पोखरा । बाबा फाउन्डेसन नेपाल र पोखरामा रहेका ७ वटा रोटरी क्ल्वको संयुक्त आयोजनामा ‘रोटरी इनिसिएटिभ फर स्मार्ट मोविलिटी इन पोखरा’ कार्यक्रमले ‘स्मार्ट पोखरा’ का लागि १० बुँदे साझा घोषणापत्र जारी गरेको छ।
घोषणापत्रमा पोखराको यातायातलाई अझै व्यवस्थित बनाउने, सडक देउमा पार्क बनाउने, दायाबायाँ वृक्षारोपण गर्ने, स्मार्ट यातायातको योजनालाई प्रभावकारी रूपमा कार्यान्वयन गर्न अनुगमन समूह गठन गर्ने, सन् २०३० भित्र पोखरामा स्मार्ट र सुरक्षित यातायात व्यवस्था कार्यान्वयन गर्ने लगायतका बुदा समेटिएको आयोजक संस्था बाबा फाउन्डेसन नेपालका अध्यक्ष तथा कार्यक्रमका संयोजक दिलिपराज श्रेष्ठले गुरुकुल खबरलाई जानकारी दिए ।
यसैगरी पैदल यात्रु र सवारी चालकका लागि ट्राफिक नियमका बारेमा सचेतनामूलक कार्यक्रम गर्ने, प्राज्ञिक अनुसन्धानको विधि प्रयोग गरी सुन्दर यातायात पूर्वाधारको निर्माण गरी यात्रा समयमा सुधार ल्याउने, नेपाल विद्युत प्राधिकरण, नेपाल खानेपानी संस्थान, ढल विकास र नेपाल दूरसञ्चार लगायत सरोकारवालाहरूबिच समन्वय गरी सहरी पूर्वाधार निर्माणमा सामञ्जस्यता कामम गर्ने घोषणापत्रमा उल्लेख गरिएको छ ।
श्रेष्ठका अनुसार स्तरीय पूर्वाधारको निर्माण गरी सफ्टवेयर सहितको सहरी यातायात गुरुयोजना लागू गर्ने, पैदलयात्री, साइकल यात्री र अपाङ्गता भएकाहरूको सुविधा समेत समावेश गरी प्रभावकारी सार्वजनिक यातायातमा प्राथामिकता दिने साझा लक्ष्य कायम गरिएको छ । यसका लागि प्रदेश सरकार, पोखरा महानगरपालिका, विद्युत प्राधिकारण, दूरसञ्चार, नेपाल खानेपानी स्ंस्थान, ट्राफिक प्रहरी कार्यालय, रोटरी क्लब्स ३२९२, बाबा फाउन्डेसन नेपाल र निजी क्षेत्रका प्रतिनिधिले सहमति जनाएका छन्।
कार्यक्रमको उद्घाटन गर्दै गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र पोखरेल नेपालीले सडक दूर्घटना न्युनीकरणका लागि प्रदेश सरकार प्रतिवद्ध रहेको बताउदै प्रदेशको नीति, कार्यक्रम र बजेटका आधारमा कार्य योजना सम्पन्न गरिने प्रतिद्दता व्यक्त गरे ।
स्मार्ट पोखरा कार्यक्रमको टेक्निकल सेसन अन्तर्गत नुगल आनन्द वैद्यले ‘रोड सेफ्टी एण्ड अर्वान कन्सर्न’, ध्रुव आचार्यले ‘रोडसाइड प्लान्टेसन’, गोपाल कक्षपतिले ‘दरबारमार्ग रोड डेमो प्रोजेक्ट’ र सोम रानाले ‘साइकल फ्रेन्डली सिटी’ विषयक प्रस्तुति दिएका थिए ।
रोड सेफ्टी काउन्सिल प्रस्पेक्टिभमा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सरोजकुमार प्रधान, सामाजिक उत्तरदायित्व अवधारणामा नाबिल बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत अनिलकेशरी शाह, पर्यटन र अर्थतन्त्रमा नेपाल उद्योग वाणिज्य महासंघका पूर्व अध्यक्ष आनन्दराज मुल्मी, ट्राफिक व्यवस्थापन अवधारणामा एसपी प्रभु ढकाल, डिपार्टमेन्ट अफ रोड प्रस्पेक्टिभमा देवकुमार तामाङ, पोखरा महानगर विषयमा प्रमुख प्रशासकीय अधिकृत महेश बराल, सहरी योजना अवधारणामा गण्डकी प्रदेश नीति तथा योजना आयोगका उपाध्यक्ष डा.रघुराज काफ्ले प्रस्तुति राखेका थिए।
कार्यक्रममा सहभागीले पोखराका मुख्यचोकमा ट्राफिक लाइट, फ्लाइओभर, आकाशे पुल, लागयतका पूर्वाधार थप्नुपर्नेमा धारणा राखेका थिए । स्मार्ट पोखराका लागि रोटरी क्वले सम्बन्धित सरोकारवालाहरूलाई एउटै गोष्ठीमा राखेर सडक सुरक्षा, दूर्घटना न्युनीकरण, ट्राफिक सचेतना र शिक्षा, छरितो व्यवस्थापन लगायतका विषयमा ध्यानाकर्षण गराएका थिए।
प्रतिक्रिया लेख्नुहोस्:-