Play

अन्नपूर्ण गाउँपालिकाका नवनिर्मित वडा कार्यालय भवनको निर्माण सम्पन्न

गुरुकुल खबर


कास्की जिल्लाको अन्नपूर्ण गाउँपालिका बिभिन्न तीन वटा वडाकार्यालय भवन निर्माण सम्पन्न गरिएको छ ।

जिल्ला समन्वय समिति कास्की र गाउँपालिकाको साझेदारी अन्तर्गत कूल दुई करोड ९ लाख ५४ हजार रुपैयाको लागतमा वडा नं. ३,४ र ५ वडाकार्यालय भवन निर्माण सम्पन्न गरिएको हो ।

गाउँपालिकाका वडा नं. ३ पाहुँदुरमा ६९ लाख ८८ हजार ७४९ रुपैया, वाँसखर्कमा ६९ लाख ३० हजार ५११ रुपैयाको लागतमा वडा नं. ४ र झोवाङस्थित ७० लाख ३५ हजार ५६६ रुपैयाको लागतमा वडा नं. ५ को वडाकार्यालय भवन निर्माण गरि सञ्चालनमा आएका हुन ।

दुईतल्ले सुविधा सम्पन्न उक्त पक्कि भवन निर्माणका लागि साझेदारी कार्यक्रम अनुसार कूल लागतको ६० प्रतिशत जिल्ला समन्वय समिति कास्की र ४० प्रतिशत गाँउपालिकाले व्यहोर्ने व्यवस्था छ ।

जिल्ला समन्वय समिति कास्कीका प्रमुख वैन बहादुर अधिकारी क्षेत्रीको नेतृत्वमा गएको एक टोलीले नवनिर्मित भौतिक पूर्वाधार एवम् सेवा प्रवाहका बारेमा स्थलगत अनुगमन गरि जानकारी लिएको छ ।

सो अवसरमा समन्वय प्रमुख अधिकारीले जनतालाई छिटोछरितो एवम् प्रविधियुक्त सेवा प्रदान गर्न भौतिक पूर्वाधारको महत्वपूर्ण भूमिका खेल्ने बताउनुभयो ।

समन्वय समितिको मौज्दात कोषबाट जिल्लाका पाँचवटै पालिकामा प्रशासकीय भवन तथा वडाकार्यालय भवन निर्माणमा जोड दिदै आएको बताउँदै उहाँले गुणस्तरीय भौतिक संरचना निर्माणमा प्राविधिकको वर्ग सचेत हुनुपर्नेमा जोड दिनुभयो ।

अनुगमन टोलीमा समन्वय उपप्रमुख सावित्री भण्डारी, सदस्यहरु बृहस्पति सापकोटा, विष्णुप्रसाद पौडेल,गुमादेवी अधिकारी, सितादेवी विश्वकर्मा, जिल्ला समन्वय अधिकारी नवराज बराल, अन्नपूर्ण गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत शेषकान्त पौडेल एवम् प्राविधिकहरुको सहभागिता रहेको थियो ।

सो अवसरमा वडा नं. ३ का वडाअध्यक्ष चन्द्रबहादुर गुरुङ, ४ का अध्यक्ष भरत के.सी र ५ का वडासचिव युवराज गुरुङ सहित गाउँपालिकाका प्राविधिकले भवन निर्माण तथा सेवा प्रवाहका बारेमा जानकारी गराउनु भएको थियो ।

टोलीले अन्नपूर्ण गाउँपालिका वडा नं. ५ झोवाङस्थित पर्यटकीय स्थल शितलगुफामा निर्माण भई रहेको बिभिन्न संरचनाका बारेमा पनि जानकारी लिएको थियो । उक्त गुफा परिसरमा २५ लाख ५१ हजार ८९० को लागतमा १०८ गौमुखे धारा निर्माण गरिएको छ । जसका लागि जिल्ला समन्वय समितिको १७ लाख ८६ हजार ३२३ र बाँकी गाउँपालिकाबाट आर्थिक सहयोग प्राप्त भएको थियो ।

 

१६ फाल्गुन २०७८, सोमबार २१:५० मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
[email protected]
[email protected]

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा