेदवारी दिएका छन् । त्यही उम्मेदवारी दिएको भोलिपल्टबाटै बराल घरदैलोमा निस्किएका हुन् ।

घरदैलोकै क्रममा उनले आफ्नो राजनीतिक सक्रियता र निरन्तरताको समेत चर्चा गर्दै आएका छन । विदेशमा बसेर मात्र नभएर पोखरामा रहंदा पनि राजनीतिक, व्यवसायिक र सामाजिक क्षेत्रमा सक्रिय किरण बराल १३ वर्षको उमेरदेखि नेविसंघ हुँदै राजनीतिक यात्रामा लागेका हुन ।

वडा नं १३ मा वडाध्यक्षमा किरण बराल सहित वडा सदस्यहरुमा बल बहादुर बराल र सरिफ अली दलित महिला सदस्यमा रजनी परियार र महिला सदस्यमा सूचित तामाडंको टिम नेपाली कांग्रेसको तर्फबाट चुनावी मैदानमा छ ।

यसैगरि नेकपा एमालेको तर्फबाट बसन्त बराल , राप्रपाबाट युवराज बराल र स्वतन्त्र उमेदवार विष्णु बरालले पनि वडाध्यक्षमा उमेदवारी दिएका छन भने नेकपा माओबादी केन्द्रको तर्फबाट वडाध्यक्ष पदमा उमेदवारी दिएका इन्द्र प्रसाद बरालले कांग्रेस सहितको गठबन्धनका उमेदवार किरण बराल नेतृत्वको टिमलाई सहयोग गर्ने भन्दै उमेदवारी फिर्ता लिएका छन ।

१७ बैशाख २०७९, शनिबार १८:०६ मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
[email protected]
[email protected]

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा