Play

चुनाव चिन्ह नदिने कानुनी व्यवस्थाका विरुद्ध सङ्घर्ष गर्ने २४ दलको निर्णय

गुरुकुल खबर


राष्ट्रिय मान्यता प्राप्त नगरेका राजनीतिक दलहरूलाई स्थानीय निर्वाचनमा पार्टीको चुनाव चिन्ह नदिने कानुनी व्यवस्थाका विरुद्ध सङ्घर्ष गर्न २४ वटा दलहरूले सङ्घर्ष समिति गठन गरेका छन् ।
विवेकशील साझा पार्टीको केन्द्रीय कार्यालयमा बसेको उक्त बैठकले निर्वाचन आयोगमा दर्ता भएर सम्पूर्ण विधि प्रक्रिया पुरा गरेका दलहरूलाई स्थानीय निर्वाचनमा पार्टीको चुनाव चिन्ह प्रयोग नदिने कानुनी व्यवस्था घोर अन्यायपूर्ण भएको ठहर गरेको छ ।
उक्त बैठकले सबै दलहरूले समान रूपमा आफ्नो दलको चुनाव चिन्ह स्थानीय निर्वाचनमा प्रयोग गर्न पाउनुपर्ने विषयमा गरेका यस अघि भएका सामूहिक सङ्घर्ष तथा पहलकदमीहरूको समेत अपनत्व लिँदै “चुनाव चिन्ह सङ्घर्ष समिति” गठन गरि तुरुन्तै दबाबमूलक कार्यक्रमहरू आयोजना गर्ने निर्णय गरेको छ ।
साथै राष्ट्रिय मान्यता प्राप्त नगरेका आजको बैठकमा अनुपस्थित अन्य दलहरूलाई पनि “चुनाव चिन्ह सङ्घर्ष समिति”मा सहभागी हुन आह्वान गरेको छ ।
 बैठकमा निम्न दलहरूको सहभागिता तथा समर्थन थियो:
(१) आमूल परिवर्तन मसिहा पार्टी
(२) एकीकृत शक्ति नेपाल
(३) जनजागरण पार्टी नेपाल
(४) जनता समाजवादी पार्टी, नेपाल
(५) नेकपा (समाजवादी)
(६) नेपाल आमा पार्टी
(७) नेपाल दलित पार्टी
(८) नेपाल परिवार दल
(९) नेपाल विवेकशील पार्टी
(१०) नेपाल सङ्घीय समाजवादी पार्टी
(११) नेपाल समाजवादी पार्टी
(१२) नेपाल समाजवादी पार्टी (लोहियावादी)
(१३) नेपाल सुशासन पार्टी
(१४) नेपाली काँग्रेस (वी. पी.)
(१५) नेपाली जनता दल
(१६) बहुजन समाज पार्टी नेपाल
(१७) मौलिक जरोकिलो पार्टी
(१८) राष्ट्रिय जनमुखी पार्टी लोकतान्त्रिक
(१९) राष्ट्रिय प्रजातन्त्र पार्टी
(२०) विवेकशील साझा पार्टी
(२१) समाजवादी पार्टी नेपाल
(२२) सर्वदलीय सङ्घीय परिषद्
(२३) सामाजिक लोकतान्त्रिक पार्टी
(२४) सामाजिक लोकतान्त्रिक पार्टी

२९ माघ २०७८, शनिबार ०७:११ मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
gurukulkhabar@gmail.com
sunaulokhabar@gmail.com

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा