Play

कांग्रेस महाधिवेशनमा कास्कीबाट दर्जन बढ़ी केन्द्रीय सदस्यका आकांक्षी

गुरुकुल खबर


नेपाली कांग्रेसको १४ औं महाधिवेशन नजिकिंदै जांदा आंफुलाई उमेदवारको रुपमा प्रस्तुत गर्नेहरुको संख्या पनि बढ्दो छ । कास्की जिल्लाबाट मात्र पनि केन्द्रीय सदस्यमा उमेदवारी दिन चाहनेहरुको संख्या १ दर्जन बढ़ी पुगेको छ ।
आंफुलाई केन्द्रीय सदस्य एवं अरु पदको लागि प्रस्तुत गर्न चाहनेहरुले कुन गुट बाट उमेदवारी दिने भन्ने खुलाएका छैनन तर आंफु नजिकको नेताको गुटमा पर्नका लागि निरन्तर पहल गरिरहेका छन ।
केन्द्रीय सभापतिमा शेर बहादुर देउवा सहित रामचन्द्र पौडेल, बिमलेन्द्र निधी , शसांक कोईराला , प्रकाशमान सिंह र शेखर कोईरालाले उमेदवारी दिने चर्चासंगै कुन नेताको टिममा पर्न सकिन्छ भन्दै आंफ्नै तरिकाले प्रयास गरिरहेका छन । तर देउवा ईतर नेताहरु एक भएर चुनाबमा गए भने कास्कीका सबै आकंक्षीहरुले पनि उमेदवारी दिने आंट गर्न सक्ने अवस्था देखिंदैन । यस्तो अवस्था आएमा उमेदवारी दिनेको संख्यामा आधा भन्दा कमी आउन सक्छ ।
यस पटकको केन्द्रीय महाधिवेशनमा उमेदवारी दिने चाहाना राख्ने पुरुष नेताहरु खेमराज पौडेल, यज्ञ बहादुर थापा , शोभियत बहादुर अधिकारी, देवराज चालिसे, ऋषिराम क़ाफ्ले , बिरेन्द् नारायण बिजुक्छे , सुदिप मोहन भट्टराई ,गुरु बराल, महादेव गुरुडं र,डा कृष्ण प्रसाद पौडेल ,  लगायतका रहेका छन भने महिला नेतृहरु शारदा पौडेल , माया बराल , सरस्वती गुरुडं , लक्ष्मी पाण्डे र नम्रता बराल लगायतका रहेका छन ।
केन्द्रीय समितिमा सदस्य रहेका जीवन परियार र पूर्व मन्त्री यज्ञ बहादुर थापाले सह महामन्त्री बन्ने चाहना राखेका छन ।
नेता खेमराज पौडेल, शोभियत अधिकारी केन्द्रमा देउवा पक्षका भनेर चिनिन्छन तर केन्द्रमा देउवा भन्न रुचाउने अन्य केही नेताहरुले पालिका , प्रदेश र क्षेत्रको अधिवेशनमा भने देउवा निकट मानिने उमेदवारलाई असहयोग गर्ने र आंफु अनुकुलका उमेदवार बनाउने वा देउवा ईतर मानिएका उमेदवार लाई सहयोग गर्ने काम गरेका थिए ।
पुर्व मन्त्री थापा , केन्द्रीय सदस्य परियार र नेता चालीसे देउवा बिरोधी भनेर चिनिएपनि पौडेल र कोईरालाको आन्तरिक सह गुटमा उनिहरुपनि एकै ठाउंमा देखिंदैनन ।
पुर्व मन्त्री महादेव गुरुडं कहिले देउवा र कहिले पौडेल अनि कहिले कोईराला भन्दै महाधिवेशन प्रतिनिधि बनेको छन तर केन्द्रमा कसको पछि देखिन्छन भन्ने अनुमान गर्न कठिन छ । जिल्लामा भने गुरुडंको प्रभाव निकै कमजोर भएकोले पनि उनि एउटै खेमामा दरों गरि उभिन नसकेको बताईन्छ । डा  पौडेल कांग्रेसको शिक्षा विभाग का केन्द्रीय सचिव हुन ।
अन्य युवाहरु ऋषि क़ाफ्ले तरुण दलका पूर्व केन्द्रीय सदस्य हुन, उनि केन्द्रमा बालकृष्ण खांण र कोईराला संग नजिक मानिन्छन तर जिल्लामा भने उनि स्पष्ट देखिदैनन । अन्य नेताहरु मध्ये गुरु बराल केन्द्रमा देउवा भन्ने गरेपनि जिल्लामा भएका कुनै पनि तहको चुनावमा उनले देउवा पक्षका लाई सहयोग नगरेको देउवा पक्षमा चर्चा छ ।
नेतृ शारदा पौडेल यस पटक देउवा समुहमा भित्रिएकी हुन भने सरस्वती गुरुडं कुनै समुह भन्दा पनि व्यक्तिगत रुपमा नेताको नजिक हुने अभियानमा देखिन्छिन ।उनि कहिले देउवा त कहिले कोईरालाको नजिक पुग्ने गरेको बताईन्छ । लक्ष्मी पाण्डेको अवस्था पनि त्यस्तै मानिन्छ । सुदिप मोहन शेखर कोईराला संग नजिक मानिन्छन ।

२१ मंसिर २०७८, मंगलवार ११:३० मा प्रकाशित
Nabintech