Play

कास्कीमा कांग्रेस महासमिति सदस्यको निर्वाचनमा सहमतीको सम्भावना कम

गुरुकुल खबर


पोखरा ।  नेपाली कांग्रेस कास्कीको महासमितिको सदस्यको निर्वाचन सहमतिका आधारमा हुने सम्भावना कम देखिएको छ । कास्कीको क्षेत्र नं १ र ३ मा सहमति क़ायम गरि महासमिति सदस्य निर्वाचित गरिएको भनिए पनि त्यहा समेत असन्तुष्टी क़ायम छ । महासमिति सदस्य निर्वाचन सहमतीका आधारमा हुने विश्वास गरिएपनि केही व्यक्तिको स्वार्थलाई मात्र हेर्न खोज्दा सहमति क़ायम हुन नसकेको बुझिएको छ ।

कास्की क्षेत्र नं २ बाट महासमिति सदस्यमा एउटै प्रदेशका लाई मात्र पार्न खोजिएपछि र केही महाधिवेशन प्रतिनिधिलाई वेवास्ता गरि हालिमुहाली गर्न खोजिएपछि असन्तुष्टी बढेको हो भने क्षेत्र नं १ र ३ मा पार्टीका सिनियरहरुलाई पाखा पारिएपछि असन्तुष्टी बढेको हो ।
कास्की क्षेत्र नं २ मा आवश्यक भन्दा बढ़ी उम्मेद्वारी परेको हुँदा सर्वसम्मत हुन हुन नसकेको हो ।

गत मंसिरको पहिलो साता निर्वाचन सकेको कांग्रेसले ३ महिनापछि मात्र महासमिति सदस्य पदका लागि निर्वाचन गर्न लागेको हो ।कास्कीमा कांग्रेसको महासमिति सदस्यको निर्वाचन फागुन ९ गतेलाई तय गरिएको छ । कास्कीका ३ वटै क्षेत्रबाट ३३ जना महासमिति सदस्य निर्वाचित हुनेछन् ।

क्षेत्र नं १ मा मनोनयन दर्ता गर्न खोज्नेहरुलाई समेत रोकिएको बताईन्छ । जसका कारण पूर्व महासमिति सदस्य गिरिराज गौतमले उमेदवारी दर्ताका लागि मनोनयन पत्र माग्दा निर्वाचन समितिका सदस्य हरुले मनोनयन पत्र सकिएको भन्दै दिएनन् तर गोप्य रुपमा गरिएको सहमती अनुसार सम्बन्धितहरुलाई भने गोप्यरुपमा नै मनोनयन पत्र दिएर उमेदवारी दर्ता गर्न लगाईएको थियो ।

कास्की क्षेत्र नं २ मा पनि क्षेत्रीय समितिले सहमती गर्ने नाममा गोप्य रुपमा केहीलाई मात्र मनोनयन पत्र दिएको बुझिएको छ । निर्वाचन समिति संग उमेदवारी दर्ताको लागि मनोनयन फारम माग्दा शुरुमा नदिएको तर किन नदिने भनि कारण सहित लेखेर दिनु भनेपछि बाध्य भएर मनोनयन फाराम दिएको र  अन्तिम समयमा उमेदवारी दर्ता गरेको महाधिवेशन प्रतिनिधि विजयराज आचार्यले बताए ।

आचार्य संगै लक्ष्मी पाण्डेले पनि उमेदवारी दर्ता गरेकी थिईन । त्यस पछि अन्य उमेदवारहरुले एकमुष्ठ जस्तै गरेर उमेदवारी दर्ता गरेको आचार्यले बताए । कास्की क्षेत्र नं २ मा आवश्यक भन्दा बढ़ी उम्मेद्वारी परेको हुँदा सर्वसम्मत हुन सकेन ।

कास्की -३ मा पनि पूर्व क्षेत्रीय सभापति पोषनाथ शर्मालाई र पूर्व राज्य मन्त्री महादेव गुरुडंलाई महासमिति सदस्यमा पारिएन । त्यस क्षेत्रमा शुक्रराज पक्षका हरु नै महाधिवेशन प्रतिनिधि धेरै रहेकोले उनिहरुकै कारण पोषनाथ र महादेवलाई महासमिति नबनाईएको बुझिएको छ । “ मलाई आंफ्नो टिममा नरहेको भन्दै महासमिति सदस्यमा समेटेनन् , अझ केहीले त पोषनाथ लाई रोक्न सके आँफुलाई पनि महासमिति नचाहिने भन्ने गरेको समेत सुनियो “ शर्माले भने !

शर्मा कास्की काँग्रेसको सभापतिमा भिड्दा आइबहादुर गुरुङले पराजय भोग्नु परेको शुक्रराज शर्मा गुटको निष्कर्ष थियो । त्यसकै प्रतिशोधमा पोषनाथलाई महासमिति सदस्य बन्न नदिइएको बताईन्छ ।

कास्कीको क्षेत्र नं ३ मा सर्वसम्मत चुनिएका महासमिति सदस्यहरूमा खुलातर्फ शुक्रराज शर्मा, खेमराज पौडेल, आईबहादुर गुरूङ, रामचन्द्र त्रिपाठी, दीपक गुरूङ महिलामा शारदा पौडेल र टेकनशोभा गुरूङ खसआर्यमा बाबुराम आचार्य र सिता अधिकारी आदिवासी रजनजाती तर्फ ख़ुशीमान गुरूङ साथै दलितमा उदय नेपाली रहेका छन् ।

त्यस्तै क्षेत्र नं १ मा खुलामा तारानाथ रानाभाट, कृष्ण बहादुर केसी, विकास लामा, सुदीप मोहन भट्टराई र किशोरदत्त बराल, महिलामा सरस्वती गुरूङ र माया बराल, खस आर्यमा यज्ञ बहादुर थापा र कोपिला रानाभाट, आदिबासी र जनजातीमा दीपक गुरूङ र दलितमा कुमार सुनार सर्वसम्मत भएका छन् । कास्की १ मा कास्की काँग्रेसको सभापतिमा प्रत्यासी बनेका नेता गिरिराज गौतमलाई समेटिएको छैन ।

यसैगरी क्षेत्र नम्बर दुईमा खुला महिलामा कुमारी मुना बास्तोला, लक्ष्मी पाण्डे र रंगीला आचार्य खुलातर्फ कुमार खड़का, सोभियत बहादुर अधिकारी, माधव प्रसाद बास्तोला, देवराज चालीसे, विजयराज आचार्य र विन्दुकुमार थापाको मनोनयन दर्ता भएको निर्वाचन अधिकृत अधिवक्ता बिष्णु मरासिनीले बताए ।

५ खुला र २ महिला निर्वाचित हुनेमा आवश्यक भन्दा बढ़ीको मनोनयन दर्ता भएकोले सर्वसम्मत हुन नसकेको मरासिनीले बताए । उनका अनुसार बाँक़ी पद खस आर्यमा ऋषि काफले र कोपिला तिवारी आदिवासी जनजातिमा वीरेन्द्रनारायण बिजुक्छे र दलितमा अर्जुनकुमार विश्वकर्मा सर्वसम्मत चयन भएका छन ।

निर्वाचनका लागि कार्यतालिका ६ गते मतदाता नामावली प्रकाशन, ७ गते मनोनयन दर्ता, ८ गते उम्मेद्वारकोअन्तिम नामावली प्रकाशन र ९ गते मतदान रहेको निर्वाचन संयोजक अधिवक्ता कपिलमणि दाहालले जानकारी दिए।

३ स्थानमा तय गरिएको मतदान केन्द्र अन्तर्गत कास्की क्षेत्र नं. १ को लागि खुदीको वीपी स्मृति भवन, क्षेत्र नं. २ को जिल्ला पार्टी कार्यालय र क्षेत्र नं ३ का लागि क्षेत्रीय पार्टी कार्यालय हेम्जामा निर्वाचन केन्द्र तोकिएको थियो । निर्वाचनमा पार्टीका सबै क्षेत्रीय प्रतिनिधिले मतदान गर्न पाउने विधानमा उल्लेख छ ।

जिल्ला अधिवेशन सकिएलगत्तै महासमिति सदस्य पदमा निर्वाचन गर्नुपर्नेमा निर्वाचनका कारण पार्टीकाप्रतिनिधि, उम्मेदवार, आयोजक, निर्वाचन कर्मचारीलगायत सवैमा थकान भएपछि पछि सारिएको कांग्रेसले बताएको थियो ।

कांग्रेस नेता कार्यकर्ता गुट-उपगुटमा लागेपछि त्यतिबेला महासमिति सदस्य पदको निर्वाचन गर्न कांग्रेसलाई गाह्रो परेको थियो । अहिले प्रदेश अधिवेशन र केन्द्रीय महाधिवेशन सकिएपछि जिल्लामा महासमितिकिो निर्वाचन गर्न कांग्रेस तत्पर देखिएको हो ।

कांग्रेसको महासमिति सदस्य निर्वाचन कार्यतालिका अनुसार मतदाता नामावली शुक्रबार प्रकाशन भएकोथियो ।

कांग्रेसको विधानको धारा ११ को उपधारा ३ (क) बमोजिम केन्द्रीय महासमिति सदस्य पदका लागि निर्वाचन हुन लागेको हो । निर्वाचन ११ पदमा हुने छ । महिला सदस्य (प्रत्यक्ष) २ जना, खुला सदस्य (प्रत्यक्ष) ५ जना, महिला, दलित, आदीवाशी जनजाती, खस आर्य, मधेसी, थारु, मुस्लिम, पिछडिएको क्षेत्र समेतबाट ४ जना निर्वाचित हुने कांग्रेसले जनाएको छ ।

८ फाल्गुन २०७८, आईतवार ११:४४ मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
[email protected]
[email protected]

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा