Play

सोमबारदेखि पोखरामा जुनियर राष्ट्रिय टेनिस प्रतियोगिता

गुरुकुल खबर


पोखरा, कास्की जिल्ला टेनिस संघको आयोजना तथा नेपाल टेनिस संघको समन्वयमा सोमबारदेखि पोखरामा मनुश्री–भिग्नाजित जेटीआई राष्ट्रिय जुनियर टेनिस प्रतियोगिता–२०७८ सञ्चालन हुने भएको छ । संघ कास्कीले आइतबार पोखरामा पत्रकार सम्मेलन मार्फत प्रतियोगिताको तयारी पुरा भएको जानकारी गराएको छ ।

कास्की जिल्ला टेनिस संघका संरक्षक कुमार मोहनबहादुर शाहीको मुख्य प्रायोजन तथा कास्की जिल्ला टेनिस अभिभावक संघको सहयोगमा हुने यस प्रतियोगितामा यु–८, ९, १०, १२, १४ र १६ ब्वाईज÷गल्र्स सिंगल तथा ओपन ब्वाइज एवं गल्र्स डबल्सतर्फ प्रतिस्पर्धा हुने संघ कास्कीका अध्यक्ष लोकबहादुर गुरुङ्गले जानकारी गराउनुभयो ।

प्रतियोगितामा यु–८,९ र १० का विजेता तथा उप–विजेता खेलाडीहरुलाई गिफ्टह्याम्पर्स, तथा तृतीयलाई मेडल तथा प्रमाणपत्र, यु–१२ ब्वाईज एण्ड गल्र्स सिंगलका विजेताले नगद ८ हजार, उप–विजेताले ५ हजार तथा तृतीयले मेडल तथा प्रमाणपत्र पुरस्कार प्राप्त गर्नेछन् । यु–१४ ब्वाईज एण्ड गल्र्स सिंगलतर्फ विजेताले नगद १२ हजार, उप–विजेताले नगद ६ हजार तथा तृतीयले मेडल तथा प्रमाणपत्र पुरस्कार प्राप्त गर्ने प्रतियोगिता संयोजक नविन श्रेष्ठले बताउनुभयो ।

यु–१६ ब्वाइज एण्ड गल्र्सतर्फ विजेताले नगद १५ हजार, उप–विजेताले नगद ७ हजार ५ सय तथा तृतीयले मेडल तथा प्रमाणपत्र पुरस्करा प्राप्त गर्नेछन् । त्यस्तै ओपन ब्वाइज एण्ड गल्र्स डबल्सतर्फ विजेताले नगद १५ हजार, उप–विजेताले नगद ७ हजार ५ सय तथा तृतीयले मेडल तथा प्रमाणपत्र पुरस्कार प्राप्त गर्नेछन् ।

प्रतियोगिताका निर्देशकहरुमा जेटिआई कोर्डिनेटर सूर्यभुषण बज्राचार्य र चन्द्र शाही रहनुभएको छ । पत्रकार सम्मेलनमा बोल्दै बज्राचार्यले नेपाली युवा खेलाडीहरुलाई राष्ट्रिय तथा अन्र्तराष्ट्रियस्तरमा पु¥याउन यो प्रतियोगिता सहयोगी हुने औल्याउनुभयो ।

नेपाल टेनिस संघका उपाध्यक्ष विनोद कायस्थले नेपाल टेनिस संघले सूर्यभुषण, चन्द्र शाहीलाई यो जिम्मेवारी दिएकोमा धन्यवाद ज्ञापन गर्नुभयो । संघ कास्कीका उपाध्यक्ष नविन चालिसेले प्रतियोगिताका बारेमा पत्रकारहरुलाई अवगत गराउनुभएको थियो ।

७ चैत्र २०७८, सोमबार १२:५० मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
[email protected]
[email protected]

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा