Play

जिपी कोइराला फाउण्डेशन कास्कीको संयोजकमा आचार्य

गुरुकुल खबर


पोखरा । जिपी कोइराला फाउण्डेशन कास्कीको संयोजकमा विजयराज आचार्य मनोनित भएका छन् । भने सहसंयोजकमा मोतीराज तिमिल्सिना मनोनित भएका छन् ।

नेपाली कांग्रेस कास्की क्षेत्र नं. २ का पूर्व क्षेत्रीय सभापति एवं महाधिवेशन प्रतिनिधिसमेत रहेका आचार्य र नेपाली कांग्रेस कास्की ३ (क) का उपसभापतिमेत रहेका तिमिल्सिनालाई फाउण्डेशनको गण्डकी प्रदेश समितिले कास्की संयोजकमा मनोनित गरेको हो ।

संयोजक आचार्य र सहसंयोजक तिमिल्सिनालाई फाउण्डेशनका प्रदेश संयोजक शारदा पौडेलले प्रमाणपत्र प्रदान गरेकी थिईन् ।

संयोजकमा मनोनित भएपछि संयोजक आचार्यले फाउन्डेशनलाई नयाँ उचाई दिन आफूले सक्दो कोसिस गर्ने प्रतिवद्धता जनाए ।

१४ फाल्गुन २०७८, शनिबार २२:१५ मा प्रकाशित
Nabintech