Play

राजन बने कास्की सिनियर भेट्रान्स टेनिस च्याम्पियन

गुरुकुल खबर


पोखरा , राजन पौडेलले रेवान पोखरा भेट्रान्स टेनिस प्रतियोगिता–२०७८ अन्तर्गत सिनियर भेट्रान्सको उपाधी जितेका छन् । आइतबार पोखरा रंगशालामा भएको फाइनल खेलमा गोपीबहादुर भट्टराईलाई ६–७, ६–२ र सुपरटाईमा १०–५ ले पराजित गर्दै पौडेलले सो उपाधीमा आफ्नों नाम लेखाएका हुन् ।

कास्की जिल्ला टेनिस संघको आयोजना तथा रेवान पोखराको मुख्य प्रायोजनमा सम्पन्न प्रतियोगिताको सिनियर भेट्रान्स डबल्सतर्फ गोपीबहादुर भट्टराई र धरमबहादुर लामिछाने प्रथम भए ।

फाइनल खेलमा गोपी÷धरम जोडीले नविन श्रेष्ठ र राजु गुरुङ्गको जोडीमाथि ६–३, ६–२ को नजिता निकाल्दै उपाधी चुम्न सफल भएका हुन् । प्रतियोगिताको नवप्रवेशितर्फको उपाधी भिष्मराज पौडेलले जित्दा राजेश गुरुङ्गले दोश्रो स्थानमा चित्त बुझाएका थिए ।

प्रतियोगितामा खुल्ला एकलतर्फका विजेताले नगद १५ हजार तथा दोश्रो हुनेले नगद ७ हजार ५ सय सहित ट्रफि पुरस्कार प्राप्त गरे । डबल्सतर्फ विजेताले नगद १० हजार तथा उपविजेताले नगद ५ हजार सहित ट्रफि पुरस्कार प्राप्त गरे भने नवप्रवेशितर्फका विजेता र उपविजेताले ट्रफि पुरस्कार प्राप्त गरेका छन् ।

विजयी खेलाडीहरुलाई कास्की जिल्ला खेलकुद विकास समितिका अध्यक्ष तोरणबहादुर बानियाँ, पु्रस्कारका प्रायोजक विकास गुरुङ्ग , नेपाल टेनिस संघका उपाध्यक्ष विनोद कायस्थ लगायतले एक समारोहका विच नगद सहित पुरस्कार वितरण गरे । समारोमा बोल्दै प्रमुख अतिथि बानियाँले कास्कीमा टेनिस खेलले ठूलै सफलता हाँसिल गरिसकेकोमा खुसि व्यक्त गरे ।

यहाँ हुने सर्वाधिक प्रतियोगिताहरुमध्ये टेनिस पनि एक भएको जनाउँदै उनले सम्पन्न प्रतियोगितामा पुरस्कार राशि स्वरुप नगद २० हजार तथा बन्न लागेको टेनिस कोर्ट निर्माणार्थ २५ हजार नगद सहयोग गर्ने घोषणा गरे ।

त्यस्तै प्रतियोगिताको मुख्य प्रायोजक रेवान पोखराका अध्यक्ष लक्ष्मण बरालले पोखरामा आयोजना हुने टेनिसका राष्ट्रिय तथा अन्र्तराष्ट्रिय प्रतियोगिताहरुले यहाँ खेलपर्यटनको विकासमा ठूलो टेवा पु¥याएको औल्याए ।

रेवानले आगामी वर्षहरुमा टेनिसको राष्ट्रिय प्रतियोगिता आयोजना गर्न सहयोग गर्ने प्रतिवद्धता जाहेर गरे । आयोजक संघका अध्यक्ष लोक गुरुङ्गको अध्यक्षतामा भएको कार्यक्रम सचिव नविन श्रेष्ठले सञ्चालन गरेका थिए ।

१६ फाल्गुन २०७८, सोमबार २१:४४ मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
[email protected]
[email protected]

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा