Play

तमु धिं नेपालको आयोजनामा ट्होटें पर्व सम्पन्न

गुरुकुल खबर


पोखरा । प्रत्येक वर्षको साउन र चैत्र महिनाको अन्तिम मंगलबार मनाईने तमु समुदायको परम्परागत साँस्कृतिक पर्व आज तमु धिं नेपालले सांकेतिक रुपमा मनाएको छ । कोरोना कहरको बिच तमु धिं नेपालले तमु समुदायको परम्परागत साँस्कृतिक पर्व ट्होटें साउनको अन्तिम मंगलवार सांकेतिक रुपमा मनाएको हो। 

सँस्कृतिको संरक्षण, निरन्तरताका लागि सिमित संख्या मै भए पनि भौतिक दुरी कायम गर्दै सांकेतिक रुपमा पोखरा ९ नयाँबजारस्थित तमु धिं नेपालमा सांकेतिक रुपमा ट्होटें मनाइएको हो। 

सिमपानी तमु समाजका अध्यक्ष नासु गंगाबहादुर गुरुङको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा बोल्ने वक्ताहरुले तमुहरुको एकता, सचेतना बिना न अधिकार प्राप्त गर्न सक्दछ न त पहुँचमा पुग्न सक्ने बताउदै एकता बिना अधिकार प्राप्त नहुने र मौलिक संस्कृतिहरु संरक्षणको अभावले लोप हुदै जाने दावी गरे । 

तमु धिं नेपालका अध्यक्ष हुमबहादुर गुरुङको अध्यक्षतामा भएको कार्यक्रममा द्धितिय उपाध्यक्ष नारायण गुरुङ, प्रथम उपाध्यक्ष गिमाया गुरुङ र महासचिव जुनाकुमारी गुरुङले पनि आफ्ना भनाई राखेका थिए । 

२६ श्रावण २०७८, मंगलवार १९:०६ मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
gurukulkhabar@gmail.com
sunaulokhabar@gmail.com

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा