Play

कास्कीका क्रिकेट अफिसियलहरुलाई ज्याकेट हस्तान्तरण

गुरुकुल खबर


कास्की जिल्ला क्रिकेट संघले कास्कीको क्रिकेटमा लामो समयदेखि अफिसियलको भूंिमका निर्वाह गर्दै आएका क्रिकेट अफिसियलहरुलाई ज्याकेट हस्तान्तण गरेको छ । संघ कास्कीले शनिबार विहान पोखरा रंगशालामा एक समारोहका विच उनीहरुलाई नौं थान ज्याकेट हस्तान्तरण गरेको हो ।

संघ कास्की उपाध्यक्ष दिपेन्द्र प्रताप चन्दले अफिसियल दिलिप अग्रहरीलाई उक्त सामग्री हस्तान्तरण गर्नुभएको हो । सामग्री हस्तान्तरण गर्दै उपाध्यक्ष चन्दले उहाँहरुले क्रिकेट क्षेत्रमा अफिसियल पनि महत्वपूर्ण पक्ष भएको औल्याउनुभयो । साथै संघले छिट्टैनै संघ कास्कीका पदाधिकारीहरुका लागि पनि अफिसियल ज्याकेट हस्तान्तरण गरिने जनाउनुभयो ।

सो अवसरमा संघका कोषाध्यक्ष बिरेन्द्र पुन, पूर्व कोषाध्यक्ष जिम्मी गुरुङ्ग, कार्यसमिति सदस्य ऋषिकेश सर्मा, गोविन्द प्रधान लगायतको उपस्थित रहेको थियो । पत्रकार विनोद लामिछानेले सहयोग हस्तान्तरण कार्यक्रम सञ्चालन गर्नुभएको थियो ।

 

१६ फाल्गुन २०७८, सोमबार २१:३५ मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
[email protected]
[email protected]

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा