Play

कांग्रेसको तर्फबाट व्यास नगरमा प्रमुखको दावेदारको चर्चा

गुरुकुल खबर


दमौली, वैशाख ३० मा स्थानीय तहको निर्वाचनको मिति घोषणा देशका विभिन्न स्थानीय तहमा विभिन्न राजनीतिक दलभित्र उम्मेदवारको विषयलाई लिएर विभिन्न चर्चा परिचर्चा हुन थालेका छन् । यसरी चर्चा परिचर्चा हुने क्रममा व्यास नगरपालिकामा समेत कांग्रेस तर्फबाट को–को प्रमुख र उप–प्रमुखको उम्मेदवार बन्लान् भनेर चर्चा परिचर्चा सुरु हुन थालेको छ ।

यद्यपी सामाजिक सञ्जाल बाहेक औपचारिक रुपमा कसैले पनि आधिकारिक रुपमा उम्मेदवारी घोषणा गरेको अवस्था भने छैन । यसरी चर्चा परिचर्चा हुने क्रममा कांग्रेसबाट नगरप्रमुखको आंकाक्षीको रुपमा पूर्व पार्टी सभापति रघुनाथ पौडेल देखि निवर्तमान सभापति एवं हालका नगरप्रमुख बैकुण्ठ न्यौपानेसम्म देखिएका छन् ।

आंकाक्षी पौडेलले भानु नगरपालिकाबाट व्यास नगरपालिकामा आफ्नो मतदाता नामवली सारेका छन् । तर पौडेलले सार्वजनिक रुपमा व्यासको प्रमुखको उम्मेदवार बन्ने विषयमा मुख खोलि सकेको अवस्था भने छैन ।

पौडेल र न्यौपानेका अलावा जिल्ला समन्वय समिति तनहुँका प्रमुख शान्तिरमण वाग्ले, कांग्रेसका पुरा नेता समुन्द्र गोदार, जिल्ला उपसभापति देवकुमार श्रेष्ठ, नगर उपप्रमुख मिरा जोशी, जिल्ला सदस्य एवं संगठन विभाग प्रमुख विश्व वास्तोला, महाधिवेशन प्रतिनिधी अशोककुमार श्रेष्ठ, जिल्ला सचिव लक्ष्मीभक्त खनाल, जिल्ला सदस्य डम्बरबहादुर अधिकारी, प्रशिक्षण विभागका उप–संयोजक डा. शेषरमण न्यौपानेलाई नगरप्रमुखको सम्भावित उम्मेदवारको रुपमा हेरिएको छ ।

प्रमुख र उप–प्रमुखको उम्मेदवारीको विषयमा विभिन्न चर्चा परिचर्चा चलि रहेको अवस्थामा सर्वसाधारणले भने दोहोर्याएर टिकट दिने प्रवृतिको अन्त्य गर्नुपर्ने कुरामा जोड दिएका छन् । हाल नगरको प्रमुख ÷उप–प्रमुख भएका व्यक्तिलाई जिल्ला समन्वय, प्रदेश सभा र राष्ट्रिय सभामा स्थान दिनुपर्ने सर्वसाधारणको भनाई रहेको छ ।

१९ फाल्गुन २०७८, बिहीबार २१:४५ मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
gurukulkhabar@gmail.com
sunaulokhabar@gmail.com

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा