Play

नेपाली कांग्रेस पोखरा – २६ को चुनावि अभियान शुरू

गुरुकुल खबर


पोखरा , नेपाली कांग्रेस पोखरा २६ ले चुनावि अभियान आजबाट शुरू गरेको छ । अभियानको पहिलो दिन सम्पर्क कार्यालयको स्थापना गरिएको छ । नेपाली कांग्रेसका पुर्व कानून मन्त्री यज्ञबहादुर थापाले अबको चुनाव जसरी पनि कांग्रेसले जित्ने दाबी गरे ।

नेकपा एमालेको बिरूद्वमा लागेर पांच दलिय गठबन्धनलाई जिताउनु आजको आवस्यकता रहेको बताए । चुनावमा पार्टिको निर्णयमा लागेर सबै उम्मेदवार लाई अत्यधिक मतले जिताउन कार्यकर्तालाइ निर्देसन दिए । नेपाली कांग्रेस पोखरा २६ का सभापति शिवबहादुर रानाभाटको अध्यक्षतामा तिनवटा कार्यालयको उद्घाटन भएको छ ।

भवानी, जल्धारे र अर्घाैंमा सम्पर्क कार्यालय स्थापना गरेको वडा कार्यालयका सदस्यका उम्मेदवार सुदिपराज ढुङ्गानाले बताए । चुनाव प्रसार प्रचारका लागि एक हजार एक सदस्यीय परिचालन समिति गठन गरिएको छ ।

कार्यक्रममा वडाका उम्मेदवारले अबको वडाको निर्वाचनमा जसरीपनि नेपाली कांग्रेसले जित्ने छ । हामी वडामा भएको समस्याहरूको समाधानमा लाग्ने छौं । आगामी योजनामा हाम्रो जनताको मुद्दा पहिलो प्राथमिकता रहनेछ आफ्नो प्रतिबद्दताहरू प्रस्तुत गरेका थिए ।

कार्यक्रममा नेपाली कांग्रेसका नेता कार्यकर्ताको बाक्लो उपस्थिति रहेको र विभिन्न नेताले आगामी चुनाव केन्द्रित कार्यक्रमहरू अझ मजबुद रहि अगाडि बढ्न सुझाब दिएका थिए ।

कांग्रेसले अध्यक्षमा नरेन्द्र थापा , महिला सदस्यमा लक्ष्मीदेबि भट्टराई , दलित महिलामा शुजता बराल सुनार , खुल्ला पुरूष सदस्यमा सुदिपराज ढुङ्गाना र तिर्थबहादुर राजभाटलाई उठाएको छ ।

कार्यक्रममा उपसभापतिद्वय चिनियाँ थापा, धुर्ब बि क , रबिन्द अधिकारी र सचिब ईश्वरि प्रसद अधिकारी लगाएतले बोलेका थिए ।

१४ बैशाख २०७९, बुधबार २२:४७ मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
[email protected]
[email protected]

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा