Play

महिला विभेद र हिसांको अन्त्य गर्न महिला र पुरुष दुवै लाग्नुपर्ने

गुरुकुल खबर


पोखरा, नेपाल पत्रकार महासंघ कास्की शाखाले ११२ औं अन्तराष्ट्रिय नारी दिवसको अवसरमा मिडियामा महिला कार्यक्रमको सम्पन्न गरेको छ ।
महासंघको सभाहलमा आयोजित कार्यक्रममा महिलाहरुले राज्यको चौथो अंगको रुपमा रहेको मिडिया क्षेत्रमा समेत महिला प्रति विभेद तथा हिसां हुदैँ आइरहेको बताए । मिडियामा महिलाहरुको अवस्था दयनिय रहेको वक्ताहरुले बताएका छन् ।

कार्यक्रमको उद्घाटन पश्चात सम्बोधन गर्दै गण्डकी प्रदेश स्वास्थ्य मन्त्री मधुमाया अधिकारीले महिलाहरु आर्थिक, राजनैतिक र सामाजिक हिसाबमा पछि पारिएको बताइन् । उनले पञ्चायत कालमा महिलाको आवाज उठाउने क्रममा जेल जाने जस्तो प्रचलन हुदाँ समेत विभेद विरुद्ध आवाज उठ्दै आएपनि नेपालमा भने १० वर्षे जनयुद्ध पश्चात महिलाको अधिकार प्रत्याभुत हुनेगरी केही काम भएको सुनाइन् ।

नेपालमा अहिलेपनि महिलाहरु सामन्तवादमै रहेको उनले सुनाइन् । महिलाहरुले श्रीमान्को पाउँको जल खाने प्रचल चलिरहँदा श्रीमान्ले भने जाडँ खाई कुट्ने प्रवित्तिको अन्त्य गर्नुपर्ने बताउँदै संविधानले दिएको अधिकारको कार्यान्वयन गर्नतर्फ अब उन्मुख हुनुपर्नेमा जोड दिइन् ।

पत्रकार महासंघका पुर्व केन्द्रिय अध्यक्ष सुरेश आचार्यले राजनैतिक अस्थिरताका कारण महिला सम्बन्धि समाचार मिडियाले स्थान दिन नसकेको बताए । उनले मिडियाले ठिक ढंगले महिलाको विषय उठाउन आवस्यक रहेको छ ।

अर्का पुर्व अध्यक्ष धर्मेन्द्र झाले अमेरिकामा १९०८ को जस्तो महिलाको अवस्था अहिले नेपालमा रहेको बताए । महिला विभेद र हिसांको अन्त्य गर्न महिला र पुरुष दुवै लाग्नुपर्नेमा जोड दिए ।

पत्रकार महासंघ कास्कीकी अध्यक्ष विमला भण्डारीको सभापतित्वमा भएको कार्यक्रममा गण्डकी प्रदेश सभा सदस्य प्रभा कोइराला, पुर्व संविधान सभा सदस्य शारदा पौडेल, पत्रकार महासंघ पुर्व केन्द्रिय सदस्य रामकृष्ण ज्ञवाली, वडा ३१ की वडा सचिव दुर्गा न्यौपाने, पत्रकार महासंघकी केन्द्रिय सदस्य सरिता तिमिल्सिना पंगेनी, पत्रकार महासंघ कास्कीकी उपाध्यक्ष जमुना शर्मा, लगायतले आफ्नो भनाइ राखेका थिए ।

सोहि दिन कास्कीमा क्रियाशिल पत्रकारहरुका लागि आचार संहिता सम्बन्धि तालिम समेत प्रदान गरिएको थियो । तुलसादेवी हरिहर फाउन्डेसनको आयोजनामा आचार संहिता सम्बन्धि तालिम प्रदान गरिएको थियो । राससका सम्पादक एकराज पाठक, पत्रकार महासंघ केन्द्रिय पुर्व अध्यक्ष धर्मेन्द्र झा लगायतले प्रशिक्षण दिएका थिए ।

२५ फाल्गुन २०७८, बुधबार ०७:२५ मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
[email protected]
[email protected]

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा