तपाइँ यिबेला सुन्ै हुनुहुन्छ सुनौलो एफ ए १०२. २ मेगाहर्ज
Monday, May 29, 2023
Gurukul Khabar
  • गृहपृष्ठ
  • विशेष
  • विचार/अन्तर्वार्ता
  • मेरो शिक्षा
  • समाचार
    • शिक्षा/स्वास्थ्य
    • राजनीति
    • विश्व
  • प्रदेश
    • प्रदेश नं १
    • प्रदेश नं २
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश नं ५
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • व्यक्ति/संस्था
  • सूचना
    • परीक्षा तालिका
    • परीक्षाफल
  • विविध
    • खेलकुद
    • कला/साहित्य
    • मनोरञ्जन
    • अर्थ
    • अपराध
    • प्रविधि
    • कार्टुन
    • ब्लग
    • फोटो ग्यालेरी
  • Gurukul TV
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृहपृष्ठ
  • विशेष
  • विचार/अन्तर्वार्ता
  • मेरो शिक्षा
  • समाचार
    • शिक्षा/स्वास्थ्य
    • राजनीति
    • विश्व
  • प्रदेश
    • प्रदेश नं १
    • प्रदेश नं २
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश नं ५
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • व्यक्ति/संस्था
  • सूचना
    • परीक्षा तालिका
    • परीक्षाफल
  • विविध
    • खेलकुद
    • कला/साहित्य
    • मनोरञ्जन
    • अर्थ
    • अपराध
    • प्रविधि
    • कार्टुन
    • ब्लग
    • फोटो ग्यालेरी
  • Gurukul TV
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
Gurukul Khabar
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्

आगामी चुनावमा नेपाली कांग्रेसलाई कसैले रोक्न सक्दैनः प्रवक्ता डा.महत

गुरुकुल खबर गुरुकुल खबर
२०७८ फाल्गुन ३० मा प्रकाशित
in राजनीति, बाग्मती प्रदेश, समाचार
आगामी चुनावमा नेपाली कांग्रेसलाई कसैले रोक्न सक्दैनः प्रवक्ता डा.महत
39
SHARES
154
VIEWS
Share on FacebookShare on Twitter
ककनी(नुवाकोट), २७ फागुन । नेपाली कांग्रेसका प्रवक्ता तथा पूर्वमन्त्री डा.प्रकाश शरण महतले आगामी निर्वाचनमा नेपाली कांग्रेसको विजयलाई कसैले रोक्न नसक्ने बताउनुभएको छ । नुवाकोटको ककनीमा  स्थानीय तह निर्वाचन २०७९ केन्द्रित “घर घर जाऔं,कांग्रेस जिताऔं” अभियान अन्तरगत प्रदेश क्षेत्र स्तरीय प्रशिक्षण कार्यक्रममो समुद्घाटन समारोहलाई संबोधन गर्दै उहाँले सो कुरा बताउनुभएको हो ।

उहाँले यो अभियान आगामी स्थानीय निर्वाचन जित्न आरम्भ गरिन लागेको बताउदै उहाँले भन्नुभयो,“यो अभियान सम्पूर्ण वडा र पालिका जित्ने लक्ष्यका साथ थाल्नुहोस् । स्थानीय तहको निर्वाचन जितेपछि प्रदेश र संसदीय निर्वाचन जित्न सहज हुन्छ । नेपाली कांग्रेसलाई कसैले रोक्न सक्दैन ।”

प्रवक्ता महतले २०७४ सालको निर्वाचनमा नेपाली कांग्रेस पराजित हुँदा विकास प्रयास सिथिल भएको सिथिल भएको उल्लेख गर्दै भन्नुभयो, “नेपाली कांग्रेसले चुनाव जितेको समयमा जिल्लामा कति विकास आयोजना आएका थिए,कति सम्पन्न भए र कम्युनिष्टहरुले चुनाव जितेको ५ बर्षमा कति आयोजना आए,कति सम्पन्न भए । विगतमा थालिएका आयोजनाहरुको अवस्था के छ ? त्यसको तुलना गर्ने हो भने आम नागरिकका बीचमा निर्वाचनमा नेपाली कांग्रेसका पक्षमा मत माग्न हामीलाई कुनै संकोच र अप्ठ्यारो मान्नु पर्ने अवस्था आउदैन ।”
उहाँले नेपाली कांग्रेसका पालामा सडक,सिचाई, खानेपानी,विद्युतीकरण जस्ता पूर्वाधार विकासको अभियान तीव्र भएको स्वास्थ्य र शिक्षाको क्षेत्रमा पनि धेरै काम भएकोले तिनलाई  मतदाताको बीचमा स्मरण गराउन पनि आग्रह गर्नुभयो ।

पूर्व परराष्ट्र तथा ऊर्जा मन्त्री रहनुभएका डा.महतले यो अभियानलाई आम नागरिकसंग दोहोरो सम्बादको रुपमा सञ्चालन गर्न पनि अनुरोध गर्नुभयो । यो अभियानका क्रममा नागरिकहरुको चाहना र आवश्यकताको बारेमा पनि जानकारी लिन उहाँले आग्रह गर्नुभयो ।

उहाँले जिल्ला तहका नेता तथा कार्यकर्ताहरुलाई अघिल्लो निर्वाचनमा नेपाली कांग्रेसलाई मत नदिनेहरुको पनि पहिचान गरेर मत नदिनुको कारण पहिल्याएर नेपाली कांग्रेसका पक्षमा मतदान गर्न लालयित बनाउन आग्रह गर्नुभयो ।

उहाँले पार्टीको १४ औं महाधिवेशनमा निर्वाचित भएर जिम्मेवारी पाउनुभएका साथीहरुलाई सबैलाई समेटेर पार्टीका कार्यक्रममा सरिक गराउन पनि आग्रह गर्नुभयो । उहाँले पार्टीभित्रको आन्तरिक जित हारलाई ठूलो नमानिकन स्वभाविक रुपमा लिएर आउने निर्वाचन जितेर जनताको सेवामा लाग्ने लक्ष्य हासिल गर्न सबैलाई आग्रह पनि गर्नुभयो ।

निर्वाचन जित्ने लक्ष्य नलिदा पार्टीहरु क्लबमा रुपान्तरित हुने बताउदै प्रवक्ता डा.महतले भन्नुभयो, “निर्वाचन जितेर सरकार बनाएपछि राज्यको स्रोत र साधन तथा जनशक्तिको उपयोग गरेर जनताको सेवा गर्न पाइन्छ । देशको पूर्वाधार तथा आर्थिक सामाजिक विकास गर्न पाइन्छ । जनताको जीवनस्तर उठाउन पाइन्छ ।”

कांग्रेस प्रवक्ता महतले नेपाली युवाहरु कामको लागि विदेशिएकोले घरघर पुगेर महिलाहरुलाई संझाउने कार्यमा महिला नेतृहरु अझ सक्रिय हुनुपर्ने पनि बताउनुभयो ।

पूर्व मन्त्री डा.महतले नेपाली कांग्रेस पराजित हुँदा देशमा भ्रष्टाचार बढेको र विकास प्रक्रिया अवरुद्ध भएको उल्लेख गर्दै व्यक्तिमा शक्ति केन्द्रित गर्ने होडले झण्डै दुई तिहाईका कम्युनिष्ट सरकार पतन भएर पार्टी पनि विभाजित भएपछि फुटेर आएका कम्युनिष्ट र अन्य दलको सहयोगमा नेपाली कांग्रेसको नेतृत्वमा बनेको सरकारले देशमा कोरोना भाइरसविरुद्धको खोपको व्यवस्था गर्ने, मुलुकमा सुशासन कायम  गर्ने काम गरेको पनि दावी गर्नुभयो ।

कार्यक्रममा डा.महतले अमेरिकी सहयोग नियोग मिलिनियम च्यालेञ्ज कर्पोरेशन(एमसीसी)संग नेपालको सडक विस्तार तथा मर्मत संभार र विद्युत प्रशारण लाईन निर्माणको लागि ५०० मिलियन अमेरिकी डलर(६०अर्ब नेपाली रुपैयाभन्दा माथि) रकम अनुदान लिने सम्बन्धमा भएको संझौताको विषयमा पनि प्रकाश पार्नुभएको थियो ।

उहाँले यो अनुदान सहयोग नेपालले नै माग गरेको, यो अनुदान अन्तरगत आउने रकम खर्च र परियोजना सञ्चालन नेपालका अर्थसचिवको संयोजकत्वमा बनेको मिलिनियम च्यालेञ्ज एकाउण्टले गर्ने, यस अन्तरगत बनेका परियोजनाहरु निर्माण सम्पन्न भएपछि नेपाल सरकारलाई हस्तान्तरण गरिने, यी परियोजना बन्दा कुनै बौद्धिक सम्पत्तिको सिर्जना भए नेपालको हुने, नेपालको महालेखाले लेखापरीक्षण गर्न पाउने, यो सहयोग कुनै सैन्य रणनीतिसंग आबद्ध नभएको र यसलाई आधार बनाएर अमेरिकी सेना आउन नसक्ने मात्र हैन यो सहयोग सैन्य प्रयोजनमा उपयोग गर्न नपाइने स्पष्ट किटानी भएकोले कम्युनिष्टहरुको भ्रममा नपर्न पनि अनुरोध गर्नुभयो ।

कांग्रेस प्रवक्ता डा.महतले यो अनुदान लिने सम्बन्धमा झलनाथ खनालको नेतृत्वमा रहेको सरकारले पनि सहमति दिएको,डा.बाबुराम भट्टराईको नेतृत्वकोे, खिलराज रेग्मीको नेतृत्वकोे, सुशील कोइरालाको नेतृत्वकोे, नेकपा एमालेका के.पी.ओली र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको नेतृत्वको सरकारले पनि अघि बढाएको तथाा नेपाली कांग्रेसका वर्तमान सभापति शेरबहादुर देउवाको नेतृत्वको अघिल्लो सरकारका पालामा संझौता भएकोले यसमा विवाद हुनुनपर्ने अवस्था विद्यमान रहेको पनि उहाँले बताउनुभयो ।

कांग्रेस नेता डा.महतले नेपाली कांग्रेसका पार्टी सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाको सुझबुझ पूर्ण नेतृत्वमा एमसीसी संझौता पारित भएको पनि बताउनुभयो । यो संझौतामा भएका प्रावधानले नेपालले अन्य देश तथा  दातृ निकायबाट लिने अनुदान तथा ऋणका प्रावधानहरुमा पनि नेपालमैत्री हुने गरी फेरबदल ल्याउन सक्ने बताउनुभयो ।

नेपाली कांग्रेस नुवाकोट प्रदेश क्षेत्र १(ख)का सभापति रामजी पौडेलको सभापतित्वमा सम्पन्न उक्त उद्घाटन कार्यक्रममा ककनी गाउँपालिकाका अध्यक्ष भाग्यश्री लामा, महासमिति सदस्य कृष्ण लामा र नेपाली कांग्रेस नुवाकोटका सभापति रमेशकुमार महतले पनि संबोधन गर्नुभएको थियो ।

पासीकोट र बालुवाटारको प्रशिक्षणमा डा.महत

शुक्रबारै कांग्रेस प्रवक्ता डा. ले नेपाली कांग्रेस काठमाडौं क्षेत्र नं ५ क्षेत्रीय  समितिद्धारा आयोजित “घर घर जाऔं,कांग्रेस जिताऔंं” अभियान केन्द्रित प्रशिक्षण कार्यक्रम अन्तरगत बुढानीलकण्ठ नगरपालिका वडा नं ४ मा आयोजित  प्रशिक्षण कार्यक्रममा प्रमुख अतिथिको रुपमा उपस्थित भई कार्यक्रमलाई संबोधन गर्नुभयो । उहाँले आगामी निर्वाचनको महत्व, कांग्रेसले जित्नुपर्ने अवस्था,विकास र समृद्धिका कार्यक्रम र  जनताको अपेक्षा,कम्युनिष्टहरुले सिर्जना गरेका भ्रम र तिनलाई चिरेर विकासका प्रयासलाई साकार पार्नुपर्ने आवश्यकताका साथै एमसीसी संझौताका यथार्थका बारेमा सहभागीहरुलाई जानकारी दिनुभएको थियो ।

उहाँले शुक्रबार अपरान्ह नेपाली कांग्रेस काठमाडौं क्षेत्र नं ५ क्षेत्रीय  समितिद्धारा  काठमाडौं महानगरपालिका वडा नं २ मा आयोजित प्रशिक्षण कार्यक्रममा प्रमुख अतिथिको रुपमा संबोधन गर्दै पार्टीका नीति, कार्यक्रम र एमसीसीका बारेमा जानकारी दिनुभएको थियो ।

प्रतिक्रिया लेख्नुहोस्:-

सम्बन्धित समाचार

महिला सशक्तिकरणका लागि हस्तकला तालिम सुरु

महिला सशक्तिकरणका लागि हस्तकला तालिम सुरु

२०८० जेष्ठ १५ मा प्रकाशित
मिश्र नेतृत्वको प्रेस युनियन कास्कीको पदस्थापन,लोकतन्त्रको महत्वपूर्ण अङ्ग मिडिया- मन्त्री दिपेन्द्रबहादुर थापा

मिश्र नेतृत्वको प्रेस युनियन कास्कीको पदस्थापन,लोकतन्त्रको महत्वपूर्ण अङ्ग मिडिया- मन्त्री दिपेन्द्रबहादुर थापा

२०८० जेष्ठ १५ मा प्रकाशित
पत्रकारद्वय ढकाल र पोखरेललाई अन्नपूर्ण पर्यटन पत्रकारिता पुरस्कार

पत्रकारद्वय ढकाल र पोखरेललाई अन्नपूर्ण पर्यटन पत्रकारिता पुरस्कार

२०८० जेष्ठ १४ मा प्रकाशित
गण्डकी प्रदेशको बजेट ३२ अर्व रुपैया भन्दा बढी हुन सक्ने अवस्था छैन – मुख्य मन्त्री सुरेन्द्र पाण्डे (भिडियो सहित)

गण्डकी प्रदेशको बजेट ३२ अर्व रुपैया भन्दा बढी हुन सक्ने अवस्था छैन – मुख्य मन्त्री सुरेन्द्र पाण्डे (भिडियो सहित)

२०८० जेष्ठ १३ मा प्रकाशित
गण्डकी प्रदेशका मुख्यमन्त्रीले विश्वासको मत पाएनन्

गण्डकी प्रदेश बैठकमा बजेटका सिद्धान्त र प्राथमिकता पेस

२०८० जेष्ठ १२ मा प्रकाशित
नक्कली भुटानी शरणार्थी प्रकरण- पक्राउ परेका १६ जनासहित ३० अभियुक्तमाथि ४३ वटा प्रमाण

नक्कली भुटानी शरणार्थी प्रकरण- पक्राउ परेका १६ जनासहित ३० अभियुक्तमाथि ४३ वटा प्रमाण

२०८० जेष्ठ १२ मा प्रकाशित

सर्वाधिक पढिएका

महिला सशक्तिकरणका लागि हस्तकला तालिम सुरु
समाचार

महिला सशक्तिकरणका लागि हस्तकला तालिम सुरु

२०८० जेष्ठ १५ मा प्रकाशित
मिश्र नेतृत्वको प्रेस युनियन कास्कीको पदस्थापन,लोकतन्त्रको महत्वपूर्ण अङ्ग मिडिया- मन्त्री दिपेन्द्रबहादुर थापा
समाचार

मिश्र नेतृत्वको प्रेस युनियन कास्कीको पदस्थापन,लोकतन्त्रको महत्वपूर्ण अङ्ग मिडिया- मन्त्री दिपेन्द्रबहादुर थापा

२०८० जेष्ठ १५ मा प्रकाशित
पत्रकारद्वय ढकाल र पोखरेललाई अन्नपूर्ण पर्यटन पत्रकारिता पुरस्कार
समाचार

पत्रकारद्वय ढकाल र पोखरेललाई अन्नपूर्ण पर्यटन पत्रकारिता पुरस्कार

२०८० जेष्ठ १४ मा प्रकाशित
गण्डकी प्रदेशको बजेट ३२ अर्व रुपैया भन्दा बढी हुन सक्ने अवस्था छैन – मुख्य मन्त्री सुरेन्द्र पाण्डे (भिडियो सहित)
गण्डकी प्रदेश

गण्डकी प्रदेशको बजेट ३२ अर्व रुपैया भन्दा बढी हुन सक्ने अवस्था छैन – मुख्य मन्त्री सुरेन्द्र पाण्डे (भिडियो सहित)

२०८० जेष्ठ १३ मा प्रकाशित
गण्डकी प्रदेशका मुख्यमन्त्रीले विश्वासको मत पाएनन्
समाचार

गण्डकी प्रदेश बैठकमा बजेटका सिद्धान्त र प्राथमिकता पेस

२०८० जेष्ठ १२ मा प्रकाशित
नक्कली भुटानी शरणार्थी प्रकरण- पक्राउ परेका १६ जनासहित ३० अभियुक्तमाथि ४३ वटा प्रमाण
अपराध

नक्कली भुटानी शरणार्थी प्रकरण- पक्राउ परेका १६ जनासहित ३० अभियुक्तमाथि ४३ वटा प्रमाण

२०८० जेष्ठ १२ मा प्रकाशित

गोल्डेन मिडिया ग्रुप प्रा.लि
दर्ता नं. 176654/074|75
सूचना विभाग दर्ता नं. ३११६-२०७८/७९
.........
कार्यालय: 
धवल मार्ग (जिरो कि.मी.) पोखरा -०५
गण्डकी प्रदेश, कास्की
सम्पर्क: 061-531533
सम्पर्क कार्यालय:
बसुन्धरा चोक, काठमाण्डु
फोन नं. 01-4985552

अध्यक्ष/संचालक : गंगाधर पराजुली
निर्देशक : ऋषिराम काफ्ले
सम्पादक : रीता गुरुङ

Email: [email protected]
सम्पर्क : +977 9856022332

Pages

Home Blog Our Team
Contributors
About us Terms of use
Sitemaps
Advertisement Privacy

Navigation


गृहपृष्ठ  शिक्षा/स्वास्थ्य  मेरो शिक्षा 
विचार/अन्तर्वार्ता समाचार  राजनीति 
प्रदेश नं. १  प्रदेश नं. २  बाग्मती प्रदेश 
गण्डकी प्रदेश लुम्बिनी प्रदेश कर्णाली प्रदेश
सुदूरपश्चिम प्रदेश व्यक्ति/संस्था सूचना/जानकारी
परिक्षा तालिका परीक्षाफल  विश्व 
खेलकुद  कला/साहित्य मनोरञ्जन 
अर्थ अपराध प्रविधि
कार्टून  ब्लग फोटो ग्यालेरि 
Gurukul TV  English   

गुरुकुल खबर डटकम © 2021, सर्वाधिकार सुरक्षित  |  Site By : MPG Solution

कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • About us
  • Advertise
  • Blog
  • Contributors
  • Home
  • Our Team
  • Privacy Policy
  • Site Maps
  • Terms of use

© 2023 Gurukul Khabar - Designed by MPG Solution.