Play

हीरक जयन्तीका अवसरमा विद्यार्थी केन्द्रित विभिन्न कार्यक्रम

गुरुकुल खबर


पोखरा, पोखराको बाटुलेचौर स्थित विन्ध्यवासिनी मा वि ले हीरक जयन्तीका अवसरमा विद्यार्थी केन्द्रित विभिन्न कार्यक्रम सम्पन्न गरेको छ ।

कार्यक्रम अन्तर्गत प्रतिभा पहिचान तर्फ समूहगत नृत्यमा लक्ष्मी गुरुङ र रोशनी परियार प्रथम, अमिशा गुरुङ, युनिश गुरुङ र रुप्सा राई दितिय, अभिषेक वि क र रश्मिता गौतम तृतीय भएका छन ।

त्यस्तै एकल तृत्य तर्फ जेनिशा वि क र आरती विक प्रथम, रश्मि वि क र सर्मिला सुनार दितिय र एलिशा सुनार तथा विपना जिसि तृतीय भएका छन । गायन तर्फ अभय श्रेष्ठ र सुशान्त गायक प्रथम, सुजन विक, प्रमोद सुवेदी र ओस्कार बस्नेत दितिय ,सोहन,यूनिशा र सृजल सिंह भण्डारी तृतीय भएको प्रचार प्रसार उपसमितिका सदस्य दिनेश शर्माले जानकारी दिएका छन ।

हीरक जयन्तीकै अवसरमा आयोजित बक्तृत्वकला प्रतियोगितामा सुदर्शन तिमिल्सिना प्रथम, आशिक गौतम दितिय र सर्मिला भुजेल तृतीय तथा छात्रा भलिबल तर्फ रेड हाउस विजेता बन्दा एल्लो हायस उपविजेता बनेको छ ।

यसअघि प्रतिभा पहिचान कार्यक्रमको उदघाटन गर्दै पूर्व विद्यार्थी प्रविन बाबु भट्टराईले यस्ता कार्यक्रमले विद्यार्थीको मानसिक तथा शारीरिक विकास हुने बताउँदै प्रतिभावान विद्यार्थीको सबैले कदर गर्नुपर्ने बताउनु भएको छ ।

कार्यक्रम संयोजक शंकर बस्नेतको अध्यक्षतामा भएको कार्यक्रममा शिक्षक महेन्द्रमणी पौडेल, दुर्गा सापकोटा, इन्दु भट्टराईले प्रतिभा भएका विद्यार्थीको मूल्यांकन गर्नुभएको थियो भने कार्यक्रम संंचालन विद्यार्थी धुव्र अर्यालले गरेका थिए । हीरक जयन्तीकै अवसरमा शुक्रबार कास्की जिल्ला भित्रका सामुदायिक विद्यालय बीच जिल्लास्तरीय बक्तृत्वकला प्रतियोगिता हुने विद्यालयले जनाएको छ ।

२७ फाल्गुन २०७८, शुक्रबार ०७:२९ मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
[email protected]
[email protected]

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा