तपाइँ यिबेला सुन्ै हुनुहुन्छ सुनौलो एफ ए १०२. २ मेगाहर्ज
Saturday, February 4, 2023
Gurukul Khabar
  • गृहपृष्ठ
  • विशेष
  • विचार/अन्तर्वार्ता
  • मेरो शिक्षा
  • समाचार
    • शिक्षा/स्वास्थ्य
    • राजनीति
    • विश्व
  • प्रदेश
    • प्रदेश नं १
    • प्रदेश नं २
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश नं ५
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • व्यक्ति/संस्था
  • सूचना
    • परीक्षा तालिका
    • परीक्षाफल
  • विविध
    • खेलकुद
    • कला/साहित्य
    • मनोरञ्जन
    • अर्थ
    • अपराध
    • प्रविधि
    • कार्टुन
    • ब्लग
    • फोटो ग्यालेरी
  • Gurukul TV
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृहपृष्ठ
  • विशेष
  • विचार/अन्तर्वार्ता
  • मेरो शिक्षा
  • समाचार
    • शिक्षा/स्वास्थ्य
    • राजनीति
    • विश्व
  • प्रदेश
    • प्रदेश नं १
    • प्रदेश नं २
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश नं ५
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • व्यक्ति/संस्था
  • सूचना
    • परीक्षा तालिका
    • परीक्षाफल
  • विविध
    • खेलकुद
    • कला/साहित्य
    • मनोरञ्जन
    • अर्थ
    • अपराध
    • प्रविधि
    • कार्टुन
    • ब्लग
    • फोटो ग्यालेरी
  • Gurukul TV
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
Gurukul Khabar
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्

पोखरा म्याराथनको बिजेताले उपाधि सहित ४ लाख पाउने, ‘सफल दुध’मुख्य प्रायोजक

गुरुकुल खबर गुरुकुल खबर
२०७८ कार्तिक २० मा प्रकाशित
in खेलकुद, गण्डकी प्रदेश, मनोरञ्जन, विविध, विशेष, समाचार
पोखरा म्याराथनको बिजेताले उपाधि सहित ४ लाख पाउने, ‘सफल दुध’मुख्य प्रायोजक
34
SHARES
134
VIEWS
Share on FacebookShare on Twitter

पोखरा १८ कार्तिक । पोखरा अन्तर्राष्ट्रिय म्याराथनको आयोजक संस्था नेपाल भूतपूर्व खेलाडी मञ्चले पुरस्कार राशीमा सतप्रतिशत वृद्धी गरेको छ भने सुजल डेरीको मुख्य उत्पादन सफल दुधले मुख्य प्रायोजनका लागि निरन्तरता दिने दिएको छ ।

मञ्चले बुधबार पोखरामा आयोजना गरेको पत्रकार सम्मेलनमा उक्त कुराको जानकारी दिंदै खुल्ला ४२.१९५ किमि म्याराथन तर्फ प्रथम पुरस्कार ४ लाख नगद पु¥याइएको घोषणा गरेको हो । यो पुरस्कार राशी गत वर्षको १५ औं सस्करण भन्दा दोव्वर हो ।

आगामी फागुन १९ गते पोखरामा आयोजना हुने १६ औं संस्करणको पोखरा म्याराथनतर्फ हुने सवै २१ किमि महिला हाफ म्याराथन बाहेक महिला पुरुष १० किमि र छात्र÷छात्रा ५ किमि, ह्विल चियर तथा दृष्टिविहिन दौडतर्फ समेत पुरस्कार राशी बढाइएको जनाइएको छ । ति दौडतर्फ समेत ५÷५ हजार पुरस्कार राशीमा वढाइएको छ ।

नेपालको म्याराथन इतिहासमा नै पोखरा म्याराथनमा पुरस्कार ४ लाख पु¥याइएको दावी गर्दै मञ्चका अध्यक्ष हरि प्रसाद पराजुलीले ४२.१९५ किमितर्फको दोश्रो पुरस्कार २ लाख, तेश्रो हुनेले १ लाख र सान्त्वना तर्फ ३० हजार प्राप्त गर्ने बताए । अध्यक्ष पराजुलीले सबै विद्यातर्फ गरी कुल २८ जना पुरस्कृत हुने जानकारी गराउँदै पुरस्कार राशी गत वर्षको भन्दा ४ लाख बढेको जानकारी दिंदै उनले भने–“गत वर्ष पुरस्कार राशी कुल ८ लाख रहेकोमा यो वर्ष सवै विद्यागत रुपमा बढाउँदा १२ लाख ३० हजार पु¥याएका छौं ।”

पुरस्कार राशीमा वृद्धीले दक्षिण एशियाली देशका धावक संगै अन्य अन्तर्राष्ट्रिय धावकहरुलाई आकर्षण गर्न सहयोग पुग्ने धारणा अघि सार्दै मञ्चका अध्यक्ष पराजुलीले भने–“म्याराथनको माध्यमबाट पोखरालाई विश्वमा चिनाउन मञ्चले लिएको लक्ष्य पुरा हुनेतर्फ हामी अघि बढेका छौं यसका लागि सबै सरोकारवालहरुको सहयोग उत्तिकै खाँचो छ ।”

आगामी तिन वर्षमा पोखरा म्याराथनलाई म्याराथनहरुको अन्तर्राष्ट्रिय छाता संस्था ‘एम्स’मा दर्ता गराउने योजना संगै प्रथम पुरस्कार राशी १० लाख पु¥याउने लक्ष्यका साथ अघि बढेको बताउँदै उनले नेपाल सरकार, गण्डकी प्रदेश सरकार, पोखरा महानगर पालिका, प्रायोजक संघसंस्थाहरु र सरोकारवालाहरुको सहयोग र सहकार्यको खाँचो रहेको कुरा औंल्याए ।

सुजल डेरीको मुख्य उत्पादन सफल दुध मुख्य प्रायोजक

पोखराको प्रतिष्ठित घराना लक्ष्मी ग्रुप अन्तर्गतको उद्योग सुजल डेरीको मुख्य उत्पादन सफल दुधले पोखरा अन्तर्राष्ट्रिय म्याराथनलाई मुख्य प्रायोजनको भूमिकामा निरन्तरता दिएको छ । विगत ६ वर्ष देखि निरन्तर रुपमा पोखरा म्याराथन संग सहकार्य गर्दै आएको सफल दुधले आगामी तिन वर्षका लागि मुख्य प्रायोजकका रुपमा सम्झौता गरेको छ । उद्योगका निर्देशक सुनिल श्रेष्ठ र मञ्चका अध्यक्ष पराजुलीले सम्झौता–पत्र आदान प्रदान समेत गरेका छन् ।

सो अवसरमा उद्योगका निर्देशक श्रेष्ठले पोखरा म्याराथन सँग सम्झौता गर्न पाउनु सुखद रहेको बताउँदै पोखरालाई म्याराथनको माध्यमबाट विश्वमा परिचित गराउने संगै पोखरालाई खेलकुद पर्यटनको राजधानीका रुपमा स्थापित गर्न उद्योगले सानो सहयोग गरेको उल्लेख गरे । कार्यक्रममा उद्योगका अर्का निर्देशक.निरज श्रेष्ठको समेतको उपस्थितीमा आफ्ना भनाई राख्दै उनले भने–“पोखरा म्याराथनको जगलाई बलियो बनाउन एउटा इट्टा थप्ने काम गरेका छौं, आशा छ म्याराथन मार्फत पोखराको पर्यटन प्रवर्द्धनमा सहयोग पुग्नेछ ।”

कार्यक्रममा आफ्ना भनाई राख्दै मञ्चका निवर्तमान अध्यक्ष तथा प्रदेश खेलकुद परिषद गण्डकीका सदस्य सचिव तेज बहादुर गुरुङले पोखरालाई मात्रै नभई गण्डकीलाई दौडको प्रदेशको रुपमा स्थापित गर्न परिषदले समेत आफ्ना कार्यक्रमहरु तय गरेको बताए । पोखरा म्याराथन सफल बनाउन विदेशमा भएका संस्था पोखरेली मञ्च यूके, तमु धि यूके, एआरएनए यूके, हङकङ, अमेरिका लगायत विभिन्न देशमा छरिएर रहेका नेपालीहरुको महत्वपूर्ण सहयोग भूमिका प्रति आभार प्रकट गर्दै पोखरा म्याराथन जेठो म्याराथनको रुपमा स्थापित भए पनि अझै चुनौतीहरु रहेको उल्लेख गरे ।

सो अवसरमा मञ्चले नियुक्त गरेका १४ जना सल्लाहकारहरुको नाम समेत घोषणा गरेको छ । मेजर दिल बहादुर गुरुङको संयोजकत्वमा गठित सल्लाहकार समितीमा खड्ग बहादुर रानाभाट, अशोक पालिखे, योगेन्द्र बहादुर बस्नेत, जयराम हमाल, जगन बहादुर गुरुङ, खेम बहादुर गुरुङ, मञ्जुलमान श्रेष्ठ, शम्भु कार्की, तिलक केसी, महेश गुरुङ, गणेश बहादुर भट्टराई, नारायण कार्की, प्रा.डा विरेन्द्र सिंह गुरुङ र खेम बहादुर गुरुङ रहेका छन् ।

त्यसै गरी मञ्चले कार्यसमितीको सदस्य पदमा बुद्ध गुभाजुलाई मनोनयन गरेको संस्थाका महासचिव कृष्ण तिमिल्सिनाले जानकारी दिएका छन् ।

प्रतिक्रिया लेख्नुहोस्:-

सम्बन्धित समाचार

गृहमन्त्री रवि लामिछानेको सांसद पद खारेज गर्न सर्वोच्चले जारी गरेको पाँच कारण

रविलाई गृह मन्त्रालयमा फर्कन संविधानको व्यवस्था बाधक हुने, राजनीतिक समीकरण मिलाउन मागेको पद दिएर संविधान र कानुन ‘ध्वस्त’ बनाइने खतरा

२०७९ माघ २० मा प्रकाशित
लोक तथा दोहोरी गित प्रतिष्ठान गण्डकीको अध्यक्षमा कार्की, कांग्रेस निकट कलाकारको बर्चस्व

लोक तथा दोहोरी गित प्रतिष्ठान गण्डकीको अध्यक्षमा कार्की, कांग्रेस निकट कलाकारको बर्चस्व

२०७९ माघ १९ मा प्रकाशित
अन्तर वडा भलिबलमा पोखरा–२३ का दुवै टिम प्रथम

अन्तर वडा भलिबलमा पोखरा–२३ का दुवै टिम प्रथम

२०७९ माघ १९ मा प्रकाशित
राष्ट्रिय स्वतन्त्र पार्टीको दर्ता खारेजीका माग गर्दै निर्वाचन आयोगमा उजुरी

राष्ट्रिय स्वतन्त्र पार्टीको दर्ता खारेजीका माग गर्दै निर्वाचन आयोगमा उजुरी

२०७९ माघ १८ मा प्रकाशित
कांग्रेसका केही वडाध्यक्ष र  केही कर्मचारीको मात्र साथ लिएर सफलता पाउलान त पोखराका मेयर धनराजले ?

कांग्रेसका केही वडाध्यक्ष र केही कर्मचारीको मात्र साथ लिएर सफलता पाउलान त पोखराका मेयर धनराजले ?

२०७९ माघ १८ मा प्रकाशित
कांग्रेस महाधिवेशन प्रतिनिधि अमृतको अन्त्येष्टि, श्रद्दान्जली दिन सैयौ नेता कार्यकर्ता पार्टी कार्यालयमा

कांग्रेस महाधिवेशन प्रतिनिधि अमृतको अन्त्येष्टि, श्रद्दान्जली दिन सैयौ नेता कार्यकर्ता पार्टी कार्यालयमा

२०७९ माघ १८ मा प्रकाशित

सर्वाधिक पढिएका

गृहमन्त्री रवि लामिछानेको सांसद पद खारेज गर्न सर्वोच्चले जारी गरेको पाँच कारण
राजनीति

रविलाई गृह मन्त्रालयमा फर्कन संविधानको व्यवस्था बाधक हुने, राजनीतिक समीकरण मिलाउन मागेको पद दिएर संविधान र कानुन ‘ध्वस्त’ बनाइने खतरा

२०७९ माघ २० मा प्रकाशित
लोक तथा दोहोरी गित प्रतिष्ठान गण्डकीको अध्यक्षमा कार्की, कांग्रेस निकट कलाकारको बर्चस्व
कला/साहित्य

लोक तथा दोहोरी गित प्रतिष्ठान गण्डकीको अध्यक्षमा कार्की, कांग्रेस निकट कलाकारको बर्चस्व

२०७९ माघ १९ मा प्रकाशित
अन्तर वडा भलिबलमा पोखरा–२३ का दुवै टिम प्रथम
खेलकुद

अन्तर वडा भलिबलमा पोखरा–२३ का दुवै टिम प्रथम

२०७९ माघ १९ मा प्रकाशित
राष्ट्रिय स्वतन्त्र पार्टीको दर्ता खारेजीका माग गर्दै निर्वाचन आयोगमा उजुरी
विशेष

राष्ट्रिय स्वतन्त्र पार्टीको दर्ता खारेजीका माग गर्दै निर्वाचन आयोगमा उजुरी

२०७९ माघ १८ मा प्रकाशित
कांग्रेसका केही वडाध्यक्ष र  केही कर्मचारीको मात्र साथ लिएर सफलता पाउलान त पोखराका मेयर धनराजले ?
विशेष

कांग्रेसका केही वडाध्यक्ष र केही कर्मचारीको मात्र साथ लिएर सफलता पाउलान त पोखराका मेयर धनराजले ?

२०७९ माघ १८ मा प्रकाशित
कांग्रेस महाधिवेशन प्रतिनिधि अमृतको अन्त्येष्टि, श्रद्दान्जली दिन सैयौ नेता कार्यकर्ता पार्टी कार्यालयमा
व्यक्ति/संस्था

कांग्रेस महाधिवेशन प्रतिनिधि अमृतको अन्त्येष्टि, श्रद्दान्जली दिन सैयौ नेता कार्यकर्ता पार्टी कार्यालयमा

२०७९ माघ १८ मा प्रकाशित

गोल्डेन मिडिया ग्रुप प्रा.लि
दर्ता नं. 176654/074|75
सूचना विभाग दर्ता नं. ३११६-२०७८/७९
.........
कार्यालय: 
धवल मार्ग (जिरो कि.मी.) पोखरा -०५
गण्डकी प्रदेश, कास्की
सम्पर्क: 061-531533
सम्पर्क कार्यालय:
बसुन्धरा चोक, काठमाण्डु
फोन नं. 01-4985552

अध्यक्ष/संचालक : गंगाधर पराजुली
निर्देशक : ऋषिराम काफ्ले
सम्पादक : रीता गुरुङ

Email: [email protected]
सम्पर्क : +977 9856022332

Pages

Home Blog Our Team
Contributors
About us Terms of use
Sitemaps
Advertisement Privacy

Navigation


गृहपृष्ठ  शिक्षा/स्वास्थ्य  मेरो शिक्षा 
विचार/अन्तर्वार्ता समाचार  राजनीति 
प्रदेश नं. १  प्रदेश नं. २  बाग्मती प्रदेश 
गण्डकी प्रदेश लुम्बिनी प्रदेश कर्णाली प्रदेश
सुदूरपश्चिम प्रदेश व्यक्ति/संस्था सूचना/जानकारी
परिक्षा तालिका परीक्षाफल  विश्व 
खेलकुद  कला/साहित्य मनोरञ्जन 
अर्थ अपराध प्रविधि
कार्टून  ब्लग फोटो ग्यालेरि 
Gurukul TV  English   

गुरुकुल खबर डटकम © 2021, सर्वाधिकार सुरक्षित  |  Site By : MPG Solution

कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • About us
  • Advertise
  • Blog
  • Contributors
  • Home
  • Our Team
  • Privacy Policy
  • Site Maps
  • Terms of use

© 2023 Gurukul Khabar - Designed by MPG Solution.