Play

कास्कीमा पनि दुध तथा दुग्ध पदार्थको मूल्य वढ्यो

गुरुकुल खबर


पोखरा , कास्की दुध व्यवसाय संघ कास्कीको आइतबार वसेको वैठकले दुध तथा दुग्ध पदार्थमा मुल्य वृद्धि गरेको छ ।

निर्णय अनुसार किसानहरुको व्यावसायिक उत्पादनमा पर्न गएको लागत मूल्यमा भएको वृद्धिले गर्दा सम्पूर्ण उत्पादनमा लागेका व्यावसायिक किसानहरुलाई व्यवसाय संचालनमा पर्न गएको विविध समस्याहरुका कारण मुल्य वृद्धि गरिएको हो ।

साथै संघले आइतवार एक प्रेश विज्ञप्ती प्रकाशित गरी नेपाल सरकारले २०७८ माघ १७ गते दुधमा गरेको मूल्य वृद्धिलाई पनि मध्यनजर राख्दै यहि मिति २०७८ फागुन ०५ बाट लागु हुने गरी बढेको जनाएको छ ।

संघका अध्यक्ष विरेन्द्र भण्डारीद्धारा हस्ताक्षरित विज्ञप्तीमा दुध तथा दुग्ध पदार्थको मूल्यमा ७०% किसानहरुलाई र ३०% व्यवसायीहरुलाई रहने गरी दुधको मूल्य वृद्धि भएको निर्णय गरिएको तथा यसबाट उपभोक्ता वर्गमा पर्न गएको असुविधा प्रति कास्की दुध व्यवसायी संघ क्षमा प्रार्थी भएको वताएको छ ।

फ्याट ६÷एसएनएफ ८ भएको भैसीँको दुध प्रतिलिटर एक सय ३० रुपैया, फ्याट ५÷एसएनएफ ८ भएको भैसीँको दुध प्रतिलिटर एक सय २० रुपैया, फ्याट ४÷एसएनएफ ८ भएको गाईको दुध प्रतिलिटर एक सय, नौनी ध्यु प्रतिकेजी नौ सय, पनिर प्रतिकेजी आठ सय, कुराउनी प्रतिकेजी एक हजार, चिज प्रतिकेजी एक हजार एक सय, ध्यु प्रतिलिटर एक हजार एक सय, सादा दहि प्रतिलिटर एक ४०, वट्टा दहि (स्पेशल) प्रतिलिटर एक सय ७० मुल्य कायम गर्ने निर्णय गरिएको सचिव जमुना ढकालले वताईन्।

 

१ फाल्गुन २०७८, आईतवार १९:२८ मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
[email protected]
[email protected]

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा