Play

बाल अधिकार सुनिश्चित हुनुपर्छ—उपसभामुख शर्मा

गुरुकुल खबर


गण्डकी, १९ पुस (रासस) गण्डकी प्रदेशका उपसभामुख सिर्जना शर्माले भविष्यका कर्णाधार बालबालिकाका नैसर्गिक हक अधिकार सुनिश्चित हुनु पर्ने बताउनु भएको छ ।लमजुङ जिल्लाको वेशिसहर नगरपालिका वडा नं. ६ लाई बालमैत्री वडा घोषणा गर्दै उहाँले घर भित्र र बाहिर बाल अधिकार सुनिश्चित हुनु पर्ने आवश्यकता औल्याउनु भयो ।

गण्डकी प्रदेशले हालसम्म ५६ वटा कानून निर्माण गरेको बताउँदै उहाँले निकट भविष्यमा बालमैत्री कानून निर्माण गर्ने तयारीमा रहेको जानकारी दिनुभयो ।मुलुकबाट भूर्ण हत्या गर्ने र गराउने प्रवृत्तिको सदाका लागि अन्त्य हुनु पर्नेमा जोड दिंदै उहाँले भन्नुभयो, त्यसका लागि तीनै तहका सरकार, अभिभावक लगायत सम्वद्ध निकायको ध्यान पुग्नु जरुरी छ ।

कार्यक्रममा संविधान सभा सदस्य टुका हमालले अभिभावक एवम् विद्यालय र सिंङ्गो समाजले गर्ने व्यवहारबाट बालबालिकाको भविष्य निर्धारण गर्ने बताउँदै बच्चा गर्भमा रहेदेखिनै सुरक्षित हुनु पर्नेमा जोड दिनुभयो ।

जिल्ला समन्वय समिति लमजुङका प्रमुख लोकराज पाण्डेले बालमैत्री महासन्धिका ५१ वटा बालमैत्री सुचक पुरा गरेको आधारमा बालमैत्री वडा घोषणा गरिएको जानकारी दिंदंै यसको निरन्तरताका लागि सवैको साथ र सहयोग आवश्यक रहने विश्वास व्यक्त गर्नुभयो । उक्त वडा सहित जिल्लाका हालसम्म कोलास्वथर गाउँपालिका वडा नं. १, वेशिसहर नगरपालिका वडा नं. १ बालमैत्री वडा घोषणा भई सकेका छन् छ ।

वेशिसहर नगरपालिकाका प्रमुख गुमानसिंह अर्यालले बालबालिकाको बाच्न पाउने, संरक्षण, विकास एवम् सहभागिता सुनिश्चित गर्ने लक्ष्यका साथ नगरपालिकाले बाल अधिकार संरक्षण तथा सम्वद्र्धन कार्यविधि २०७८ स्वीकृत गरि कार्यान्वयनमा ल्याएको जानकारी दिनुभयो ।

वडा कार्यालयद्धारा प्रकाशित बालबालिकाको वस्तुगत विवरण २०७८ कोे विमोचान गरिएको कार्यक्रममा बालमैत्री वडा घोषणा गर्न सहयोग पु¥याउने विद्यालयका छात्रछात्रा, आमा समुह सहित बिभिन्न संघसंस्थालाई सम्मानपत्रले सम्मान गरिएको थियो ।

वडाअध्यक्ष भोजबहादुर रिमालको अध्यक्षतामा भएको कार्यक्रमा नेकपा एमाले हिरा विश्वकर्मा, नेपाली कांग्रेसका नारायण बहादुर रिमाल, नगर उपप्रमुख लक्ष्मीदेवी अधिकारी वडा नं. ८ का वडाध्यक्ष पवित्रा राना, ग्रामिण सामुदायिक विकास केन्द्र (आरसीडीसी) जिल्ला अध्यक्ष पद्मा गुरुङ, गंगा मिलन माविका प्रअ टंकबहादुर अधिकारी लगायतले बालबालिकाको शारिरीक एवम् मानसिक विकासको लागि आवश्यक पोषणयुक्त आहार, खोप, बातावरणमैत्री भौतिक संरचना लगायतमा ध्यान दिनुपर्ने आवश्यकता औल्याउनुभयो ।

बाल अधिकार सुनिश्चितता, गौरपूर्ण, स्वाभिमान बालमैत्री वडा कार्यान्वयन, दिर्घकालीन अभियान भन्ने मूल नारा सहित उक्त घोषणा कार्यक्रममा विद्यालयका छानछात्राद्धारा सन्देश मुलक नाटक एवम् विविध नृत्य प्रस्तुत गरेका थिए । तस्वीर उपलव्ध छ ।

हरि बास्तोला

 

 

१९ पुष २०७८, सोमबार १०:४८ मा प्रकाशित
Nabintech