Play

अधिकारी र तिमिल्सिना विज्ञापन सिफारिस तथा समन्वय समितिमा

गुरुकुल खबर


पोखरा । गण्डकी प्रदेश सरकार कानुन ,संचार तथा प्रदेश सभा मामिला मन्त्रालयको लोक  कल्याणकारी विज्ञापन सिफारिस तथा समन्वय समितिको सदस्यमा पत्रकार अधिकारी र तिमिल्सिना  मनोनयन भएका छन् । 

मन्त्रालयका मन्त्री विन्दुकुमार थापाको मन्त्रीस्तरको निर्णयबाट पत्रकारद्वय टंकराज अधिकारी र सरीता तिमिल्सिना पंगेनी मनोनयन भएका हुन् ।

साउन १९ गतेको मन्त्रीस्तरको निर्णयले उनीहरुलाई सदस्यमा मनोनयन गरिएको बताईएको छ । 

तिमिल्सिना नेपाल पत्रकार महासंघ र नेपाल प्रेस युनियनका केन्द्रीय सदस्य हुन् भने  अधिकारी नेपाल प्रेस युनियन गण्डकी संयोजक हु्न् । 

२३ श्रावण २०७८, शनिबार ०८:०८ मा प्रकाशित
Nabintech