Play

पोखराका मेयर जिसी अस्पतालबाट डिस्चार्ज

गुरुकुल खबर


पोखरा । काठमाडौंस्थित न्यूरो अस्पतालमा उपचाररत पोखरा महानगरपालिकाका मेयर मानबहादुर जिसी आज  डिस्चार्ज भएका छन् ।

मस्तिष्कघात भइ १९ दिन पहिले अस्पताल भर्ना भएका मेयर जिसी अस्पतालबाट डिस्चार्ज भएर चिकित्सककै निगरानीमा रहने मेयर जिसीका सञ्चार संयोजक एवं नेपाल पत्रकार महासंघ कास्कीका सचिव माधव बरालले जानकारी दिए । 

मेयर जिसी केही दिन काठमाडौंको बुढानीलकण्ठस्थित छोरीको घरमा रहने बताईएको छ । उपचारमा सघाउने र शुभेच्छा प्रकट गर्ने सबैप्रति आभार प्रकट गर्दै अझै केही साता भेटघाटका लागि नआउन मेयर जिसीको सचिवालयले आग्रह गरेको छ । 

१९ श्रावण २०७८, मंगलवार १६:५५ मा प्रकाशित
Nabintech