Play

तीन गाउँले थकाली समुदायले मनाए नयाँ वर्ष (ल्हो सम्प)

गुरुकुल खबर


पोखरा, पोखरामा बसोबास गर्ने तीन गाउँले थकाली समुदायले आफ्नो नयाँ वर्ष (ल्हो सम्प) सामूहिक रुपमा मनाएका छन् । ताक ल्हो आगमनको अवसरमा तीन गाउँले थकाली सेवा समाजले शुभकामना आदानप्रदान कार्यक्रम तथा मुस्ताङ (थाक, ठिनी, स्याङ र चिमाङ)का तीन गाउँले थकाली समुदायको मातृभाषाको अवस्थाबारे अन्तरक्रियात्मक गोष्ठी सम्पन्न गरेको छ ।

आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानको सहयोगमा भएको सो कार्यक्रममा प्रतिष्ठानका पूर्व सदस्य सचिव एवं भाषाविद् लोकबहादुर थापामगरले मातृभाषासम्बन्धी सहजीकरण गर्नुभएको थियो ।

कार्यक्रममा नेपाल आदिवासी जनजाति महासंघ, गण्डकी प्रदेश समन्वय परिषद्का अध्यक्ष खेम पुनमगरले आदिवासी जनजाति समुदायको मौलिक चाडपर्व लोप हुन लागेको भन्दै आफ्नो पहिचान जोगाउन आफैं सचेत हुने बेला आएको बताउनुभयो ।

तीन गाउँले थकाली सेवा समाजका पूर्व अध्यक्ष एवं सल्लाहकार तेजबहादुर थकालीले तीन गाउँले थकाली समुदायको मातृभाषा लोप हुँदै जान थालेकोमा चिन्ता व्यक्त गर्दै मातृभाषा संरक्षणका लागि राज्यले विशेष लगानी गर्नुपर्ने भनाइ राख्नुभयो ।

सो अवसरमा तमु धिं नेपालका अध्यक्ष हुमबहादुर गुरुङ, नेपाल आदिवासी जनजाति महासंघ, जिल्ला समन्वय परिषद्, कास्कीका अध्यक्ष धर्म गुरुङ, नेवाः खलः, कास्कीका अध्यक्ष अशोक पालिखे, नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज), गण्डकी प्रदेशका महासचिव रूद्रबहादुर श्रीसमगरलगायतले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो ।

तीन गाउँले थकाली सेवा समाजका अध्यक्ष गणेशलाल थकालीको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन सचिव शिव थकाली र सह–सचिव सूर्यराम थकालीले स्वागत मन्तव्य व्यक्त गर्नुभएको थियो ।

२० पुष २०७८, मंगलवार ०७:१० मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
[email protected]
[email protected]

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा