Play

एमसिसी संसदमा टेबल गर्ने जिम्मेवारी सभामुखको हो – कांग्रेस प्रवक्ता महत

गुरुकुल खबर


काठमाडौं : नेपाली कांग्रेसका नेता एवं प्रवक्ता डा प्रकाश शरण महतले पार्टीको आधिकारिक धारणा सुस्पस्ट ढंगबाट बाहिर ल्याउने आफ्नो जिम्मेवारी रहेको स्पष्ट पारेका छन ।

नेपाली कांग्रेसको कम्जोरी भनेकै जनतासमक्ष स्पस्ट कुरा राख्न नसक्नु पनि हो। म यो जिम्मेवारीमा रहेर हरेक विषयमा कांग्रेसको धारणा स्पस्टरुमा बाहिर ल्याउछु।” नेपाल प्रेस युनियनले आयोजना गरेको बधाई तथा सम्मान कार्यक्रममा बोल्दै कांग्रेस प्रवक्ता डा महतले भने ।
पार्टीलाई पूर्णरुपमा मिडियामैत्री बनाउन म लाग्ने छु।

राष्ट्रिय मुद्दामा महत्वपूर्ण विषयमा जनतामा भ्रम सृजना गर्ने काम भइरहेकोमा चिन्ता प्रकट गर्दै डा महतले मिडियाले वास्तविक विषयमा छलफल बहस चलाउनुपर्नेमा जोड़ दिए ।

हिजो अरुण तेस्रो जलविद्युत आयोजना कांग्रेस नेतृत्वको सरकारले अघि बढाउन खोज्दा त्यो काम राष्ट्रियताको हित विपरित छ भनेर देशभर गलत हल्ला फैलाएको प्रसंग उल्लेख गर्दै महतले अहिले एमसिसीमा पनि त्यही भएको बताए। एमसिसी नेपालजस्ता विकाशोन्मुख देशको मागका आधारमा तयार भएको परियोजना रहेको बताउदै महतले सबै सरकार यसको पक्षमा रहेको बताए।

सत्तामा पुगेका सबै दल एमसिसी परियोजना अघि बढाउन लागेका छन्। कसैको पनि असहमति छैन। ओली नेतृत्वको सरकारकै पालामा एमसिसी संसदमा लिने सहमति गरिएको महतले बताए ।

कुनै पनि जिमेवार दलले चुप लागेर बस्नु दुखद रहेको बताउँदै उनले एमसिसीको सत्य कुरा के हो त्यसबारे सबै नेताले स्पस्ट बोल्नुपर्नेमा जोड़ दिए ।एमसिसी नेपालकै प्राथमिकतामा निशुल्क सहयोग परियोजना भएको र अमेरिकाले दिने अनुदान भएकोले फिर्ता गर्नु नपर्ने जानकारी गराए ।

नेपालकै कानुन अनुसार संचालन हुने परियोजना लाई इन्डोप्यासिफिक एवं सैन्य परियोजना भनेर भ्रम छर्ने प्रयास दुर्भाग्यपूर्ण रहेको उनको भनाई थियो। कुनै परियोजनामा श्रृण दिने देशले आफ्नै देशको ठेकेदार पठाउछ, सामग्री पठाउछ तर त्यसको विरोध नहुनु र एमसिसीको विरोध हुनु दुर्भाग्य रहेको बताउंदै अनावश्यक रुपमा भ्रम छर्ने काम हुनु गलत हो।

एमसिसीबारेमा संसदमा बुँदागतरुपमा छलफल हुनुपर्ने र संसदमा टेबल गर्ने जिम्मेवारी सभामुखको रहने महतको भनाई थियो ।

कार्यक्रममा नेपाल टेलिभिजनका नवनियुक्त कार्यकारी अध्यक्ष समीरजंग शाहलाई पनि बधाई ज्ञापन गरिएको थियो ।

नेपाल प्रेस युनियनका अध्यक्ष अध्यक्ष बद्री सिग्देलले कांग्रेस पार्टी मिडियामैत्री हुनुपर्ने कुरामा जोड दिएका थिए ।

 

२८ माघ २०७८, शुक्रबार १६:१७ मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
[email protected]
[email protected]

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा