Play

सल्यान बस दुर्घनामा परी ज्यान जानेको संख्या १२

गुरुकुल खबर


दाङ । आईतबार सल्यानमा भएको बस दुर्घनामा परी ज्यान जानेको संख्या १२ पुगेको छ ।

मृत्यु भएका १२ जनामध्ये दश जनाको अहिलेसम्म सनाखत भएको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी प्रमुख गोविन्द थापाले जानकारी दिए । उनका अनुसार मृत्यु हुनेमा दाङको शान्तिनगर ८ बस्ने ३५ वर्षीया सावित्रा केसी, सोहि वडाका ५ वर्षीय सुरज वली, बबई ४ की ६० वर्षीया डुली रेउले, वडा नम्वर ६ पञ्कुलेकी ७० वर्षीया कलाबती बुढाथोकी, घोराही उपमहानगरपालिका वडा नम्बर १० नारायणपुरकी ६५ वर्षीया इन्द्रा अधिकारी, सल्यानको शारदा नगरपालिका वडा नम्बर २ की ६१ वर्षीया मीना डाँगी, शारदा ३ की ६६ वर्षीया लीला बुढाथोकी, त्रिवेणी गाउँपालिका वडा नम्बर १ काभ्राकी २४ वर्षीया मीना शाही, छत्रेश्वरी गाउँपालिका वडा नम्बर २ का २९ वर्षीय तिलक वली र शारदा नगरपालिका वडा नम्बर १२ घर भई हाल दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ६ बस्ने ५३ वर्षीया प्रभा चलाउने रहेका उनले जानकारी दिए।

अन्य दुई जना मृतकको सनाखत हुन बाँकी रहेको छ । ६ जनाको घटनास्थलमै र अन्य छ जनाको विभिन्न अस्पतालमा उपचारकै क्रममा मृत्यु भएको हो । यस्तैगरी दुर्घटनामा परी घाईते भएका २८ जनाको विवरण खुल्न बाँकी रहेको उनले जानकारी दिए ।

घाईते मध्ये पाँच जनालाई हेलिकप्टर मार्फत कोहलपुर लगिएको छ । अन्य थप दुई जनालाई पनि कोहलपुर हेलिकप्टर मार्फत पठाउने तयारी भएको उनले जानकारी दिए ।

यस्तै केही घाइतेलाई हेलिकोप्टर मार्फत काठमाडौं लगिएको पनि उनले जानकारी दिए । अन्य घाईतेहरुको जिल्ला र दाङको तुलसीपुरमा उपचार भईरहेको उनले जानकारी दिए । सल्यानको जैतेपानीबाट दाङको तुलसीपुरका लागि छुटेको रा १ ख २५५२ नम्बरको यात्रुसबाहक बस कपुरकोट गाउँपालिका ५ खारखोला नजिकै आइतबार साढे १२ बजेतिर दुर्घटना भएको हो ।

२१ कार्तिक २०७८, आईतवार १७:११ मा प्रकाशित
Nabintech