Play

कालिका पब्लिक कलेजको अध्यक्षमा आचार्य

गुरुकुल खबर


पोखरा ,पोखराको रामवजारमा अवस्थित कालिका पव्लिक कलेजले आफ्नो पहिलो सिनेट साधारण सभा सम्पन्न गरेको छ । तकलेजको पहिलो सिनेट अध्यक्षको रुपमा गिता आचार्य निर्विरोध चयन हुनुभएको छ ।

१ सय ६६जना सिनेट सभासद रहेको कलेजको साधारण सभाले सदस्यहरुमा पुर्णचन्द्र न्यौपाने, सुरेश कुमार ध्वजु, निर्मलाकार्की भण्डारी, रामबहादुर थापा र कुमार थिङलाई निर्विरोध निर्वाचित गरेको छ ।

सभाको सम्वोधन गर्ने गण्डकी प्रदेशक ाप्रदेश प्रमुख पृथ्वीमान गुरुङ्गले शिक्षा सवैको पहँचमा पु¥याउन पव्लिक कलेजहरुको ठुलो महत्व रहेने धारणा व्यक्त गर्नुभयो । उहाले शिक्षालाई व्यवहारिक र जिवन उपयोगी वनाउन आवस्यक रहेको धारणा राख्नुभयो ।

कार्यक्रममा संघीय साम्सद खगराज अधिकारीले शिक्षा क्षेत्रमा हुने कुनै पनि राजनीतिको विरोध गर्नुभयो । उहाँले शिक्षाका विषयमा आम मानिसको धारणामा सकारात्मक परिवर्तन आवस्यक रहेको समेत जानकारी दिनुभयो ।

यस्तै सामाजिक विकास तथा शिक्षामन्त्री मेखलाल श्रेष्ठले शिक्षाका लागि प्रदेश सरकार सँधै सकारात्मक रहेको भन्दै जनअपेक्षा पुरा हुने गरी काम गर्न अनुरोध गर्नुभयो । उहाले शिक्षा समाज परिवर्तनको मुल आधार भएको शैक्षिक क्षेत्रमा हुने राजनीति वन्द गर्नुपर्नेमा पनिउहाको जोड थियो । साथै केन्द्र सरकारले संघीयताको मर्म अनुरुप काम गरेको पनि उहाको भनाई थियो ।

६ चैत्र २०७८, आईतवार १५:५० मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
[email protected]
[email protected]

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा