Play

नेपाली कांग्रेस वडा नं १४ चाउथेमा निर्वाचन टोल सम्पर्क कार्यालय स्थापना

गुरुकुल खबर


पोखरा । वैशाख ३० गते हुने स्थानीय निर्वाचनलाई लक्षित गरी स्थापना गरीएको नेपाली कांग्रेस वडा नं १४ चाउथेको निर्वाचन टोल सम्पर्क कार्यालय एक कार्यक्रमका बीच आज उद्धघाटन गरिएको छ ।

वडा इकाई कार्यसमिति १४ द्धारा आयोजित सम्पर्क कार्यालय उद्धाटन कार्यक्रममा बोल्दै महासमिति सदस्य तथा नेपाली कांग्रेस कास्कीका पुर्व सभापति कृष्ण केसीले विकास र सुशासनकालागि स्थानीय निर्वाचनमा नेपाली कांग्रेसको जीत आवश्यक रहेको बताए । केसीले प्रचारप्रसारको छोटो अवधिमा जीतका लागि गठबन्धन दलसंगै सबैलाई लाग्न अनुरोध पनि गरे ।

वडा नम्बर १४ का वडाध्यक्षका उम्मेदवार बोधराज कार्कीले विगतदेखिको आफनो सक्रियता र सामाजिक व्यक्तित्वका साथै वडाबासीको सहयोगले पनि जीत निश्चत भएको बताए । प्रतिष्पर्धामा एक मतको महत्व पनि ठुलो हुने बताउदै कार्कीले टोलबासीसंग अमुल्य मत दिएर विजयी बनाउन अनुरोध गरे ।
माओवादी केन्द्रका शिवराज कडेलले पनि सबै टोलबासीसंग अमुल्य मतको आग्रह गर्दै समुन्नत पोखरा र समुन्नत वडा निर्माणका लागि जीतको अपरिहार्यता औल्याए ।
प्रदेश प्रतिनिधि विरबहादुर कार्कीले भ्रष्ट र राजनीतिक विचलन बोकेको पार्टी नभई नेपाली कांग्रेसलाई जिताउनु पर्नेमा जोड दिए ।
नेपाली कांग्रेस  टोल विकास संस्था १४ का सभापति भीमबहादुर थापाले कांग्रेस विकासका लागि स्थापित पार्टी भएकोले वडा नं १४ को विकासकालागि बोधराज कार्की प्यानललाई भोट आग्रह गर्दै सबैलाई जागरुक हुन अनुरोध गरे ।

नेपाली कांग्रेस पोखरा महानगर कार्यसम्पादन समितिका सदस्य रीता गुरुङले नेपाली कांग्रेसले मात्र विधिको शासन स्थापना गर्न सक्ने र सुशासन एवम पारदर्शिता कायम गर्न सक्नेमा जोड दिदै स्थानीय निर्वाचनमा कांग्रेसलाई जीताउन टोलबासीसंग आग्रह गरिन ।

महासमिति सदस्य माया बरालले चुनावमय बनेको अहिलेको स्थितिमा नेपाली कांग्रेसको जीत पक्का भएको दावी गर्दै उत्कृष्ट व्यक्तित्व उमेदवार बनेको र स्थापित पार्टी नेपाली कांग्रेस मात्रै भएकोले सबैको मत कांग्रेसमा मात्र हुनु पर्नेमा जोड दिइन ।
पार्टीका वडा उपसभापति क्षेत्रबहादुर बरालको सभापतित्वमा सम्पन्न कार्यक्रमको संचालन टोल इकाई सचिव अजय केसीले गरेका थिए ।

यसैबीच माता तीर्थ औसीको अवसर पारेर टोलका वृद्ध आमाहरु मोतीमाया राना, मैयादेवी थापा, चम्पदेवी गुरुङ, पार्वती भट्टराई, मिठुकुमारी पोखरेल, भगवती पोखरेललगायतलाई दोसल्ला ओढाई सम्मान गरिएको थियो ।

१७ बैशाख २०७९, शनिबार १४:२४ मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
[email protected]
[email protected]

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा