Play

काँग्रेस केन्द्रीय समिति बैठक कात्तिक २८ गते

गुरुकुल खबर


नेपाली काँग्रेसले केन्द्रीय कार्यसमितिको बैठक बोलाएको छ । सो पार्टीले कात्तिक २८ गतेका लागि पार्टी कार्यालय सानेपामा बैठक आह्वान गरेको हो । काँग्रेस मुख्यसचिव कृष्ण प्रसाद पौडेलले अर्को साताको आइतवार दिउँसो १ बजेका लागि बैठक बोलाइएको बताए ।

बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी, केन्द्रीय सदस्यहरु तथा आमन्त्रित केन्द्रीय सदस्यहरुको उपस्थितिका रहनेछ । बैठकमा पार्टीको आसन्न महाधिवेशनका विषयमा केन्द्रीत रहेर छलफल हुने बताइएको छ । काँग्रेसको १४ औं महाधिवेशन आगामी मंसिर अन्तिममा तय भएको छ ।

२१ कार्तिक २०७८, आईतवार १५:२६ मा प्रकाशित
Nabintech