Play

पाेखराकाे मेयरमा अटेरी गनेश पाैडेलद्वारा मनोनयन दर्ता

गुरुकुल खबर


पोखरा । पोखरा महानगरपालिकाको प्रमुख मेयर पदमा मनोनयन दर्ता सुरु भएको छ । महानगरपालिकाको मेयर पदमा गनेश पौडेलले मनोनयन दर्ता गरेका छन् । उनी अटेरी अभियानमा आबद्ध छन् । पौडेल लेखक तथा स्तम्भकार पनि हुन् ।

अटेरी अभियान चलाउँदै आएका पौडेलको उम्मेदवारी १ नम्बरमा दर्ता भएको छ । अघिल्लो चुनावदेखि नै फरक गतिविधि गर्दै आएका उनले अहिले मेयरमा उम्मेद्वारी दिएका हुन् । अटेरीबाट पोखराका थप १७ वटा वडामा अध्यक्षको उम्मेद्वारी पर्ने भएको छ ।

आफ्नै लोगो अंकित टिसर्ट लगाएर आएका उनले आइतबार मुख्य निर्वाचन अधिकृतको कार्यालय पोखरामा पौडेलले उम्मेद्वारी दर्ता गराएका हुन् । उनको प्रस्तावकमा अप्सरा अधिकारी र समर्थकमा सरोज जीसी रहेका छन् ।  दुवैजना पहिलो पटक मतदाता नामावलीमा नाम दर्ता गरेर मतदान गर्दै छन्।

उम्मेद्‌वारी दर्तापछि पौडेलले राजनीतिक अकर्मण्यताको विरुद्धमा आफूले उम्मेद्‌वारी दिएको बताए । ‘गठबन्धन विरोधी भावना बढेको छ । स्थानीय तहमा दलीयभन्दा स्वतन्त्र उम्मेद्वारले काम गर्न सक्छन् भन्ने मान्यता बढेको छ,’ उनले भने ‘हामी चुनाव जित्छौं । हाम्रो पक्षमा लहर राम्रो भएको छ ।’ ५५ हजार भन्दा बढी मत ल्याउने उनको दावी छ ।

११ बैशाख २०७९, आईतवार १६:४२ मा प्रकाशित
Nabintech