Play

चितवनको किसान दानाको आठौं बिक्री डिपो पोखरामा

गुरुकुल खबर


पोखरा,  पोल्ट्रि क्षेत्रमा अग्रणी दाउन्ने समूहको किसान दाना उद्योगले संकलन गर्ने अण्डा बिक्रीका लागि आठौं डिपो आजबाट पोखरामा शुभारम्भ गरेको छ । पोखरा महानगरपालिका वडा नं २ बाग्लुङ बसपार्कमा स्थापित डिपोको पोखरा उद्योग वाणिज्य संघका बरिष्ठ उपाध्यक्ष पवन कुमार प्रजापतिले उद्घाटन गर्नुभयो ।

घरघरमा अण्डा पु¥याउने उद्देश्यका साथ पोखरामा डिपो सञ्चालन गरेकोमा खुसी व्यक्त गर्दै उहाँले देशभर शाखा बिस्तार गर्न शुभकामना दिनुभयो ।

कार्यक्रममा किसान दाना उद्योग प्रा.लिका अध्यक्ष रघुनाथ भट्टले किसानबाट पाँचौ तह पार गरेर मात्र उपभोक्ताकोमा अण्डा पुग्दै आएकोमा अब सोझै उपभोक्तासम्म पु¥याउने उद्देश्यका साथ काम थालिएको बताउनुभयो । दाउन्ने समुहको आफ्नै लगानी र साझेदारीमा दाना उद्योग, पोल्ट्री फार्म, मल प्रशोधन केन्द्र, भेटेनरी पसल, चल्ला उत्पादन गर्ने ह्याचरी, क्रेट उद्योग लगायतका उद्योग र उत्पादनमा लगानी रहेको जानकारी दिदै उहाँले समुहले नेपालमा नै सबैभन्दा बढी कुखुरा पाल्ने लक्ष्य राखेको बताउनुभयो ।

उद्योगका कार्यकारी निर्देशक बिनोद पोख्रेलले देशभर ३० भन्दा बढी बिक्री केन्द्रमार्फत घरदैलोका किराना पसलसम्म अण्डा पु¥याउने लक्ष्य लिइएको जानकारी दिनुभयो । उहाँका अनुसार उद्योगको समेत लगानी रहेको नवलपरासीको विनयीत्रिवेणी गाउँपालिका वडा नम्बर ३ स्थित दाउन्ने एग्रो फार्ममा दैनिक ६ सय ५० पेटिसम्म अण्डा संकलन हुने गरेको छ भने उद्योगबाट दाना किन्ने किसानबाट दैनिक ६ सय ५० पेटि अण्डा उत्पादन हुने गरेको छ ।

उद्योगले सुर्खेतको सनिहिल लाइन, काठमाडौंको पेप्सीकोला, जोरपाटी, नक्साल, सामाखुशि, नयाँ वजार, इटहरीमा बिक्रीकेन्द्र खोलेको र काठमाडौंकै नैकाप र बनस्थलिमा पनि थप दुईवटा डिपो खोल्ने उक्त अवसरमा जानकारी दिइयो ।

हाल तीन लाख हाराहारी कुखुरा पालेको यस समूहले यो संख्या आठ लाख पु¥याउने लक्ष्य लिइएको निर्देशक दोर्ण लामिछानेले जानकारी दिनुभयो । अहिले दुई अर्ब भन्दा बढी लगानी भईसकेको र पूर्णरुपमा लक्ष्य अनुसार कुखुरा पाल्दै गर्दा चार अर्ब ५० करोड हाराहारी लगानी पुग्ने उहाँको भनाइ छ ।

उद्योगले ह्याप्पि एग नामबाट ब्राण्डीङ गरि आकर्षक प्याकिङ्मा काठमाडौंमा बिक्री गर्दै आएको र पोखरा तथा सुर्खेतमा पनि ब्राण्डिङ गरेको ह्याप्पि एग बिक्री गर्ने लामिछानेले जनाकारी दिनुभयो ।

कार्यक्रममा नेपाल अण्डा उत्पादक संघका पूर्व केन्द्रिय उपाध्यक्ष एवम् नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य बाबुराम गिरी, पूर्ब महासचिब मदन पोख्रेल, दाउन्ने एग्रो फर्मका भूवन लामिछाने लगायतले सफलताको शुभकामना व्यक्त गर्नुभयो ।

 

२२ मंसिर २०७८, बुधबार १९:२१ मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
[email protected]
[email protected]

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा