Play

कास्कीमा कांग्रेस महाधिवेशन- चुनाब जित्नका लागि मतदातालाई दबाव र प्रभावमा पार्ने प्रयास जारी

गुरुकुल खबर


पोखरा । नेपाली कांग्रेसको १४ औं महाधिवेशनका क्रममा हुने जिल्ला , क्षेत्र र प्रदेशको अधिवेशन मा उमेदवार बन्न चाहनेहरु यतिबेला दौड़धूपमा छन । कास्की जिल्लामा पनि नेता कार्यकर्ताको दौड़धूप तिब्र छ ।

समुहमा परेर वा स्वतन्त्र रुपमा उमेदवार बन्नेहरुले मतदाताको रुपमा रहेका क्षेत्रीय प्रतिनिधी र वडा कार्य समितिका सभापतिहरुसंग विभिन्न माध्यमबाट मत माग्ने क्रम पनि निकै बढेको छ । कतिपय आकाक्षीहरुले यहि महाधिवेशनको मौक़ा छोपेर पैसा बांड्ने , चामल तेल बांड्ने जस्ता अभियानलाई पनि तिब्र बनाएको छन ।

महाधिवेशन र मतदातालाई प्रभाव पार्न कास्कीको क्षेत्र नं १ र २ मा विशेष गरि पैसाको प्रभाव र दवाव दिने क्रम बढेको बताईन्छ । क्षेत्र नं ३ का केही नेताहरुले चामल तेल बाडेर मतदातालाई प्रभाव पार्न खोजेको र क्षेत्र नं १ र २ मा सरकारमा रहेकाहरुले विभिन्न योजना र व्यक्तिगत रुपमा पैसा बांड्न लागेको र केही नेताहरु भने आर्थिक रुपमा सम्पन्न आकॉक्षीहरुलाई प्रभावमा पार्ने , चुनाबमा जिताईदिन्छौं भनेर पैसा लिने गरेको चर्चा समेत चल्न थालेको छ ।

पैसाको चलखेल कास्की -१ मा धेरै भैरहेको र पार्टीका केही नेताहरुले पैसा लिएर चुनाबमा जिताईदिन्छु भन्दै उमेदवारलाई प्रभावमा पारेको समेत बताईन्छ । महाधिवेशन अन्तर्गत प्रत्येक निर्वाचन क्षेत्रबाट २५ जना महाधिवेशन प्रतिनिधि चयन हुने व्यवस्था रहेको भएपनि आकाक्षीहरुको संख्या त्यो भन्दा दोब्बर तेब्बर देखिएको छ ।

नेताहरुको दवाव र प्रभाव अनि पैसाको चलखेलका कारण उमेदवारको संख्या अन्तिममा घट्न सक्ने अनुमान गरिएपनि यति नै होलान भनेर भन्न सकिने अवस्था छैन । यही मंसिर ३ गते निर्वाचन क्षेत्र अन्तर्गतका प्रदेश , मंसिर ६ गते निर्वाचन क्षेत्र र मंसीर १० गते जिल्लाको अधिवेशन तोकिएको छ । विभिन्न समितिको विभिन्न पदमा उमेदवार बन्ने चाहाना राख्नेहरु धेरै देखिएपनि निर्वाचन क्षेत्रवाट निर्वाचित हुने महाधिवेशन प्रतिनिधिको प्रतिस्पर्धा रोचक मात्र नभएर अप्रत्याशित पनि देखिन्छ ।

वर्षौदेखि विपरीत गुट र समुहमा विभाजित हरु अनि व्यक्तिगत रुपमा दुष्मन जस्तै रहेकाहरुपनि महाधिवेशन बाट निर्वाचित हुन एउटै समुहमा मिलेको समेत बताईन्छ तर यस्तो मेल मिलाप उनिहरुको कृतिम मात्र भएको र एउटै समुहमा रहेपनि एकले अर्कोलाई हराउने खेल भैरहेको स्वयं तिनै नेता र तिनका कार्यकर्ताहरु बताउँछन ।

पोखरा महानगरपालिकाको अधिवेशनमा आंफ्नो अनुकुलका उमेदवारलाई जिताउन पदको आश्वासन दिएका र विभिन्न किसिमबाट प्रभाव पारेका नेताहरुलाई यतिबेला कार्यकर्तालाई विभिन्न ज़िम्मेवारीमा मिलाएर राख्न समेत समस्या परिरहेको छ ।

विशेष गरि कास्की क्षेत्र नं २ मा शुक्रराज र देवराज समुहको बिचमा प्रतिस्पर्धा हुने देखिन्छ । देवराज समुहलाई कमजोर पार्न त्यस क्षेत्रका अन्य सबै जसो नेताहरु एकै ठाउंमा रहेको बताईन्छ । ति नेताहरु एक आपसमा बैमनश्यता राख्नेहरु भएपनि आंफु सुरक्षित हुने नाममा एकै ठाउंमा मोर्चाबन्दी गरेको हुन तर उनिहरुको बिचमा विश्वासको बातावरण तयार भैसकेको छैन ।

यस क्षेत्रबाट सभापति पदका लागि पुण्डरी बराल र केशर निर्दोषीको चर्चा छ । बराललाई शुक्रराज र निर्दोषीलाई देवराज निकट मानिन्छ । यसै गरि सोही निर्वाचन क्षेत्रका दुई प्रदेश मध्ये एउटामा वर्षा केशव पराजुली र दिनेश आचार्यको बिचमा तथा अर्को प्रदेशमा सुभाष सिग्देल र दीपेन्द्र मर्सानीको बिचमा सभापति पदका लागि प्रतिस्पर्धा हुने देखिएको छ ।.

यस क्षेत्रवाट महाधिवेशन प्रतिनिधि पदका लागि चाहाना राख्ने पुरुषहरुमा कुमार खड्का , मुकुन्द बांस्तोला ज्वाला , शोभियत बहादुर अधिकारी, ऋषिराम क़ाफ्ले, बिन्दु कुमार थापा ,मुक्ति केसी , विष्णु प्रसाद बांस्तोला , धर्म दत्त ढुंगाना ,टोप बहादुर थापा , पुजन थकाली , बिजय आचार्य , डा रामचन्द्र पोखरेल , पदम सिंह गुरुडं , मदन बस्नेत , कमल गुरुडं, देवराज चालिसे , किरण केसी, भेनिस थापा , निर्मल कर्माचार्य भोजराज आचार्य , भुवन गुरुडं ,हारुन खान , माधव बांस्तोला , आशिक गुरुडं, वीरेन्द्र विजुक्छे , गुरु बराल, प्रेम परियार लगायतले उमेदवार बन्ने आकाक्षा राखेको छन । उनिहरु खुल्ला तर्फको मात्र नभएर जनजाति, खस आर्य अल्पसंख्यक आदी कोटाबाट प्रतिस्पर्धा गर्ने तयारीमा छन ।

यसै गरि महाधिवेशन प्रतिनिधि बन्ने दौडमा लागेका महिलाहरुमा शकुन्तला कोईराला, मिलन थापा , खिम कुमारी बराल कोपिला तिवारी , रंगिला आचार्य पौडेल , विष्णु कोईराला, शान्ति गुरुडं, शारदा गिरी , मुना बांस्तोला , उमा ठकुरी , लक्ष्मी पाण्डे , नम्रता बराल , बिमला भण्डारी, बृन्दा राना , तिर्थ गुरुडं, लगायतका रहेका छन ।

कास्की क्षेत्र नं १ मा पनि महाधिवेशन प्रतिनिधिमा प्रतिस्पर्धा कडा छ । त्यस क्षेत्रमा यज्ञ बहादुर थापा र कृष्ण केसी गरि दुई जनाको समुहमा विभक्त भएर रोचक प्रतिस्पर्धा हुंदैछ । केन्द्रको गुट भन्दा पनि स्थानीय गुटका बिचमा हुने प्रतिस्पर्धामा क्षेत्र नं १ मा थापा पक्षलाई बलियो मानिन थालिएको छ ।

केसी समुह रुपा र मादी गाउं पालिकामा पराजित भैसकेको र महानगर क्षेत्रमा पनि उनको प्रभाव खस्किंदै गएकोले थापा पक्ष बलियो बन्दै गएको आँकलन गरिएको हो ।

क्षेत्र नं १ को सभापति पदमा बुद्धिमान गुरुडं र राजेन्द्रमणी लामीछाने बिचमा प्रतिस्पर्धा हुने भएको छ । लामीछाने केसी समुहको उमेदवार भएपनि स्वयं केसीले नै उनलाई जिताउन प्रयास गर्नेमा शंका व्यक्त गर्न थालिएको छ ।

त्यस क्षेत्रबाट महाधिवेशन प्रतिनिधिका लागि गिरीराज गौतम ,यज्ञेश्वर पोखरेल , दिपक गुरुडं माईला , लेख बहादुर गुरुडं , किशोर दत्त बराल , कृष्ण बहादुर कार्की , तारानाथ रानाभाट, योगराज लामिछाने , बिर बहादुर बुढाथोकी, यज्ञ बहादुर थापा , नरेन्द्र थापा , चिनु रानाभाट , सुदिप मोहन भट्टराई,दीपेन्द्र ढकाल, डिल्लिराम तिवारी, तिर्थ जंगली , दुर्गा रेग्मी , विश्व घिमिरे , प्रकाश मोहन खनाल , रिब बहादुर थापा , चतुराखर अधिकारी , दिपक चन्द्र बराल , कुमार सुनार , कृष्ण केसी , बिमल बसेल , तिलक रानाभाट , नन्द तिवारी , पुष्पमणी भण्डारी, डालराज बंजारा , सुरजजंग राणा , राज कुमार गुरुडं, पुर्ण कुमार गुरुडं,, परशुराम बि पोखरेल , मोहन प्रधानले पुरुष तर्फबाट विभिन्न कोटामा उमेदवार बन्ने चाहाना राखेको छन ।

कास्की-१ बाट महाधिवेशन प्रतिनिधि निर्वाचित हुनका लागि महिलाहरु पनि त्यतिकै लागेका छन । तारा अधिकारी, कोपिला रानाभाट , आनन्दी राणा कार्की , जमुना श्रेष्ठ, चन्द्रावती पौडेल, माया बराल , सरस्वती गुरुडं, दुर्गा लामिछाने , संज्ञा पोखरेल, निशा मल्ल , बिन्दु भण्डारी लगायतका महिला नेतृहरु महाधिवेशन प्रतिनिधि बन्ने दौडमा लागिरहेका छन ।

कास्कीको क्षेत्र नं ३ मा क्षेत्रीय सभापतिका लागि मनोज गुरुडं उमेदवार बन्ने संभावना बढेको छ । उनि संग खिमलाल बांस्तोला प्रतिस्पर्धामा आउने करिब निश्चित छ । गुरुडं यस अगाडीको महाधिवेशनमा पनि पनि सोही पदमा चुनाब लडेर पोषनाथ शर्मा संग झिनो मतले पराजित बनेका थिए ।बांस्तोला अहिलेको समितिका सचिव हुन ।

त्यस क्षेत्रमा मनोज गुरुडं र शुक्रराज शर्माको नेतृत्वको समुह बिच प्रतिष्पर्धा हुने देखिएपनि उमेदवार हुने आकांक्षा राख्नेहरुबिच नेताको बारेमा भन्दा पनि आंफ्नो उमेदवारी लाई कसरी बलियो बनाउने भन्नेमा सबै केन्द्रित छन र त्यही अनुसारको रणनीति बनाउने प्रयासमा छन ।

गुरुडं र शर्माको कुनै पनि समुहले बिश्वास नगरेको महादेव गुरुडंले अहिले शुक्रराजको समुहमा प्रवेश पाएको चर्चा छ । पहिले मनोज गुरुडंसंग जोडिएर फेरी त्यहांबाट अलग भएका महादेव गुरुडंलाई दुबै टिमले विश्वास नगरेको भएपनि पछिल्लो समयमा उनले शुक्रराज समुहमा प्रवेश खोजेका छन तर त्यस समुहमा पनि अधिकांशले विश्वास नगरेको बताईन्छ ! उनले आफु शर्माको समुहबाट र आफ्ना अनुकुलका कार्यकर्तालाई मनोज गुरुडंको समुहमा पठाएर चुनावी दौडमा लाग्ने योजना बनाएको छन। त्यसो गर्दा दुबै समुहको रणनिती बुझ्न र दुबै समुहबाट केही मत लिन सकिने उनको बुझाई छ ।

क्षेत्रीय समितिका लागि अझै सम्म उमेदवारीको टुंगो नलागेपनि क्षेत्रीय सचिव पदका लागि शितल अधिकारी , लक्ष्मी पौडेल, मेख तामागं , राजाराम पौडेल, भरत केसी लगायतको चर्चा छ ।

क्षेत्र नं ३ को प्रदेश ख को सभापति पदमा दिपक विर कुंवरको उमेदवारीलाई धेरैले रुचाएका छन । उनि संग जिवनाथ पौडेलले शर्माको समुहबाट प्रतिस्पर्धा गर्ने देखिएको छ । उपसभापति पदमा पदम बहादुर गुरुडं , आश बहादुर गुरुडं ( मैता) ,बिकास गुरुडं ,पार्वती कोईराला र बिनोद खड्का उमेदवार बन्ने सम्भावना छ । त्यस प्रदेशको सचिवमा ठाकुर बराल , शुक्रराज पौडेल , उपेन्द्र पराजुली लगायतका आकांक्षीहरु छन भने प्रदेश क मा दिपक पौडेल सभापतिमा उमेदवार बन्दै छन ।

यस क्षेत्रवाट महाधिवेशन प्रतिनिधि बन्न चाहानेहरुको लर्को पनि लामो छ । खुल्ला एवं आरक्षण कोटामा गरेर एक क्षेत्रबाट २५ जना महाधिवेशन प्रतिनिधि चुनिने प्रावधान रहेपनि ६० भन्दा बढ़ी आकांक्षीहरु देखिएका छन ।

जस अनुसार बाबुराम आचार्य ,गणेश बहादुर भट्टराई, ललित गुरुडं, रामचन्द्र त्रिपाठी ,भेषराज पराजुली, कृष्ण तिमिल्सिना , पुरुषोत्तम पराजुली, अमृत श्रेष्ठ, खेमराज पौडेल , मनोज गुरुडं, राज बहादुर गुरुडं, पोषनाथ शर्मा , डा कृष्ण प्रसाद  पौडेल , दिपक गुरुडं, शंकर ढुंगाना , विष्णु बहादुर क्षेत्री , लक्ष्मी बहादुर भट्टराई, बलराम गिरी , कृष्ण तिमिल्सीना , आई बहादुर गुरुडं, राम्जी अधिकारी, मुक्ती अधिकारी, भरत अधिकारी, भरत जंग कुँवर , खम्बा सिंह गुरुडं, आश बहादुर गुरुडं, भीम बहादुर गुरुडं, हरी लामीछाने , गोविन्द एल सी , शुक्रराज शर्मा , महादेव गुरुडं, दिपक गुरुडं, खुशीमान गुरुडं, यामनाथ तिमिल्सिना , दिवसमान प्रधानागं , भरत बहादुर अधिकारी, देवेन्द्र शेरचन , आनन्दराज मुल्मी , उमेश पराजुली , युवराज कुँवर , दुर्गा बहादुर सुनार , भरत बहादुर थापा , विकाश थापा , मन बहादुर बिक लगायतका पुरुषहरु आकांक्षी देखिएका छन ।

महिला तर्फबाट महाधिवेशन प्रतिनिधि बन्ने आकंक्षीहरुको संख्या पनि कम छैन । जस अनुसार कुल देवी बराल , गंगा केसी ,मन्दरा ढकाल, टेकन शोभा गुरुडं, शारदा पौडेल , बिजया चंचला रेग्मी , हिरा भट्टराई , पुनम भट्ट भट्टराई , खिम कुमारी गुरुडं, सिता अधिकारी,कमला बिन्दु बराल , गौमती थापा , बिन्दु कोईराला सुबेदी , गोमा सुबेदी , बिजयालक्ष्मी कोईराला, डिलमाया कोईराला , राधा अधिकारी , ई बिधा बराल , सरिता तिमिल्सीना र सिता गुरुडं महाधिवेशन प्रतिनिधि बन्ने दौडमा लागेका छन ।

आकंक्षीहरु मध्ये अधिकांशले जुन सुकै समुहमा परेर भएपनि उमेदवार बन्न प्रयास गर्ने क्रममा दुबै समुहमा आंफु स्वयं वा आँफ्ना नजिकका कार्यकर्ता र नेताहरुलाई सकेसम्म प्रयोग गरिरहेका छन ।

२५ कार्तिक २०७८, बिहीबार १२:२० मा प्रकाशित
Nabintech