Play

कास्कीका बिधान र बिशालको जोडीलाई हरिसिद्धि ब्याडमिन्टन उपाधी

गुरुकुल खबर


कास्कीका बिधान अधिकारी र बिशाल खड्को जोडीले हरिसिद्धि खुल्ला ब्याडमिन्टन प्रतियोगिता २०७८ को उपाधी उचालेका छन् । उक्त जोडीले प्रयागपोखरी ब्याडमिन्टन क्लबका पनिव लिनथेप र सुरोज महर्जनको जोडीलाई २१–१९, १९–२१ र २२–२० को सेटले पराजित गर्दै उपाधी उचालेका हुन् । बिधान र बिकासको जोडीले पविन र सुरोजको जोडीलाई बा¥हबिसे कपमा पनि पराजित गर्दै उपाधी उचालेका थिए ।

बिजयी टिमले ५० हजार नगद मेडल, ट्रफी र प्रमाण पत्र प्राप्त गरे । यस्तै उपबिजयी टिमले २५ हजार सहित मेडल, ट्रफी र प्रमाण पत्र प्राप्त गरे । तृतीय स्थान प्राप्त गरेका बुटवलका बिश्वास नेपाल र गणेश रायमाझी तथा एपिएफका पेम्बा शेर्पा र चितवनका राजु थापाको जोडीले नगद १० हजार, मेडल, प्रमाण पत्र र ट्रफी प्राप्त गरे ।

हरिसिद्धिस्थित आयोजककै आफ्नै कभर्डहलमा भएको प्रतियोगिताको पुरुष यु १९ तर्फको प्रतिस्पर्धामा सिक्सटिन फिदरका क्षितिज खनालले उपाधी हत्याए । उनले बालकुमारी रिमिक्स क्लबका आयुश्मान नागरीलाई २१–१२, २२–२० ले पराजित गर्दै उपाधी कब्जा गरेका हुन् । बिजयी खनालले नगद १५ हजार सहित मेडल, ट्रफी र प्रमाण पत्र प्राप्त गरे । उपविजयी नागरीले नगद १० हजार मेडल, ट्रफी र प्रमाण पत्र प्राप्त गरे । यस्तै तृतीय स्थान प्राप्त गरेका सूर्यदर्शन ब्याडमिन्ट क्लबका सन्तोष पनेरु र क्लब सेभेनका डेभिड थापा मगरले नगद ५ हजार सहित मेडल, ट्रफी र प्रमाण पत्र प्राप्त गरे ।

यस्तै महिला यु १९ तर्फ योङ्गुबहालकी रोज पाण्डेले उपाधी जितिन् । उनले बालकुमारी रिमिक्स क्लबकी प्राथना देउबामाथी २१–१८, २१–१४ को सहज जित निकालिन् । बिजयी पाण्डेले नगद १५ हजार सहित मेडल, ट्रफी र प्रमाण पत्र प्राप्त गरिन् । यस्तै उपबिजयी देउबाले नगद १० हजार मेडल, ट्रफी र प्रमाण पत्र प्राप्त गरिन् । तृतीय स्थान प्राप्त गर्ने धादिङ्गकी बविता पुरी र भिन्छेबहालकी कृष्मा बज्राचार्यले नगद ५ हजार सहित मेडल, ट्रफी र प्रमाण पत्र प्राप्त गरे ।

चार दिस सम्म संचालन भएको भेट्रान युगल तर्फ पिएफसीका संजय कपाली र श्याम लामाको जोडी तथा कास्कीका दलराज आले र मनबहादुर रानाको जोडी विच भएको प्रतिस्पर्धामा संजय र श्यामको जोडीले जित निकाले । उक्त जोडीले २१–१९, २१–१८ को जित हात पारेको हो । बिजयी टोलीले नगद ३० हजार, मेडल, ट्रफी र प्रमाण पत्र प्राप्त गरे ।

यस्तै उपबिजयी टिमले नगद १५ हजार, ट्रफी, मेडल र प्रमाण पत्र प्राप्त गरे । तृतीय स्थान प्राप्त गर्ने आईबिएससीका लक्ष्मण बि.सी. र दिलबहादुर कदङ्गवाको जोडी तथा कालिका क्लबका लोकेश्वर भक्ति र पुर्ण श्रेष्ठको जोडीले नगद प्रत्येक टिमले ७ हजार ५ सय, मेडल, ट्रफी र प्रमाण पत्र प्राप्त गरे ।

१५ लाख अनुमानित लागत रहेको प्रयिोगितामा यु १९ पुरुष तथा महिला एकल खुल्ला, पुरुष युगल र भेट्रान ४५ माथी गर चार विधामा प्रतिस्पर्धा भएको थियो । यु १९ पुरुष एकल तर्फ ५० खेलाडी, महिला एकल तर्फ १३, पुरुष युगलमा ५५ जोडी र भेट्रान ४५ बर्ष माथी २१ जोडीले प्रतिस्पर्धा गरेका थिए ।

बिजयी खेलाडीहरुलाई प्रमुख अतिथी उर्जा, जलश्रोत तथा सिंचाई मन्त्री पम्फा भुषालले पुरस्कार वितरण गरेकी थिईन् ।

४ पुष २०७८, आईतवार १७:५६ मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
[email protected]
[email protected]

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा